
नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ। कार्यक्रममा बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई संस्थाले यस वर्षको शिक्षा/साहित्यसेवा सम्मान–२०८२ बाट सम्मान गरेको छ। कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली र कास्कीका अध्यक्ष हेमन्त…
पत्रकारहरु सुमन ढुंगाना, विमल तिवारी र सागर ढकाल पोखरामा सम्मानीत भएका छन्। पर्यटन क्षेत्रको विकासमा पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्याएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पत्रकारत्रयलाई सम्मान गरेको हो। टान गण्डकीको ३२ औं साधारण सभाको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो। 6टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले ट्रेकिङ र समग्र पर्यटन क्षेत्रको विकासमा नेपाली पत्रकारिताको…
नेपाली महिला टोलीले आइसीसी महिला टी–२० अभ्यास खेलमा अमेरिकामाथि ४ विकेटले जीत निकालेको छ। आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले अमेरिकालाई हराएको हो। अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। नेपालकी सम्झना खड्काले सर्वाधिक ४९ रन बनाइन्। त्यस्तै, पूजा महतोले ४३ रन…
न्यु डायमन्ड स्पोर्टस क्लबले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। काठमाण्डौको त्रिपुरेश्वरस्थित कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो। न्यु डायमन्डले सुरुवाती पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो। त्यस्तै, दोश्रो सेट २५–१८ ले सहज जीत निकाल्यो। प्रतिस्पर्धात्मक चौथो सेट…
नेसनल प्याब्सन कास्कीले आफ्नो २७ औँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गर्ने भएको छ। आइतबार नेसनल प्याब्सन कास्कीले एक कार्यक्रमको आयोजना गरी शिक्षा/साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ कोइरालालाई सम्मान गर्ने भएको हो। कोइरालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, र…
पोखरा–२४ को कास्कीकोटस्थित सिद्ध बराह आधारभूत विद्यालयले हिरक जयन्ती मनाउँदैंछ। वि.स. २०२३ मा स्थानीय समुदायको सामूहिक श्रम र लगनशीलता एवं शिक्षाप्रतिको गहिरो प्रतिबद्धताबाट स्थापना भएको विद्यालय ६० वर्ष पुगेपछि विद्यालयले आफ्नो हिरक जयन्ती मनाउन लागेको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा पूर्व विद्यार्थी लोकनाथ सुवेदीले पूर्व विद्यार्थीहरुको सकृयतामा विद्यालयका हिरक जयन्ती…
स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा डिल्लीराम काफ्ले चयन भएका छन्। संघको शुक्रबार पोखरामा सम्पन्न सातौँ अधिवेशनले काफ्लेको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा शिशिर उजाड, सचिवमा मदनराज जैसी, सह–सचिवमा रामकृष्ण अधिकारी तथा कोषाध्यक्षमा गणेशबज्र लामा छन्। त्यस्तै सदस्यहरूमा भोजराज उपाध्याय, दुर्गादेवी बास्तोला, मानबहादुर थापा र रामचन्द्र लामिछाने छन्।…
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा सामाजिक सञ्जालमाथि निगरानी गरिदैँ छ। निर्वाचन आयोगले सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको हो। आयोगले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने गलत, भ्रामक र नकारात्मक क्रियाकलापको निगरानी गर्ने जनाएको हो। सामाजिक सञ्जालमार्फत प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार,…
क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा बुधबार आयोजना गरेको २२ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए। खो खो विश्वकपमा २ ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दी…
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी पोखरा आइपुगेको छ। भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी पोखरा आइपुगेको हो। डीपी वल्र्डको सहकार्यमा ट्रफी टुर कार्यक्रमअन्तर्गत नेपालमा रहेको विश्वकप ट्रफी पोखरा पुर्याइएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा ट्रफीलाई प्रदर्शनका लागि राखिएको थियो। त्यसपछि, पोखरा…