Author Archive »

७० र ८० बर्ष माथिका ज्येष्ठ नागरिक अब वरिष्ठ र अति वरिष्ठ

पोखरा । प्रतिनिधीसभा अन्तर्गत महिला तथा सामाजिक समितिको आइतबार बसेको बैठकले ज्येष्ठ नागरिकको परिभाषा सम्बन्धी प्रस्तावमा ७० वर्षमाथिका लाई वरिष्ठ र ८० वर्षमाथिकालाई अतिवरिष्ठ बनाउने प्रस्तावलाई अनुमोदन गरेको छ । यसअघि, बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को पहिलो संशोधन माथी दफावार छलफल सुरु भएको थियो । बैठकमा छोरीका…

मिलो कराँतेमा रणदीपलाई कास्य

पोखरा । नेपाली कराँते खेलाडी रणदीप गोलेले २० औं अन्तर्राष्ट्रिय मिलो कराँते च्याम्पियनसीपमा कास्य जितेका छन् । मलेसियाको क्वालालम्पुरमा जुन ६ र ७ तारिखमा भएको प्रतियोगितामा उनले पुरुष एकल कातामा नेपाललाई कास्य दिलाएको टोली नेता प्रकाश श्रेष्ठले जनाएका छन् । अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ (आइएमए) का अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार रणदीपले फिलिपिन्स, भारत र…

विलिङ्टन अर्वान अल्ट्रा म्याराथन टोलीको विदाई

पोखरा । मित्र राष्ट्र न्यूजिल्याण्डमा आयोजना हुने विलिङ्टन अर्वान अल्ट्रा म्याराथनमा सहभागी हुन जाने नेपाली टोलीलाई आइतबार विदाई गरिएको छ । जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख शिव सुन्दरराज बैद्यले एक कार्यक्रमबीच टोलीलाई बिदाई गरेका हुन् । असारको २८ र २९ गते हुने उक्त म्याराथनमा सहभागी हुन जाने पाँच सदस्यीय टोलीमा ब्यवस्थापक तथा प्रशिक्षक भैरव शाही,…

आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा सेमीफाइनल समिकरण पूरा

आइसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणका सबै खेल सकिएका छन् । समूह चरणको खेल सकिएसँगै आइतबार र सोमबार कुनैपनि खेल हुने छैन । क्रिकेट अन्तर्गत समूह चरणमा सहभागी टोली सबैले समान ९ वटा खेल खेलेका छन् । क्रिकेटमा भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । शनिबार भएको श्रीलंकासँगको अन्तिम जितसँगै ९ खेलमा…

अन्तिम खेलमा भारत र दक्षिण अफ्रिकाको जित

एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा भारत र दक्षिण अफ्रिकाले जित निकाल्यो । भारतले श्रीलंकालाई ७ विकेटले र दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १० रनले हरायो । भारत शीर्ष स्थानमा रहँदै सेमीफाइनल पुग्यो । अस्ट्रेलिया दोस्रो हुँदै सेमीफाइनल पुग्न सफल रह्यो भने दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरियो । समूह चरणको अन्तिम…

गुञ्जिए पोखरामा तारादेवी र अरुणाका गीतहरु (हेर्नुहोस : फोटो फिचरसहित)

पोखरा । पोखरेली गायिकाहरुको संस्था ‘हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस् अफ पोखरा’ मार्फत स्वर्गिय गायिकाद्वय तारादेवी र अरुणा लामाका गीत गुञ्जिएका छन् । पोखरा सभागृहको हलमा करिब ३ घण्टासम्म जारी कार्यक्रमा एक दर्जन बढी गायिकाहरुले गायिकाद्वयका कालजायी गीतहरु गाएका थिए । कार्यक्रममा पुरुषहरु गायकहरुले पनि गायिकाहरुलाई साथ दिएका थिए । रानी ऐश्वर्य उर्फ चाँदनी शाहद्वारा रचना…

गुञ्जिए तारादेवी र अरुणाका गीतहरु (हेर्नुहोस : फोटो फिचरसहित)

पोखरा । पोखरेली गायिकाहरुको संस्था ‘हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस् अफ पोखरा’ मार्फत स्वर्गिय गायिकाद्वय तारादेवी र अरुणा लामाका गीत गुञ्जिएका छन् । पोखरा सभागृहको हलमा करिब ३ घण्टासम्म जारी कार्यक्रमा एक दर्जन बढी गायिकाहरुले गायिकाद्वयका कालजायी गीतहरु गाएका थिए । कार्यक्रममा पुरुषहरु गायकहरुले पनि गायिकाहरुलाई साथ दिएका थिए । रानी ऐश्वर्य उर्फ चाँदनी शाहद्वारा रचना गरिएको…

नेपाली फिल्म ‘जात्रै जात्रा’ले ५१ दिन मनायो

पोखरा । प्रदीप भट्टराई निर्देशित फिल्म जात्रै जात्राले प्रदर्शनको गौरवमय ५१ दिन पूरा गरेको छ । राजधानी तथा मोफसलका ७ वटा हलहरुमा प्रदर्शनको ५१ दिन पूरा गरेको हो । फिल्म निर्माण टिमले शनिबार राजधानीका ५१ दिनसम्म ‘जात्रै जात्रा’ लागेका हलहरुमा पुगेर दर्शकसँग बसेर केकसमेत काटेको समाचार छ । समाचार अनुसार निर्देशक प्रदीप भट्टराई, निर्माता तथा…

शकीब अल हसनको ६ सय कीर्तिमानी रन

एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबार राति भएको ४३ औँ खेलमा बंगलादेशका क्रिकेटर शकीब अल हसनले नयाँ रेकर्ड बनाएका छन् । उनी यो विश्वकपमा ६ सय रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । शुुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गर्दा शकीब अल हसनले ६४ रन बटुल्दै यस सिजनको आइसीसी एक दिवसीय विश्वकपमा…

न्यूजिल्यान्ड सेमीफाइनलमा

न्यूजिल्यान्ड आइसीसी  विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लर्डस मैदानमा शुक्रबार राति भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराएपनि न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सफल बन्यो । न्यूजिल्यान्डले पाकिस्तानलाई नेट रन रेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । खेल जितेपनि पाकिस्तान बाहिरियो । यस खेलसँगै विश्वकपको सेमिफाइनल समिकरण समेत पूरा भएको छ । साविक विजेता…