Author Archive »

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मंसीर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा कुनैपनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि २ वा २ भन्दा बढी…

प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी पेस गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यक्ष प्रचण्डले सो दाबी पेस गरेको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्डले एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी ७ दलको सहमतिमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। यस्तै,…

खगराज अधिकारी, एमाले गण्डकी संसदीय दलको नेता

नेकपा एमाले संगठन विभाग प्रमुुख खगराज अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा चुनिएका छन्। नेकपा एमाले प्रदेशसभा सदस्यहरूको आज (आइतबार) बसेकोे बैठकले अधिकारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। अधिकारी, कास्कीको निर्वाचन क्षेत्र नं १ को गण्डकी प्रदेशसभा (१) बाट निर्वाचित सदस्य हुन्। संसदीय दलका नेता बन्न उम्मेदवारी आह्वान गर्दा अधिकारीको एकल उम्मेदवारी…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जेट विमान अवतरण

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जेट विमानलाई आज (आइतबार) अवतरण गरिएको छ। सौर्य एयरलाइन्सको बम्बार्डियर सिआरजे २०० विमानलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो। यहाँ, सौर्य एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने जनाएको छ। एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ उडान गर्नेसमेत जनाएको छ। युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय…

‘क्रिसमस डे’, क्रिश्चियन धर्मालम्बीले धुमधामसँग ‘इभ’ मनाउँदै

आज अंग्रेजी क्यालेन्डर डिसेम्बर महिनाको २५ तारिक अर्थात ‘क्रिसमस डे’। क्रिश्चियन धर्मालम्बीले आज धुमधामसँग ‘क्रिसमस डे’ को ‘इभ’ मनाउँदैछन्। उज्यालो बत्ती, उपहार र उल्लासका साथ मनाइने यो चाडका अवसरमा नेपालमा सार्वजनिक बिदा दिइएको छ। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन्। २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या…

गण्डकी साहित्य संगममका अध्यक्षमा भीम रानाभाट

साहित्यकार भीम रानाभाट गण्डकी साहित्य संगममका अध्यक्ष बनेका छन्। संगमको १५ औं साधारण सभा तथा अधिवेशनबाट साहित्यकार रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका हुन्। संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन्। त्यसैगरी, नयाँकार्य समितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय छन्। ११ सदस्यीय कार्यसमितिमा…

लेखनाथ महोत्सव: दर्शकको आकर्षण बढ्दो, एकैदिन १ करोडको कारोबार

लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवको दर्शकबीचमा आकर्षण बढ्दो छ। १८ औं संस्करणको लेखनाथ महोत्सव अवलोकन गर्न आम दर्शकहरुको भिड बढ्दो छ। पुस ७ गतेदेखि सुरु भएको महोत्सवको आज तेस्रो दिन (शनिबार) दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो।…

महजोडी ‘टुर दी पोखरा’ को साइकल र्‍यालीमा सहभागी

यस बर्षको ‘टुर दी पोखरा’ कार्यक्रम अन्तर्गत शनिबार पोखरामा १९ किलोमिटर साइकल र्‍याली गरिएको छ। पोखराको प्रर्दशनी केन्द्रबाट बिहान सुरु भएको उक्त र्‍यालीमा पोखरासहित काठमाण्डौं, धरान, नेपालगन्ज, चितवन, नवलपुरलगायतबाट सहभागी भएको ‘टुर दी पोखरा’का संयोजक राजन गोङ्गजूले बताए। पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्‍याली महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालाकोमुख, विन्ध्यवासिनी, बगर, टुँडिखेल, हरिचोक मिरुवा, भद्रकाली…

बीपी मार्ग क्षेत्र विकास समितिद्वारा नवनिर्वाचित सांसदहरुलाई सम्मान

पोखरा महानगरपालिका–१४ स्थित बीपी मार्ग क्षेत्र विकास समितिद्वारा नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुलाई सम्मान गरेको छ। समितिले कास्की जिल्लाको निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा सो क्षेत्रका प्रदेशसभा सदस्य र समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई बधाईसहित दोसल्ला ओढाएर सम्मान गरेको हो। कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित मनबहादुर…

अमेरिकाको वाशिंगटन डिसीस्थित नेपाली दुताबासको कागजात लुटियो

वाशिंगटन डिसीस्थित नेपाली दुताबासको कागजात लुटिएको दुताबासले एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ। डिसेम्बर २३ शुक्रबारका दिन जारी गरिएको बिज्ञप्तिअनुसार टेक्सस राज्यको डालस, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित धनादेश (मनि अर्डर) खजाञ्ची पत्र (क्यासियर चेक) हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोध गरेको छ। यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्ससको…