
सरकारले ७ दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी गराएका हुन्। सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल ७ दिनभित्र संचार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्कृय गराउन दूरसंचार प्राधिकरणलाई निर्देशन दिने निर्णय…
साफ यु–१७ महिला च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग फेरि पराजित भएको छ। हारसँगै नेपाल उपाधि जित्ने होडबाट बाहिरिएको छ। भुटानको थिम्पुमा बुधबार भएको खेलमा नेपाललाई बंगलादेशले ४–१ गोलले हरायो। बंगलादेशकी सौरभी अकन्दा प्रितीले ह्याट्रिक र थुइनुए मार्माले १ गोल गरिन्। नेपालकी भूमिका बुढाथोकीले गोल गरिन्। प्रतियोगितामा नेपालको यो चौथो खेल हो। यसअघि, भएको खेलमा नेपाल बंगलादेशसँग ३–०…
टी–२० अभ्यास खेलमा नेपालले लगातार दोश्रो जीत निकालेको छ। नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ६ विकेटले हरायो। एसीटीले दिएको ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर २ बलमा भेट्टायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाए। एसीटीका इ रहेमानले २ तथा एल इभान्स र डी दुबेले समान १ विकेट लिए। त्यसअघि, पहिले ब्याटिङ…
नेपाल पत्रकार महासंघले आन्दोलित बनेको छ। अनलाइन संचारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघले आन्दोलन गर्ने घोषणा गरेको हो। महासंघको सोमबार बसेको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइनल संचारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो। विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले अनलाइन संचारमाध्यमको दर्ता र…
पोखरामा आठौँ संस्करणको इक्यान शैक्षिक मेला हुँदैछ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा ‘इक्यान शैक्षिक मेला’ हुने भएको हो। यही भदौको २० र २१ गते पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैङ्क्युटमा मेला हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले बताएको छ। अन्तर्राष्ट्रियस्तरको शैक्षिक मेलामा स्वदेश तथा विदेशका विश्वविद्यालय र…
पोखराको पुरानो टुँडिखेलमा शुक्रबारदेखि तेस्रो संस्करणका ‘ऐतिहासिक टुँडिखेल तीज महोत्सव’ सुरु भएको छ। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रले ‘हाम्रो सँस्कृति, हाम्रो पहिचान, लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ ‘ऐतिहासिक टुँडिखेल तीज महोत्सव’ सुरु भएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘तीज…
पोखराको पुरानो टुँडिखेलमा हुने ‘ऐतिहासिक तीज महोत्सव’ को तयारी तीब्र पारिएको छ। यही भदौको ६ देखि १५ गतेसम्म हुने महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन आयोजक इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा तीब्र तयारीमा जुटेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। तीज महिलाहरुको पर्व भएपनि पोखराको पुरानो टुँडीखेलको पुरानै पहिचानलाई कायम राख्न र पुरानै…
फेसबुकको माउ संस्था मेटाले नेपालको संविधान र कानून नमान्ने खुलासा भएको छ। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कुराको खुलासा गरेका हुन्। ‘मन्त्री गुरुङले खुलाए, ‘फेसबुकको माउ संस्था मेटाले तिमीहरूको कानून मान्दिनँ भनेर ठाडै जवाफ दिएको छ।’ मन्त्री गुरुङले नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा पनि मेटाले नेपालको संविधान र कानून नमान्ने जवाफ फर्काएको…
पोखराको लामाचौरमा हुने २७ औं संस्करणको ‘तीज महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ। ‘लामाचौर तीज महोत्सव–२०८२’ को तयारी अन्तिम चरणमा पुगेको पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरले जनाएको छ। संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ ८ देखि १० गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा सो महोत्सव…
यही असोज ४ गते (शनिबार) हुन गइरहेको दोस्रो संस्करणको पुम्दी–भुम्दिी पर्वतीय दौड प्रतियोगिताको तयारी तीब्र पारिएको छ। पोखरा क्लिक प्रा.लि.को आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीब्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा…