Author Archive »

‘सार्वजनिक संचारमाध्यमदेखि युट्युबसम्मलाई व्यवस्थित गर्नू’

सर्वोच्च अदालतले अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्म संचालनपूर्व अनिवार्य रूपमा दर्ता हुनुपर्ने भनेको छ। सर्वोच्च अदालतका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले सामाजिक सञ्जाल, अनलाइन संचारमाध्यम र अदालती सूचना संकलनका विषयमा सरकारका नाममा यस्तो आदेश जारी गरेको हो। २०८१ असोज १३ गते भएको फैसलाको पूर्णपाठ शुक्रबार जारी गर्दै सर्वोच्चले अदालतका सूचना प्रकाशन र प्रसारणका लागि…

ढोरपाटनकर्मी अर्जुन काफ्ले र राजेन्द्र नेपाली पुरस्कृत

ढोरपाटनकर्मी अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपाली पोखरामा पुरस्कृत भएका छन्। एक समारोहबीच आइतबार पोखरामा पत्रिकाका स्याङ्जा संवाददाता काफ्ले र व्यवस्थापक नेपाली पुरस्कृत भएका हुन्। पोखराबाट प्रकाशन हुने ढोरपाटन दैनिकले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट संवाददाताको रुपमा स्याङजा संवाददाता अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपालीलाई सम्मान तथा पुरस्कृत गरेको हो। पत्रिकाका अध्यक्ष तथा प्रधान…

ढोरपाटन दैनिक पत्रिका २३ औं वर्षमा प्रवेश

पोखरा र बागलुङबाट एक साथ प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक पत्रिका २३ औं वर्षमा प्रवेश गरेको छ। आइतबार एक समारोहबीच पत्रिकाले आफ्नो २३ औं वार्षिकोत्सव पोखरामा मनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रमको उद्घाटन गर्दै बागलुङमा जन्मिएर पनि पर्यटकीय राजधानी पोखरा हुँदै पत्रिकाले गण्डकीको यात्रा तय गर्नु खुसीको कुरा रहेको बताए। बागलुङमा जन्मेर पोखरा…

टप एण्ड टी–२० श्रृंखला: नेपालको लगातार दोश्रो हार

टप एण्ड टी–२० श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। अस्ट्रेलियामा चलिरहेको श्रृंखलामा बंगलादेश ‘ए’ सँग नेपाल २९ रनले पराजित भएको हो। अस्ट्रेलियाको डार्बिनमा बंगलादेश ‘ए’ ले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाएर १५४ रन मात्रै बनायो। नेपालका कुशल मल्लले अविजित सर्वाधिक ५९ रनसहित अर्धशतक बनाए। आसिफ शेखले २८…

टप एन्ड टी–२० श्रृंखला: नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित

टप एन्ड टी–२० श्रृंखलामा आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको छ। अस्ट्रेलियाको डार्बिनमा नर्दन टेरिटोरीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। गुल्शनकुमार झाले २६ रन जोडे। कप्तान रोहितकुमार पौडेलले २३ थपे। नर्दनका म्याट ह्यामन्डले ३ विकेट…

पत्रकार गोविन्द सुवेदीलाई पर्यटन पत्रकारिता पुरस्कार प्रदान

पोखराका पत्रकार गोविन्द सुवेदीलाई महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) द्वारा संचालित पर्यटन पत्रकारिता पुरस्कारबाट प्रदान गरिएको छ। ओटेफको विहिबार पोखरामा आयोजना भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा सुवेदीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारीलगायतले पत्रकार सुवेदीलाई नगद १५…

मिडिया काउन्सिल विधेयकबारे मिडिया सोसाइटीको सुझाव

नेपाल मिडिया सोसाइटीले प्रस्तावित ‘मिडिया काउन्सिल विधेयक, २०८१’ माथि आफ्ना दफावार सुझावहरू पेश गरेको छ। मिडिया सोसाइटीको तर्फबाट महासचिव बोधराज त्रिपाठीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापासमक्ष उक्त सुझावहरु पेश गरेका हुन्। लोकतन्त्रको एउटा महत्वपूर्ण पक्ष भनेको स्वतन्त्र मिडिया भएकोले नेपालको मिडिया क्षेत्रलाई थप व्यावसायिक, स्वतन्त्र र उत्तरदायी बनाउनका लागि मिडिया…

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना

आर्थिक वर्ष २०८१/०८२ मा देशभर प्रेस स्वतन्त्रता हननका ९४ घटनाहरु घटेका छन्। प्रेस काउन्सिल नेपालले २०८१ असारदेखि २०८२ असार मसान्तसम्म गरेको अनुगमनबाट प्रेस स्वतन्त्रता हननका ९४ घटना घटेको मंगलबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी धम्की/दुव्र्यवहारका घटनाहरू ४१ रहेको उल्लेख छ। आक्रमण तथा कुटपिटका घटना २२…

पत्रकारहरु राम गुरुङ र कैलाशबाबु श्रेष्ठ (सुशिल) लाई कञ्चन पत्रकारिता पुरस्कार प्रदान

पत्रकारहरु राम गुरुङ र कैलाशबाबु श्रेष्ठ (सुशिल) लाई कञ्चन पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ। कास्कीका फोटो पत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ (सुशिल) सो पुरस्कारबाट सम्मानीत भएका हुन्। पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व. नेत्रकुमारी गुभाजू तथा बाबा स्व. वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)…

पोखराको नदीपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन

पोखरा-३, नदिपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन गरिएको छ। गाईजात्रा पर्वको अवसरमा नदीपुर तायमचा समितिले पहिलो पटक सो नाच प्रदर्शन गरेको हो। हालै गठित सो समितिले यसै वर्षदेखि नाच देखाउन थालेको हो। वडा कार्यालयबाट सुरु नाच नदीपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भिसी मार्ग, भैरब मन्दिर, बाल मन्दिर, मीन मार्ट हुँदै सोही स्थानमा आएर…