Author Archive »

पोखरामा १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप पुसको ९ गतेदेखि

पोखरामा पुसको ९ गतेदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुँदैछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। जसअनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। पोखरा महानगर खेलकुद विकास…

इस्ट बंगालले जित्यो साफ महिला क्लब च्याम्पियनसीपको पहिलो उपाधि

भारतको इस्ट बंगाल क्लबले साफ महिला क्लब फुटबल च्याम्पियनसीपको पहिलो संस्करणको उपाधि जितेको छ। काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबललाई ३–० गोलले हराउँदै इस्ट बंगाालले उपाधि जितेको हो। इस्ट बंगाल ४ खेलमा ३ जीत १ बराबरीसहित १० अंक जोड्दै शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो। उता, समान खेलबाट २…

वर्ल्ड पावर लिफ्टिङका च्याम्पियन शर्मिला शाहलाई (हिसान) कास्कीको सम्मान

वर्ल्ड पावर लिफ्टिङका च्याम्पियन शर्मिला शाह पोखरामा सम्मानीत भएकी छन्। वर्ल्ड पावर लिफ्टिङमा महिलातर्फ च्याम्पियन बन्न सफल खेलाडी शाहलाई उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले सम्मान गरेको हो। हिसान कास्कीले आयोजना गरेको १८ औँ संस्करणको हिसान स्पोर्ट्स् मिटको औपचारीक उद्घाटनको अवसरमा उनलाई सम्मान गरिएको हो। गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा. ईन्द्रप्रसाद तिवारी,…

अकोराब नेपालको सौराहा राष्ट्रिय सम्मेलन सकियो

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १९ औँ साधारण सभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ। यहि पुस ४ र ५ मा सम्पन्न संघको साधारण सभा एबं राष्ट्रिय सम्मेलनले १५ बुँदे सौराहा घोषणा पत्र जारी गर्दै सम्मेलन सक्कायो। सम्मेलनका समापनसँगै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले संकटमा परेका सामुदायिक रेडियोलाई सहयोग…

अबदेखि, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि साविककै स्वास्थ्य परीक्षण शुल्क लागु हुन्छ

अबदेखि, वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी नयाँ मापदण्ड लागु नहुने भएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी नयाँ मापदण्ड खारेज गरेपछि अब वृद्धि गरिएको शुल्क नलाग्ने भएको हो। गएको कार्तिक ३० गते श्रम मन्त्रालयले श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न भन्दै ३४ प्रकारको स्वास्थ्य परीक्षण गर्नुपर्ने दायरा विस्तार…

१८ औं संस्करणको हिसान कास्की स्पोर्ट्स् मिट सुरु

१८ औं संस्करणको हिसान कास्की स्पोर्ट्स् मिट–२०८२ बिहीबारबाट अनौपचारिक रुपमा सुरु भएको छ। पोखरा रंगशालामा सुरू हिसान स्पोर्ट्स् मिट अन्तर्गत पहिलो दिन छात्र भलिबल र बास्केटबलका खेलहरु सुरू भएका छन्। पहिलो दिन भलिबल छात्रतर्फ ८ खेलहरु सम्पन्न भएका छन्। बिहीबार भएको खेलमा पश्चिमाञ्चलले करुणानिधि माविलाई २५–१७, २५–२० ले, माउन्ट अन्नपूर्णले हिल पोइन्टलाई २५–११, २५–१६ ले,…

२१ औं संस्करणको लेखनाथ महोत्सव सुरु

पोखराको लेखनाथस्थित २१ औं संस्करणको लेखनाथ महोत्सव विहिबारदेखि सुरु भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा–२७ को डाँडाकोनाक (तालचोक) मा महोत्सव सुरु भएको हो। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ यही पुष १४ गतेसम्म महोत्सव संचालन हुनेछ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहबीच महोत्सवको उद्घाटन गरे। मुख्यमन्त्री…

एपीएफ र इष्ट बंगाल क्लब साफ महिला क्लब च्याम्पियनसीपको फाइनलमा

नेपाल एपीएफ र भारतको इष्ट बंगाल क्लब साफ महिला क्लब च्याम्पियनसीपको फाइनलमा भिड्ने भएका छन्। दुबै टिमले जारी च्याम्पियनसीपको लिग चरणमा अपराजित रहँदै फाइनलमा स्थान बनाएका हुन्। लिग चरणमा समान ४ खेल खेलेको दुबै टिमले ३ खेल सक्दा नै फाइनल यात्रा गरिसकेका थिए। भारतको इष्ट बंगालले लिगको ४ खेलमा १० अंक जोडेर लिग विजेता बन्दै…

जेन्जी आन्दोलनबाट संचार क्षेत्रमा ७८ करोड बढिको क्षति

भदौ २३ को जेन्जी आन्दोलन, २४ को विध्वंशले संचार क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण नेपाल सरकारलाई बुझाइएको छ। मुलुकभरका संचार माध्यमहरूमा सो आन्दोलनका क्रममा भएको व्यापक क्षतिको विस्तृत विवरण नेपाल पत्रकार महासंघको तर्फबाट बुधबार सरकारलाई बुझाइएको हो। महासंघद्वारा संकलन गरिएको विवरणअनुसार उक्त आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा संचार संस्थाले करिब ५९ करोड ९३…

१८ औं संस्करणको ‘हिसान कास्की स्पोर्ट्स् मिट’ को तयारी पूरा

पोखरामा यही पुस ३ गतेदेखि ७ गतेसम्म १८ औं संस्करणको ‘हिसान कास्की स्पोर्ट्स् मिट’ हुँदैछ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले पोखरामा १८ औं संस्करणको हिसान स्पोर्ट्स् मिट हुने भएको हो। विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत (हिसान) कास्कीले स्पोर्ट्स् मिटको तयारी पूरा भएको जनाएको छ। स्पोर्ट्स् मिटअन्तर्गत छात्र/छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल…