
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ। परीक्षा परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। चैत २९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८०…
घरेलु टोली विराटनगर सिटी (बीसीएफ) विराट गोल्डकप च्याम्पियन बनेको छ। घरेलु बीसीएफले सातौँ संस्करणको विराट गोल्डकपको उपाधि जितेको हो। विराटनगरको शहीद रंगशालामा आज (बिहीबार) भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो। विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्तीमगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले १/१ गोल गरे। विराटनगरका लागि खेलको…
सगरमाथा यूथ क्लब मोरङले इटहरी गोल्डकपको उपाधि रक्षा गरेको छ। इटहरी रंगशालामा आज (शनिबार) सम्पन्न फाइनल खेलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाइजलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि जितेको हो। निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो। विजेता सगरमाथाले उपाधिसँगै…
मनाङ मस्र्याङ्दी फुटबल क्लबले तिलोत्तमा गोल्डकप उपाधि जितेको छ। मनाङले बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको उपाधि जितेको हो। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले २२ औँ संस्करणको उपाधि उचालेको हो। उपाधीसँगै मनाङ मस्र्याङ्दी क्लबले नगद ११ लाख, ११ हजार, १ सय ११ रुपैयाँ पुरस्कार…
तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन आगामी जेठको २० गते हुने भएको छ। अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन हुनेछ। अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिदैँ आएको हो। कोभिड १९ का कारण २ संस्करण स्थगित भएपनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागिएको शुक्रबार घान्द्रुकमा आयोजित छलफल…
नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा ३ स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज (शुक्रबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १ हजार २ सय ५ अंकका साथ एक सयौँ स्थानमा उक्लिएको छ। यसअघि, नेपाल १०३ औँ स्थानमा थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २०…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक विभागका अनुसार २०७९ मंसीरमा देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज (शुक्रबार) सोल्टी होटलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्। कुल जनसंख्यामध्ये पुरुषको संख्या १ करोड…
नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने यो वर्षको फेवा नव वर्ष महोत्सवको तयारी थालिएको छ। १८ औं संस्करणको फेवा नबवर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको हो। यसका लागि समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ। चैतको २९ देखि वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटदेखि…
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज (शुक्रबार) बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ। माओवादी केन्द्रबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर…
मुगुको भिई केन्द्रबिन्दु भएर आज (शनिबार) भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम…