Author Archive »

२७ औं पोखरा सडक महोत्सवको दोश्रो दिन वेटर/वेट्रेस दौड

पर्यटकीय राजधानी पोखराको लेकसाइडमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर/वेट्रेस दौड प्रतियोगिता गरिएको छ। अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको सडक महोत्सवमा निरन्तरता पाएको यस प्रतियोगितामा वेटरतर्फ ब्यञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का पहिलो, चिल्ली बारका अमर परियार दोस्रो तथा ब्यञ्जनकै इमोन थापा तेस्रो स्थानमा आए। त्यसैगरी, वेट्रेसतर्फ डुंगा रेष्टुरेण्टका मोनिका…

पोखरामा २७ औं संस्करणको सडक महोत्सब सुरु

पोखराको लेकसाइड क्षेत्रमा २७ औं संस्करणको सडक महोत्सब सुरु भएको छ। अंग्रेजी नयाँ बर्ष प्रवेशको अबसरमा लेकसाइड क्षेत्रको सडकमा ‘पोखरा सडक महोत्सब’ आइतबारदेखि सुरु भएको हो। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले हरेक वर्ष संचालन गर्दै आएको ‘सडक महोत्सब’ को यस बर्ष २७ औं संस्करण हो। ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित…

संचारमाध्यमहरु मर्जर प्रक्रियामा जानुपर्छ : संचारमन्त्री खरेल

संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संचारमाध्यमहरु पनि मर्जर प्रक्रियामा जानुपर्नेमा जोड दिएका छन्। मन्त्रालयको आयोजनामा आइतबार पोखरामा भएको ’आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘सञ्चार माध्यम पनि नेपालमा आवश्यकताभन्दा धेरै भएकोले मर्जरको प्रक्रियामा जानुपर्छ।’ एक अर्को प्रसंगमा मन्त्री खरेलले सरकारले लोककल्याणकारी विज्ञापन पनि सही ठाउँमा…

गण्डकी प्रदेशमा चलचित्र बोर्डको जरुरी छ

गण्डकी प्रदेशमा चलचित्रसम्बन्धी पत्रकारिता चलायमान छ। चलचित्रहरुको विकास, प्रवर्द्धन प्रचार–प्रसारमा यहाँका रंग पत्रकारहरु क्रियाशील छन्। चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आफ्नो छैटौँ अधिवेश सम्पन्न गरेको छ। यसको साथसाथै संघको नयाँ कार्यसमितिसमेत बनेको छ। संघमा नयाँ कायृसमिति बनेसँगै क्रियाशील रंग पत्रकारहरुले प्रदेशमा चलचित्र विकास बोर्ड गठनको माग गरेका छन्। गण्डकी प्रदेशका सामाजिक विकास, युवा…

सन्तोष बस्याल, चलचित्र पत्रकार संघ कास्कीको अध्यक्ष

चलचित्र पत्रकार संघ नेपाल, कास्कीको अध्यक्षमा पत्रकार सन्तोष बस्याल आएका छन्। संघको छैटौं अधिवेशनले बस्याललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो। जसको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम, कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरुमा प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल छन्।…

दिनेशचन्द्र बाँस्तोला, मुद्रण उद्योग संघ कास्कीको नयाँ कार्यसमितिको अध्यक्ष

दिनेशचन्द्र बाँस्तोला, मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा चुनिएका छन्। पोखरा क्षेत्रमा संचालनमा रहेका मुद्रण उद्योगका संचालकहरुको संस्था संघको शनिबार सम्पन्न पाँचौ अधिबेशन एबं १४ औं साधारणसभाले अध्यक्षमा बाँस्तोलालाई निर्वाचित गरेको हो। अध्यक्षमा निर्बाचित बाँस्तोला हाल पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत हुन। उनी लामो समयदेखि मुद्रण ब्यबसायमा संलग्न छन। जसको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम…

२७ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा हरेक वर्ष आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यस पटक पनि भव्य रूपमा संचालन हुँदैछ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा लेकसाइडस्थितका सडकहरु एक पटक फेरि उत्सवमय बन्ने भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा हुन लागेको २७ औँ संस्करणको महोत्सव आइतबारदेखि पुस…

कालिका माविले मेयर कप तथा १६ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जित्यो

पोखराको रामबजारस्थित कालिका माविले १६ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता च्याम्पियन बनेको छ। कालिकाले प्रतियोगिताको ८ स्वर्ण, ६ रजत र ३ कास्यसहित कुल १७ पदक हात पार्दै च्याम्पियन बनेको हो। यस्तै, शहीद स्मृति मावि दोस्रो बन्यो। सहिद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ कास्यसहित कुल १५ पदक…

पत्रकार धनबहादुर गुरुङ (सुमन) लाई छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार प्रदान

पोखरेली पत्रकार धनबहादुर गुरुङ (सुमन) लाई छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। तमु (गुरुङ) संचारकर्मी संघ, नेपालद्वारा काठमाडौंमा बुधबार आयोजना गरेको एक समारोहबीच पत्रकार पोखरामा क्रियाशील पत्रकार सुमनलाई सो पुरस्कार प्रदान गरेको हो। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष रेशम गुरुङले उनलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन्। पुरस्कार राशि नगद २० हजार रुपैयाँ छ।…

पोखरामा माघ ९ देखि छैटौँ संस्करणको ‘टाइगर कप’ भलिबल हुँदैं

पोखरामा आउँदो माघ ९ देखि १७ गतेसम्म छैटौँ संस्करणको ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप भलिबल प्रतियोगिता हुने भएको छ। आयोजक टाइगर ग्रुप अफ पोखराको आयोजनामा यस संस्करणको महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा ७ महिला तथा ७ पुरूष गरी…