Author Archive »

विष्णुहरि पौडेल, लेखनाथ पत्रकार मञ्चको अध्यक्ष

विष्णुहरि पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत चुनिएका छन्। मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सह–सचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने छन्। समितिका सदस्यहरूमा शुष्मा नेपाली, प्रिजना दिवाल, चिरञ्जीवी भुर्तेल, विमल तिवारी, अमृत श्रेष्ठ र जनकराज तिवारी छन्। अधिवेशन…

महिला टी–२० विश्वकपको एशिया छनोट: नेपालले बहराइनलाई हरायो

महिला टी–२० विश्वकपको एशिया छनोट खेलमा नेपालले बहराइनलाई हराएको छ। आइसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले शनिबार भएको खेलमा बहराइनलाई ९ विकेटले हरायो। टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले नेपाललाई जीतका लागि ४२ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले ४ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो। आजको खेलमा नेपालकी कविता…

जुम्ला रारा अल्ट्रा म्याराथनको १० किमिमा हरिबहादुर र ५ किमिमा पदमराज पहिलो

हरिबहादुर होहरा र पदमराज धितालले जुम्ला रारा अल्ट्रा म्याराथन जितेका छन्। जुम्लाको खलङ्गामा सम्पन्न म्याराथनमा हरिबहादुरले १० किलोमिटरको अल्ट्रा म्याराथन जितेका हुन्। त्यस्तै, पदमराजले ५ किलोमिटरको अल्ट्रा म्याराथन जितेका हुन्। १० किलो मिटरको म्यारथनमा दीपेन्द्र बुढा दोस्रो र महेन्द्र कठायत तेस्रो भए। विजेता हरिबहादुरले १० हजार, उपविजेता दीपेन्द्रल ६ हजार र तेस्रो बनेका महेन्द्रले ४…

पोखरा स्पोर्टस् अवार्ड: अरुणा र विश्वास वर्ष खेलाडी

भलिबलका खेलाडीहरु अरुणा शाही र विश्वास अधिकारी नवौं संस्करणको पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी बनेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा र गण्डकी प्रदेश भलिबल टिमका महत्वपूर्ण खेलाडी विश्वास वर्ष खेलाडीका रुपमा घोषित भएका हुन्। स्पोर्ट्स अवार्डका लागि मनोनयनमा परेका उत्कृष्ट…

महिला टी–२० विश्वकप एशिया छनोट: नेपाल र हङकङको खेल रद्द

आइसीसी महिला टी–२० विश्वकप कप २०२६ एशिया छनोटमा नेपाल र हङकङको खेल वर्षाका कारण रद्ध भएको छ। थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा शुक्रबार बिहान हुने भनिएको नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण मैदान भिजेपछि टस नै हुन नसकि रद्द भएको हो। आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन्। आजै भएको समूह ‘ए’ को…

राष्ट्रिय पत्रकारिता पुरस्कार र सम्मानबाट श्रमजीवी पत्रकारहरु नै वञ्चित !

प्रेस सेन्टर नेपालले श्रमजीवी पत्रकारहरु राष्ट्रिय पत्रकारिता पुरस्कार र सम्मानबाट वञ्चित भएको भन्दै आपत्ति जनाएको छ। नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगले बुधबार वितरण गरेको राष्ट्रिय पत्रकारिता पुरस्बारबारे प्रेस सेन्टर नेपालले आफ्नो धारणा सार्वजनिक गर्दै दुई ठूला राजनीतिक पार्टी नेपाली काँग्रेस र नेकपा एमालेका पत्रकार संगठनहरु प्रेस युनियन प्रेस चौतारीको…

‘स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न’

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताएका छन्। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा संचार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम बनेको छ।’…

पोखरेल र बस्नेतलाई वरिष्ठ पत्रकार–२०८१ को सम्मान

पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेत वरिष्ठ पत्रकार सम्मान–२०८१ बाट सम्मानीत भएका छन्। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सूचना तथा संचार प्रविधि मन्त्रालयले आज (बुधबार) शितल निवासमा आयोजना गरेको कार्यक्रममा पोखरेल र बस्नेतलाई वरिष्ठ पत्रकारको सम्मान प्रदान गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सो सम्मान प्रदान गरेका हुन्।…

पत्रकार केशव पाठक र दुर्गा अधिकारीलाई गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिता पुरस्कार

पोखराका पत्रकार केशव पाठक र दुर्गा अधिकारीलाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। स्व. पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित एवं नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित उक्त पुरस्कारको राशि २५ हजार र सम्मानपत्र छ। महासंघ कास्कीका पूर्व अध्यक्ष एवं सल्लाहकार दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट समितिले पाठक र अधिकारीलाई…

सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरूरी

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यक पर्ने औंल्याएका छन्। राष्ट्रिय सूचना आयोगको सहकार्य र नेपाल पत्रकार महासंघद्वारा मंगलबार आयोजित ‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तक्र्रियामा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गरुङको तर्क थियो, ‘सरकारको ध्यान केन्द्रीत गराउने खालका खोजमूलक पत्रकारिता अहिलेको आवश्यकता हो।’ मन्त्री गुरुङले…