Author Archive »

ए डिभिजन लिगमा एनआरटीको तेस्रो जित

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले तेस्रो जित निकालेको छ । विभागीय नेपाल पुलिस क्लबमाथि १–० गोल अन्तरले हराउँदै सोमबार न्यूरोड टिमले तेस्रो जित निकालेको हो । यस जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ६ खेलबाट ८ अंक जोड्दै जारी लिगको छैटौं स्थानमा उक्लेको हो । त्रिपुरेश्वरस्थित…

गण्डकी प्रदेशस्तरीय फुटबलमा ११ जिल्लाको प्रतिस्पर्धा

पोखरा । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले प्रतिस्पर्धा गर्ने भएका छन् । लेखनाथको भण्डारढिक खेल मैदानमा माघको ४ गतेदेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिएका छन् । लिग कम नक आउटका आधारमा संचालनमा हुने प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब (स्याङ्जा),…

जनज्योतिलाई क्वीक्स फुटबलको उपाधि

पोखरा । जनज्योति पब्लिक स्कुलले राजधानीमा सम्पन्न क्वीक्स कप अन्तर गल्र्स स्कुल फुटबलको उपाधि जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा दुर्गा सेकेण्डरी स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै जन ज्योतिले उपाधि जितेको हो । जनज्योतिको जितमा दिक्षा खांड र एलिसा थापामगरले १/१ गोल गरे । दुर्गाका सुनिता बोलानले १ गोल फर्काए । उपाधिसँगै…

ए डिभिजन लिगमा सरस्वतीले खाता खोल्यो

पोखरा । सरस्वती युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खातामा पहिलो अंक जोडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै सरस्वतीले लिगमा पहिलो अंक जोडेको हो । अघिल्ला पाँच खेलमा पराजित बन्दै आएको सरस्वतीले छैटौं खेलमा आएर १ अंक जोड्न सफल रह्यो । सरस्वतीले पहिलो अंक…

घोडचढीको हाइजम्पमा खिलध्वज च्याम्पियन

पोखरा । छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो बनेका छन् । खिलध्वजले २० हजार पुरस्कार पाए । रामबहादुर दाहाल दोस्रो र सविनकुमार पोखरेल तेस्रो बने । रामबहादुरले १५ हजार र सविनकुमारले १० हजार पुरस्कार पाए । घोडचढीकै शो–जम्पतर्फ योगबहादुर बस्नेत पहिलो भए । योगबहादुरले २० हजार पुरस्कार पाए । उक्त स्पर्धामा लालबहादुर कुँवर…

एमएम कप क्रिकेटको सेमिफाइनल समिकरण पूरा

पोखरा । मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘डी’मा रहेको सुदूरपश्चिमले लगातार दुई खेलमा स्पष्ट जित निकालेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो । अघिल्लो खेलमा मलेसियालाई पराजित गरेको सुदूरपश्चिमले आइतबारको दोस्रो खेलमा गण्डकी प्रदेशमाथि ९ विकेटको सहज जित निकालेको छ । इनरुवा रंगशालामा सम्पन्न खेलमा गण्डकी…

एपीएफद्वारा राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा

पोखरा । विभागीय एपीएफ क्लबले न्यू डायमण्ड राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ ।  काठमाण्डौमा सम्पन्न तेस्रो संस्करणको फाइनलमा आयोजक टिम न्यू डायमण्डमाथि ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि रक्षा गरेको हो । एपीएफले गत संस्करणको पनि उपाधि जितेको थियो । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा भएको फाइनलमा एपीएफले आयोजक न्यू डायमण्डमाथि २५–२०,…

एपीएफ–न्यू डायमण्ड राष्ट्रिय महिला भलिबलको फाइनलमा

पोखरा । साविक विजेता विभागीय नेपाल एपीएफ क्लब र आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आमने–सामने हुने भएका छन् । सेमिफाइनलमा एपीएफल अर्को विभागीय नेपाल पुलिस र आयोजक न्यू डायमण्डले विभागीय आर्मीलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा…

एमएम कप क्रिकेटमा सुदूर पश्चिमको जित

पोखरा । मनमोहन (एमएम) कप एकदिवसीय क्रिकेटमा सुदूर पश्चिमले पाहुना टोली मलेसिया सिलेक्सन–११ लाई हराएको छ । सुदूरपश्चिम प्रदेशका लागि बलिङमा शेर मल्ल र विनोद लामाले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया सिलेक्सन–११ लाई ८ विकेटले पराजित गरेको छ । मलेसियाका लागि विरेनदीप सिंहले सर्वाधिक २२ रन जोडे । पाहुना टोलीका लागि विरेनदीपबाहेक अन्य कसैले पनि दोहोरो…

ए डिभिजन लिगमा मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

पोखरा । सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले चौथो जित निकालेको छ । जितसँगै मच्छिन्द्र लिगको शिर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जाउलाखेल युथ क्लबलाई १–० ले हरायो । मच्छिन्द्रको जितमा विशाल राई नायक बने । विशाल राइले खेलको ३१ औं मिनेटमा गरेको एक मात्र गोलले नै मच्छिन्द्रलाई स्पष्ट ३…