
पोखरा । नेपालले मलेसियासँगको दुई अन्तराष्ट्रिय टी–२० शृंखलामा ऐतिहासिक क्लिन स्वीप गरेको छ । आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २–० ले शंखला क्लिन स्वीप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आइतबार, १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० ओभरमा…
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै बनाउनुपर्ने बताएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले भने, ‘पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै हुनुपर्छ । आर्टिफिसियल मैदान बनाउने होइन । मैले प्राविधिकहरुसँगको छलफलमा त्यही किसिमले निर्देशन…
पोखरा । दुई खेलको टी–२० शृंखलामा घरेलु मलेसियामाथि नेपालले पहिलो खेलमा शान्दार जित निकालेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । कप्तान पारस खड्काले विस्फोटक पारी खेलेपछि मलेसियाविरुद्धको ट्वेन्टी–२० क्रिकेटको शृंखलामा पहिलो खेलको जितसँगै नेपालले अग्रता लिएको छ । मलेसियाले दिएको १ सय २९ रनको लक्ष्य पछ्याउने…
पोखरा । राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण शनिवारदेखि शुरु भएको छ । नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर महिलाहरुको राष्ट्रिय भलिबल टिमको प्रशिक्षण थालिएको हो । आगामी डिसेम्वरमा काठमाडौं र पोखरामा हुने सागका लागि महिला टोलीको प्रशिक्षण सुरु गरिएको नेपाली भलिबलकी मूख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी गराइन् । शनिवार, पहिलो…
पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार (आज) देखि सुरु हुँदैछ । केन्द्रीयस्तरको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी लगायतका ६ खेलमा प्रतिस्पर्धा हुनेछन् । चार प्रदेश १, ४, ५ र ७ को सहभागिता रहने प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । भलिबल…
पोखरा । यस वर्ष नेपाली नारीहरुको महान पर्व तिज आउन अझै डेढ महिना बाँकी छ । तर, कलाकारहरुलाई भने तिज गीतको रन्कोले छोइसकेको छ । केही कलाकारहरुले तिज गीतलाई बजारमा ल्याइसकेका छन् । केही कलाकारहरु गीतको तयारीमा छन् । केही कलाकारहरु भने यसपालीको तिजमा कसरी फरक ढंगले गीत मार्फत प्रस्तुत हुने भन्ने सोंचमा छन् ।…
पोखरा । ‘बैंसको चुरीफुरी’ बोलको रमाइलो गीत सार्वजनिक भएको छ । मोडल कमलसिंह र श्रेया कार्की फिचर्ड रहेको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडीयोमा मोडल कमल र श्रेयाको जोडी निकै सुहाएको छ । रोमान्टिक शैलीको गीतमा स्वर तथा संगीत शिशिर काफ्लेको रहेको छ । शब्द शिशिर बुढाथोकीको छ । गीतलाई एरेन्ज रोमी…
पोखरा । निर्देशक तथा निर्माता विकासराज आचार्यले निर्देशन गरेको नयाँ नेपाली चलचित्र ‘हजार जुनीसम्म’ को दोस्रो गीत ‘आज नगद भोली उधारो’ युट्युबमार्फत रिलिज गरिएको छ । फिल्मको पहिलो गीत ‘एमजी रोडैमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार दोस्रो गीत स्वरुप ‘आज नगद भोली उधारो’ सार्वजनिक गरेको हो । गीतमा प्रल्हद तिमल्सिना र…
पोखरा । प्रेमकथामा आधारित फिल्म ‘सानो मन’ शुक्रबारदेखि नेपालभर रिलिज भएको छ। नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको प्रमुख भूमिका रहेको फिल्म ‘सानो मन’ देशभरको मल्टी प्लेक्स र सिंगल थिएटरको ७० हलबाट रिलिजमा आउन लागेको हो । फिल्ममा आयुष्मान र शिल्पाका साथमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट, देवकुमार…
पोखरा । नेपाली चलचित्र ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको चलचित्र ‘साइनो’ को ट्रेलरको बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ट्रेलरमार्फत फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको हो । ट्रेलरमार्फत फिल्मको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । फिल्ममा अभिनेत्री मिरुना मगरको भूमिका बलशाली…