
अब, पत्रकार ढाकामोहन (गणेश) बरालको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी अगाडि बढ्ने भएको छ। संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल चयन भएका छन्। संघको आज (सोमबार) पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। यसैगरी, संघको अधिवेशनले उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) चयन…
पोखरामा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई नागरिक अभिनन्दनसहित रथारोहण गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा बराल ८० वर्ष पूरा भएको अवसरमा आज (शनिबार) उनको रथारोहणसहित अभिनन्दन गरिएको हो। कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो। पोखरामा जन्मिएर…
विगतमा जस्तै यो वर्ष पनि गोरखाको पालुङ्टारमा लिगलिगे साइकल दौडको आयोजना गरियो। आज (शनिबार) आयोजना गरिएको साइकल दौडमा करिब १०० जना साइक्लिस्टहरुले प्रतिस्पर्धा गरे। साइकल दौडमा भने ३ विधामा प्रतिस्पर्धा भएको थियो। मेन्स इलाइट, मेन्स मास्टर र स्थानीय गरेर सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए। करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेसमा सहभागी हुन व्यावसायिक साइकल रेस…
हिमाल टमटाले गोरखाको पालुङ्टारमा आयोजना गरिएको लिगलिगे साइकल दौडको उपाधि जितेका छन्। उक्त स्पर्धामा अच्युतकृष्ण खरेल दोस्रो र कुमार तामाङ तेस्रो भए। आज (शनिबार) लिगलिगकोटबाट सुरु हुने यस साइकल प्रतियोगिता गोरखा र लमजुङको विभिन्न क्षेत्रसम्म पुगेको थियो। सहभागीले पालुङ्टारकै आपँपिल, हर्मी भञ्ज्याङ, कोयापानी र रिपगाउँ हुँदै पाथीभरा, भण्डारथोकबाट चेपे खोला तरेर लमजुङको गरमबेशीसम्म पुगेर पालुङ्टार…
नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेस्रो मदन भण्डारी स्मृति ५ किमी रोड रेसमा च्याम्पियन बनेका छन्। खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो भएका हुन्। रन क्लब नेपालद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे। आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो तथा गजेन्द्र राई तेस्रो बने। सञ्जयले निर्धारित दूरी…
पुरुषतर्फ देवराज बस्नेत र महलातर्फ छेन्बीमाया राई गोर्खा ट्रेइलबेजर नेपाल धरानको पहिलो संस्करणको च्याम्पियन बनेका छन्। गोर्खा ट्रेइलबेजर नेपाल धरानको पहिलो संस्करणको उपाधि पुरुषतर्फ देवराज बस्नेतले र महलातर्फ छेन्बीमाया राईले जितेका हुन्। निर्धारित ८.५ किमी दौड देवराजले ३१ मिनेट २५ सेकेन्डमा पूरा गरे। छेन्बीले ४३ मिनेटमा ७ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनीहरूले जनही…
नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। आज (शुक्रबार) उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभारसहित उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन्। यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी…
बागलुङको धौलागिरी क्याम्पसमा चैत १८ गतेसम्म निर्वाचन हुने भएको छ। तोकिएको मितिमा निर्वाचन नहुने भएपछि चैत १८ गतेसम्म जुनसुकै दिन पनि निर्वाचन हुनेगरी स्थगीत गरिएको हो। विद्यार्थी संगठनहरुको सहमतिमा निर्वाचन सारिएको क्याम्पसले जनाएको छ। निर्वाचन गराउने वातावरण नबनेको भन्दै निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजीनामा दिएपछि निर्वाचन नै अनिश्चित बनेको हो। नेपाल विद्यार्थी संघले तत्कालै चुनावको…
पोखरा महानगरपालिकाले आफ्नो सातौँ स्थापना दिवस भव्यताका साथ मनायो। महानगरपालिकाले (आइतबार) नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सव मनाएको हो। महानगरले विभिन्न सम्मान तथा विविध कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनाएको हो। यसअघि, पोखराको मानवअधिकार चोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरी गरिएको थियो। महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाई तथा कर्मचारी र जनप्रतिनिधिबीच…
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकालाई समुन्नत बनाउने तय गरिएको बताएका छन्। पोखरा महानगरको सातौं स्थापना वर्ष गाँठको अवसरमा प्रमुख आचार्यले भने, ‘महानगरपालिकालाई समुन्नत बनाउने तय गरिएको छ। यस सन्दर्भमा पहिलो वर्षलाई आधार वर्षका रूपमा विकासका आधारहरू तय गरिएको छ।’ बितेको नौ महिनामा थुप्रै स्मरणयोग्य कामहरू सम्पन्न गरिएको मेयर आचार्यले सुनाए। उनले भने, ‘यसको…