
नेपाल पुलिस क्लबले २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि जितेको छ। बुधबार भएको फाइनलमा न्यूडायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ। उपविजेता न्यूडायमण्डले १ लाख १११ नगद पुरस्कार पायो। फाइनलमा पुलिसले २५–१५, २५–१४ र…
२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिलाप/पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ न्यूडायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्। मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिसले विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ हराउँदै फाइनल पुगेको छ। प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएपनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पक्षमा…
केन्याविरुद्धको टी–२० शृंखलामा नेपाल विजयी बनेको छ। अन्तिम खेलमा ३१ रनको जित दर्ता गर्दै नेपालले शृंखलामा जित हासिल गरेको हो। पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृंखला जितेको हो। नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनायो। केन्याका लागि नेहेमिह…
आज भाद्र शुक्ल तृतीयाका दिन अर्थात हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज। आजको दिनबाट मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक…
मेरिगोल्ड बोर्डिङले लामाचौर तीज महोत्सवको अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको उपाधि जितेको छ। महोत्सव अन्तर्गत सोमबार सम्पन्न अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ प्रथ मबनेको हो। प्रतियोगितामा सूर्योदय बोर्डिङ दोस्रो र कास्की मोडर्नाइज्ड तेस्रो बन्यो। कुमुदिनी होम्स र बाल कल्याण सान्त्वना बने। प्रतियोगितामा १६ विद्यालयले सहभागिता थियो। अन्तर महिला तीज गीतमा इन्द्र राज्यलक्ष्मी मावि प्रथम, उपकार आमा समूह…
२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ। प्रतियोगितामा पुरुषतर्फ एपीएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएका छन्। समूह ‘बी’ मा रहेको बुटवलको मणिमुकुन्द भलिबल क्लब २ खेल हार्दै घर फर्कियो। समूह ‘ए’ बाट गण्डकी विजेता र समूह ‘बी’ बाट नेपाल पुलिस…
गत वैशाख ३० को स्थानीय चुनावमा पोखरा–८ बाट वडाध्यक्ष पदमा काँग्रेसकी उम्मेदवार शारदा गिरीले पार्टीभित्रका अन्तर्घातीहरुलाई कारवाही गर्न पार्टीसमक्ष माग गरेकी छन्। महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, महाधिवेशन प्रतिनिधि वीरेन्द्रनारायण विजुक्छे, निवर्तमान इकाई सभापति सुभाष सिग्देल, वर्तमान इकाई रमेशप्रसाद बराल, क्षत्रीय प्रतिनिधि गीता पंगेनी पौडेलसम्मलाई कारवाहीका…
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत आज (आइतबार) सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम…
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल संचालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गरेका छन्। पोखराको विकास सन्दर्भमा एक प्रेस नोट जारी गर्दै पौडेलले विमानस्थल भूमाफियाको कब्जामा जानबाट रोक्न र रंगीचंगी फूल, वनस्पति तथा हरियालीसहितको ‘बोटानिकल गार्डेन’ बनाउने कार्यमा अग्रसरता लिन पोखरा महानगरसँग आग्रह गरे। निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि…
पोखरा महानगरपालिका–१ बगरस्थित पुरानो टुडिखेलमा शुक्रबार अर्थात आज (शुक्रबार) देखि ऐतिहासिक तीज मेला सुरु हुदैछ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०७९ को अवसरमा इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउँदो १६ भदौसम्म चल्नेछ। मेलाको गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले उद्घाटन गर्नेछन्। उद्घाटनपूर्व…