Hero News »

साफ महिला च्याम्पियनसीप: घरमै उपाधि राख्छौं

नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्नेे बताएकी छिन्। काठमाण्डौमा आज (सोमवार) आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वरको दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उपाधि जित्नलाई प्रयास गर्ने बताइन्। नेपालले भोलि (मंगलवार) उद्घाटन खेलमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। नियमित कप्तान रेनुका नगरकोटी…

केन्याविरुद्धको एकदिवसीय श्रृंखलामा नेपालको क्लिन स्विप

घरेलु टोली केन्याविरुद्धको एकदिवसीय श्रृंखला नेपालले क्लिन स्विप गरेको छ। नेपालले यसअघि ५ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला ३–२ ले जितेको थियो। सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले श्रृंखला क्लिन स्विप गरेको हो। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट…

बागलुङ काँग्रेसबाट प्रतिनिधिसभातर्फ २० जना सिफारिस

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङले प्रतिनिधि सभा र प्रदेश सभाका लागि संभावित उम्मेदवादहरु सिफारिस गरेको छ। नेपाली काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्वर १ तर्फ १० जनाको नाम सिफारिस गरेको छ। त्यस्तै, प्रदेशसभा क्षेत्र नम्वर १ ‘क’ तर्फ १६ जनाको नाम सिफारिस गरेको बागलुङ काँग्रेस श्रोतले जनाएको छ। प्रतिनिधिसभातर्फ…

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई ‘आइएसओ’को प्रमाणपत्र

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जीपीटीए) ले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीका लागि सेवाकालीन तालिम सुरु गरेको छ। सातवटै प्रदेशमध्ये गण्डकीले पहिलोपटक यस्तो तालिम सुरु गरेको हो। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार उक्त तालिमको उद्घाटन गरेका छन्। मुख्यमन्त्री पोखरेलले उक्त अवसरमा प्रतिष्ठानले प्राप्त गरेको आइएसओ ९०००१: २०१५ को प्रमाणपत्र पनि सार्वजनिक गरे। प्रतिष्ठानले निश्चित…

किरण गुरुङले प्रदेश छाडे, प्रतिनिधिसभामा सिफारिस

नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङलाई तनहुँबाट प्रदेशसभा छाडेर प्रतिनिधिसभामा सिफारिस गरिएको छ। तनहुँ जिल्ला क्षेत्र नं २ एमालेको क्षेत्रीय कमिटी गुरुङलाई प्रतिनिधिसभाबाट सोही निर्वाचन क्षेत्रका लागि सिफारिस गरेको हो। यसअघि, गण्डकी प्रदेशका मन्त्री समेत रहेका गुरुङ स्वयंले यसपालीको प्रतिनिधिसभाको निर्वाचनमा ईच्छा देखाएको तनहुँ एमाले श्रोतले बताएको छ। यसअघि, मुख्यमन्त्री बन्ने मोहसहित गुरुङ तनहुँको…

तनहुँ १ मा एमालेबाट एकबहादुर राना सर्वसम्मत सिफारिस

आगामी मंसीर ४ गते हुने निर्वाचनमा तनहुँ–१ बाट नेकपा एमालेका एकबहादुर रानालाई सर्वसम्मत सिफारिस गरिएको छ । एमालेको तनहुँ –१ क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले रानामगरलाई सर्वसम्मतरुपमा उम्मेदवार बनाउने निर्णय गरेको तनहुँ एमाले श्रोतले बताएको छ । यस्तै, प्रदेशसभाका लागि तनहुँ –१ (क) बाट कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ…

तनहुँ–२ प्रदेशसभा (क) मा माओवादी केन्द्रबाट ७ जनाको दावी

आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँ–२ बाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका आकांक्षी उमेदवारबारे छलफल चलाइएको छ। हालैमात्र तनहुँको दुलेगौंडामा बसेको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभा क्षेत्र नं. २, क्षेत्रीय समन्वय समितिको बैठकले सम्भावित उमेदवारबारे छलफल चलाएको हो। बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ आशा कोइरालाले र समानुपातिकमा शम्भुबहादुर अधिकारीले उमेदवारी…

नेपालले केन्याविरुद्धको एक खेलअघि नै शृंखला जित्यो

दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ। नेपालले दिएको २ सय ३१ रन लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा २ सय १४ रनमा अलआउट बन्यो । केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा…

नवौं राष्ट्रिय खेलकुद: गण्डकीबाट फुटबलमा स्याङ्जा र नवलपुरको जित

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय महिला फुटबलमा स्याङ्जा र पुरुष फुटबल तर्फ नवलपुरले जितेको छ । पोखरा रंगशालाको बी ग्राउन्डमा सम्पन्न खेलमा स्याङ्जाले कास्कीलाई ५–० गोल गर्दै स्याङ्जाले जित निकालेको हो। स्याङ्जाको जितमा पुष्पा गुरुङले खेलको १२ औ मिनेटमा गोलको खाता खोलेकी थिइन्। त्यस्तै खेलको २२ औ मिनेटमा टिम क्यापटेन शुष्मा जिटीले…

नवौं राष्ट्रिय खेलकुद: आइटीएफ तेक्वान्दोमा बागलुङ टिम च्याम्पियन

प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बागलुङ जिल्ला टिम च्याम्पियन भएको छ। पोखरामा सम्पन्न प्रतियोगिताम बागलुङले १७ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरी टिम च्याम्पियन भएको हो। यसैगरी, तनहुँ ४ स्वर्ण, १ रजत र ३ कास्य सहित दोश्रो र स्याङजा ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेश्रो भएको छ।…