
जापानका गेन्टा युचिदा र काजाकिस्तानकी इकातेरिना सावालिना एशिया कप ट्राइयाथलन च्याम्पियन बनेका छन्। पोखरामा आज (शनिबार) सम्पन्न एशिया कप ट्राइयाथलन तथा दक्षिण एशिया च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फ जापानका गेन्टाले उपाधि जित्न सफल भएका हुन्। त्यस्तै, महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिना च्याम्पियन बनिन्। नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेका गेन्टाले ७५० मिटर पौडी, २० किमी…
नेपाल ट्राइयथलन संघको आयोजनामा २०२३ एशियन ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप आज (शनिबार) पोखरामा हुँदैछ। ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणीय र पर्यटकीय नगरी पोरखामा ट्राइयाथलन र दुवाथलन गरी २ विधा ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ कि.मी. दौडको ट्राइयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साइक्लिङ र २.५ कि.मी. दौडको…
नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। नेपालले लाओसलाई २–१ ले गोल अन्तरले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुवातमै १–० गोलले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको हो। खेलको १७ औं मिनेटमा लाओसका विङ्गर साङिभलेले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए। त्यस लगत्तै…
तीन महिनामा ७ पटक मन्त्रीमण्डल पनर्गठन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज (शुक्रबार) ३ महिनामै सातौं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। पहिलो चरणमा काँग्रेसबाट ४ जना मन्त्री बनेका छन्। आन्तरिक विवादका कारण काँग्रेसले…
आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ। निर्वाचन आयोगले आज (शुक्रवार) उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार उपचुनावका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका…
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आज (शुक्रबार)देखि शुरु भएको छ। देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ परिक्षा संचालन भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। देशभरका ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका ५ लाख…
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ। परीक्षा परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। चैत २९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८०…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक विभागका अनुसार २०७९ मंसीरमा देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज (शुक्रबार) सोल्टी होटलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्। कुल जनसंख्यामध्ये पुरुषको संख्या १ करोड…
पोखरामा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई नागरिक अभिनन्दनसहित रथारोहण गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा बराल ८० वर्ष पूरा भएको अवसरमा आज (शनिबार) उनको रथारोहणसहित अभिनन्दन गरिएको हो। कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो। पोखरामा जन्मिएर…
विगतमा जस्तै यो वर्ष पनि गोरखाको पालुङ्टारमा लिगलिगे साइकल दौडको आयोजना गरियो। आज (शनिबार) आयोजना गरिएको साइकल दौडमा करिब १०० जना साइक्लिस्टहरुले प्रतिस्पर्धा गरे। साइकल दौडमा भने ३ विधामा प्रतिस्पर्धा भएको थियो। मेन्स इलाइट, मेन्स मास्टर र स्थानीय गरेर सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए। करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेसमा सहभागी हुन व्यावसायिक साइकल रेस…