Hero News »

माओवादी स्थायी कमिटीको पहिलो बैठकको निर्णय यस्तो रह्यो

नेकपा माओवादी केन्द्रको आज (शनिबार) बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारबाही गर्नेदेखि विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन गर्नेसम्मका निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ।   स्थायी कमिटीको पहिलो बैठकको निर्णयहरू   १. स्थानीय तह निर्वाचनमा घात अन्तर्घात गरेको आवाज उठेपछि…

निर्धारित मितिमै हुने भो राष्ट्रिय खेलकुद प्रतियोगिता

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने उद्घोष गरिएको छ।  युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्धारित मितिमै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन्। शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताए। कोभिडका कारण लामो समयदेखि रोकिएको…

अब, माओवादी केन्द्रमा १५६ जनाको पोलिटब्युरो कमिटी

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरोमा अब १५६ जना सदस्य रहने भएका छन्। यसअघि, १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो। बैठकमा अध्यक्ष प्रचण्डले १५६ जनाको पोलिटब्युरो बनाउन सकिने वैधानिक आधार रहेको भन्दै संख्या बढाउने प्रस्ताव गरे। उनले १२५ भन्दा बढी नेताहरुको नाम पोलिटब्युरोमा रहने भन्दै बाचन गरे। केही नाम अझै…

माओवादीको स्थायी समिति सदस्य : ४१ मध्ये १५ जनाको मात्रै नाम टुंगियो

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीमा ४१ सदस्यीय बनाउने भएको छ। काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्थाअनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिएका छन्। प्रचण्डले यसअघि नै सदस्य रहेका १५ जनाको नाम वाचन गरेका हुन्। बाँकीको नाम छिट्टै टुंगो…

माओवादी केन्द्रमा १२५ जनाको पोलिटब्युरो सदस्य

माओवादी केन्द्रको १२५ सदस्यीय पोलिटब्युरो सदस्यमध्ये गण्डकी प्रदेशबाट मात्रै ४ दम्पत्तीले अवसर पाएका छन्। बिहीबार अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको उक्त संख्याको पोलिटब्युरो सदस्यमध्ये नेता देव गुरुङ, हितमान शाक्य, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा नेता देवेन्द्र पराजुलीको दम्पत्ती पोलिटब्युरो सदस्यमा नाम आएको छ। प्रस्तावित नामहरुमा नेता देव गुरुङकी यशोदा सुवेदी ‘प्रभा’, नेता हितमान शाक्यकी अमृता थापा, शिक्षामन्त्री…

आमसंचार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक प्रेसमैत्री हुने दाबी गरेका छन्। ‘यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न हुँदैन, त्यसबारे आफूले निर्देशन समेत दिइसकेको छु।’ नेपाल प्रेस युनियन कास्कीको महाधिवेशन लक्षित भेलालाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि लडेका संचारमाध्यममाथि अंकुश लगाउने गरी आमसंचार विधेयक नआउने विश्वास दिलाए। आमसंचार विधेयक संसदमा छलफलका क्रममा…

अविरल वर्षाका कारण पोखरा डुबानमा (हेर्नुहोस, फोटो फिचर)

अविरल वर्षाका कारण पोखरा लगायत कास्कीका केही ठाउँहरु डुबानमा परेका छन्। शुक्रबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण घरहरु डुबानमा परेका हुन्। घर डुबानमा परेकाहरुलाई उद्धार समेत गरेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पोखराको वडा नं २५ को हेमजालगायत म्याग्दी टोल, सुन्दरपुरी, खहरेटारीमा गरी करिब ७० घर डुबानमा परेको हो। घर डुबानमा परेका करिब ३…

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

यहीं असार १८ गते पोखरामा आयोजना हुन लागेको छैटौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७८’ को मनोनयन सार्वजनिक भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर ४ बिधाका उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो। जसअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का उत्कृष्ट ३ मा…

पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड (पूर्ण पाठसहित)

पोखरा महानगरपालिकाले आ.व. २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन्। चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो। बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११…

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

अब, पोखरा आसपास क्षेत्रको किड्नीका विरामीहरुले मिर्गौला प्रत्यारोपण गर्न अन्यत्र जानु नपर्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विहिबार पहिलोे पटक मिर्गौला सफलतापूर्वक गरिएको छ। गण्डकी प्रदेशमै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा भएको हो। केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा…