
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न ३ जना खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ। यसरी, प्रतिस्पर्धा गर्नेमा आर्चरीकी रोजिना थापामगर, फुटबलकी सावित्रा भण्डारी (साम्बा) र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर छन्। उत्कृष्ट ३ को मनोनयनमा परेका रोजिना र सुस्मिता बागलुङका हुन्। सावित्रा भण्डारी (साम्बा) लमजुङ जिल्लाकी हुन्।…
बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो। उपसमितिको सिफारिसलाई मञ्चको २३ औं…
टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ ‘मेक्सम गौडेल’ बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन्। पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोर्ट्स अवार्डमा दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै उनले हसाउँनेछन्। पछिल्लो समयमा दर्शकको आर्कषण देखिएको ‘स्ट्यान्ड अप कमेडी’लाई यस पटकको अवार्ड कार्यक्रममा…
गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै छ। अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ। अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र १३ वटा विभिन्न उपसमिति निर्माण गरेको छ। यसरी निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड–२०७९ को रौनक बढ्दै गएको छ। अवार्ड अन्तरगतका ४ विधाको मनोनयन सार्वजनिक भएपछि अवार्डप्रतिको रौनकता थप बढेको हो। मञ्चले अवार्डको तयारीलाई थप तिव्रता समेत दिएको छ। मनोनयनमा सार्वजनिक भएका विधामध्ये उदीयमानतर्फको विधाको अवार्डमा यो वर्ष निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ। यस विधातर्फको मनोनयनमा गण्डकी…
गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित भएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई आज (शुक्रबार) एक भव्य कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो। सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर…
प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र–२ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी बनेका छन्। गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई ५ हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार…
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन्। वैसाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन्। उनले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्दैै लामिछानेले जीत हात पारेका हुन्। जितनारायण श्रेष्ठले…
प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको शानदार जीत भएको छ। स्वर्णिमले ३४ हजार ९१९ मतसहित विजय हात पारेका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाए। वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ छ। नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाए। मंसीर ४…
तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो। मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सीसीटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। कार्यालयकाअनुसार २ वटा कोठामा मतगणना गरिनेछ। मतगणनास्थल निर्माणका…