Author Archive »

तीजको दर खर्च आश्रमलाई सहयोग

  पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रममा तीजको दर खर्च सहयोग गरिएको छ। नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिले सहयोग गरेको हो। महिलाहरुले १५ हजार रुपैयाँ मूल्य बराबरको खाद्यान्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेका हुन्। वर्षेनी तीजको अवसर पारेर पोखरा फोटोग्राफर संघ महिला उपसमितिले केही…

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिक महोत्सव

पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ। शनिवारदेखि सोमबारसम्म लेकसाइडको कोमागानेपार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको थियो। पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषदलगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रह्यो। पर्यटन महिला व्यवसायीहरुले पहिलो…

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। म्यानमारस्थित थुउन्ना रंगशालामा आज (सोमबार) भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो। म्यानमारका लागि विन नैइग तुनले गोल गरे। उनले खेलको दोस्रो हाफमा गरेको एक मात्र गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो। विनले खेलको ८६ औँ मिनेटमा निर्णायक गोल गरे।…

उत्पादनलाई पर्यटनसँग जोड्यौ भने मुलुक अगाडि बढ्छ: मन्त्री गुरुङ

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटनसँग जोडियो भने मुलुकको विकास हुने कुरामा जोड दिएका छन्। सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको उनको भनाई…

नोभाक जोकोभिचले जिते, यूएस टेनिस ओपनको उपाधि

सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन्। ३६ वर्षीय जोकोभिचले आज (सोमबार) बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन्। यो उनको करियरको २४ औँ ग्राण्ड्स्लाम उपाधि हो। यो जितपछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन्। जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन,…

पोखरामा ३ दिने ‘तीज सांकृतिक महोत्सव’ सुरु

पोखराको लेकसाइडमा ३ दिने ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)द्वारा आयोजित महोत्सवको आज (सोमबार) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गरे। महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका महिलाले तयार गरेका हस्तकलाका सामग्रीको बिक्री तथा प्रदर्शनीमा राखिएको छ। बुधबारसम्म चल्ने महोत्सवमा प्रदेशस्तरीय तीज गीत, महिला हाजिरीजवाफ, महिला भलिबल तथा…

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्री ‘प्रचण्ड’ले भच्चेकमा योङ कम्युनिस्ट लीग (वाइसीएल) नेपाल अजिरकोट गाउँपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ। अभियान देशभर उत्साहपूर्ण ढंगले अगाडि बढेको…

समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ संभावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ गोरखा शाखाको नवनिर्मित भवनको आज (शनिबार) उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोंचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए। ‘गण्डकी प्रदेशभित्रका सबै क्षेत्रमा समानुपातिक ढंगबाट विकास अगाडि बढाउन सकियोस् भन्ने प्रदेश…

पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल–म्यानमारको बराबरी

पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ। आज (शुक्रबार) म्यानमारको थुवुन्ना रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। म्यानमारविरुद्ध नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन। विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ। नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग २ मैत्रीपुर्ण फुटबल खेल्नेछ। दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल…

महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट: सेमिफाइनलमा थाईल्यान्डसँग नेपाल पराजित

नेपाल महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग पराजित भएको छ। पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ। आज (शुक्रबार) भएको सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो। थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो। नेपालका लागि कविता…