
आइसीसी एक दिवसीय विश्वकप क्रिकेटकै इतिहासमा घरेलु टोली इङ्ल्याण्डले पहिलो पटक उपाधि जितेको छ । क्रिकेटको जन्मदाता राष्ट्र भएरपनि यसभन्दा अघि उसले आइसीसी विश्वकपमा कुनै विश्वकप जित्न सकेको थिएन । शनिबार भएको फाइनल खेलमा घरेलु इङ्ल्याण्डको टोलीले सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै विश्वकप उपाधिको खडेरी तोडेको हो । विश्वकपको इतिहासमै फाइनल खेल सुपर ओभरमा गएको पनि…
पोखरा । भदौको अन्तिम साता लेकसाइडमा होटल तथा रेष्टुरेन्ट फुटसल प्रतियोगिता हुने भएको छ । लेकसाइड एरिनाको आयोजनामा भदौको २३ देखि २५ गतेसम्म पोखराको होटल तथा रेष्टुरेन्टबीच फुटसल प्रतियोगिता हुने भएको एरिनाका प्रोपाइटर विनोद गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको उनले जनाए…
पोखरा । पोखराको बगरमा टाउन स्पोर्ट्स एकेडेमी नामको नयाँ जिम व्यायामशाला संंचालनमा आउने भएको छ । लामो समय मार्सल आर्टको खेलकुद क्षेत्रमा कृयाशील युवाहरुले व्यायामशालालाई संचालनमा ल्याउन लागेका हुन् । शारिरीक सुगठन र व्यायाममा चाहना राख्नेहरुका लागि फिजिकल फिट्नेश र बडी बिल्डिङका (यन्त्र जडित) सहितको सामग्रीहरुलाई अफरसहित व्यायामशालाको रुपमा स्पोर्ट्स एकेडेमी संचालनमा ल्याइएको हो ।…
जुन बेला पोखरामा स्कूल नै थिएन । त्यतिबेला, वीरेन्द्रकुमार बाटाजूले पोखरेलीमध्येबाट सबैभन्दा पहिले एसएलसी पास गरे । उनले २००७ सालमा एसएलसी पास गरेका हुन् । नेपाल सरकार, शिक्षा विभाग, काठमाण्डौंले २००८ सालको कार्तिक ५ मा एउटा नेपाल गजेट प्रकाशन गरेको थियो । अघिल्लो वर्ष ००७ सालको एसएलसी परीक्षामा उत्तीर्ण भाएका विद्यार्थीहरुको नामसहित उक्त गजेट प्रकाशन…
पोखरा । लोकगित क्षेत्रका निकै लोकप्रिय जोडी प्रकाश सपुत र शान्तिश्री परियार ‘छिन्नलता नव प्रतिभा’ पुरस्कारद्वारा सम्मानीत भएका छन् । उक्त पुरस्कारबाट सम्मानीत भएपछि प्रकाश सपुत र शान्तिश्रीले सामूहिक तस्वीर खिचाउँदै स्टाटसहित सामाजिक सञ्जालमा फोटो पेष्ट गरेका छन् । गत बर्ष सार्बजनिक भएको निकै लोकप्रिय गीत ‘बोल माया’ का गायक तथा गायिकालाई २०७५ को छिन्नलता…
पोखरा । नेपाल टेलिभिजनवाट प्रशारित हाँस्य श्रृंखला भद्रगोलकी नयाँ पात्र ‘मुन्नी’ को अहिले दर्शकबीच चर्चाको विषय बनेकी छिन् । हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी ‘मुन्नी’ पहिलो एपिसोडवाटै चर्चाको विषय बन्न शुरु गरिन् । थिएटरबाट उठेकी कलाकार ‘मुन्नी’को खास नाम प्रियाना आचार्य हो । भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो…
पोखरा । फिल्म तथा फिल्मका कलाकार र प्राविधिकहरूलाई प्रतिस्पर्धाका रूपमा प्रदान गरिँदै आएको राष्ट्रिय पुरस्कार एकसाथ प्रदान गरिएको छ । एकैपटक तीन वर्षको राष्ट्रिय अवार्ड हस्तान्तरण गरिएको हो । सञ्चार तथा सूचिना प्रविधि मन्त्रालय अन्र्तगतको चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय पुरस्कार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन्…
पोखरा । गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दोमा स्वर्ण जितेका छन् । आइतबार भएको पुरुष ४५ केजीमुनि फाइनलमा युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गरे । प्रदेश १ का मनोज माझीले रजत र प्रदेश ५ का सुजवकुमार यादवले कास्य जिते । महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् । फाइनलमा क्षितिजाले…
पूर्व विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप बेलायतमा जारी विम्बल्डन टेनिसको पहिलोपटक उपाधि उचाल्दै । हालेप, विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् । हालेपको यो दोस्रो ग्राण्डस्लाम उपाधि समेत हो । शनिबार भएको फाइनलमा सातौं वरीयताकी हालेपले बेलायती सेरेना विलियम्सलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । हालेपले…
पोखरा । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले १ रजत र १ कास्य पदक जितेको छ । स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको हो । आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा थोरै अंकले स्वर्ण पदक जित्नबाट…