
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरिय एथलेटिक्समा ९ वटा स्वर्ण पदक जित्दै कास्की प्रथम भएको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न एथ्लेटिक्सको विभिन्न स्पर्धामा कूल ९ स्वर्ण पदक जित्दै कास्की प्रथम बनेको हो। प्रतियोगितामा कास्कीले ४ रजत र ३ कास्यपदक जितेको छ। त्यस्तै, गोरखाले ६ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै दोस्रो बन्यो।…
प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन बनेका छन्। पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङ्जालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। लिग खेलमा तनहुँसँग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्याङजासँग भेट पक्का…
गण्डकी प्रदेशस्तरिय तेक्वान्दो ग्योरोगीतर्फ कास्की टिम च्याम्पियन भएको छ। पोखरामा शनिबार सम्पन्न तेक्वान्दो पुम्सेतर्फ टिम च्याम्पियन र ग्योरोगीतर्फ उपविजेता हुँदै कास्की टिम च्याम्पियन भएको हो। ग्यारोगीतर्फ पुरुषका ८ वटा विभिन्नमध्ये ५४ केजी मुनी तौलमा तनहुँका संगम परियारले स्वर्ण, म्याग्दीका दिपेश पुर्जाले रजत, गोरखाका अमृत विश्वकर्मा र बागलुङका महेन्द्र विकले कास्य पदक प्राप्त गरे। ५८ केजी…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते छनोट प्रतियोगितामार्फत पुरुषतर्फ ७ र महिला तर्फ ५ जना गरी १२ खेलाडी छनोट भएका छन्। छनौट हुने खेलाडीहरूमा पुरूष कुमुतेको ४० के.जी. तौल समुहमा क्योकुशिन कान कराँते संघ कास्कीका अभिषेक तामाङ, ४५ के.जी.मा क्योकुशिन कान कराँते संघ बागलुङका नारायण बि.क., ५० के.जी.मा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन्। कूल ५ राउण्डमध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कूल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन्। यसैगरी, कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय बने। उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थपिएका छन् । मञ्चको शनिबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको चौधौं बैठकले यो निर्णय गरेको हो। मञ्चका महासचिव राजाराम पौडेलले दिएको जानकारी अनुसार सदस्य बन्नका लागि ३० जना पत्रकारले आवेदन दिएका थिए। उनीहरुमध्येबाट प्राप्त कागजातसहितको विवरण र सक्रियताको आधारमा १९ जना सदस्य छनोट गरिएको हो। जसमध्ये अनुप…
आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वास खेल्न गण्डकी प्रदेशबाट ७ जना खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार सम्पन्न खेलको आधारमा गण्डकी प्रदेशबाट पुरुषतर्फ ४ र महिलातर्फ ३ जना छनोट भएका हुन्। पुरुषतर्फ अमृत थापामगर (गोरखा), दीपक थापामगर (कास्की) र नवराज थापा (स्याङ्जा) छनोट भएका हुन्। पुरुषतर्फ र हिराकाजी श्रेष्ठ (कास्की) वैकल्पिक खेलाडीका…
प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत पोखरामा विभिन्न खेलकुद प्रतियोगिताहरु जारी छन्। बिहिबारबाट सुरु भएको प्रतियोगितामा १ दर्जन भन्दा वढीको अन्तिम नतिजा आइसकेको आयोजक प्रदेश खेलकुद परिषदले जनाएको छ। शुक्रबार एथलेटिक्स पुरुषतर्फ सम्पन्न ४०० मिटर दौडमा नवलपुरका नारायण चौधरीले स्वर्ण पदक हात पारे। उनले ५२.७० सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन्। त्यस्तै, लमजुङका विनित…
पोखरा महानगरपालिकाले आज (विहीबार) देखि व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले नि:शुल्क प्रयोग गर्ने गरी संचालनमा ल्याएको छ। पोखराको बजार क्षेत्रका महानगरले आजदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हो। पोखराको न्यूरोडस्थित सिटी स्क्वायर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले सो पार्टी प्यालेसको निजी शौचालयको उद्घाटन समेत गरे। महानगरले सार्वजनिक सूचना…
यही असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने आसन्न राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरिय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा आज (बिहिबार) बाट गण्डकी प्रदेशस्तरिय खेलकुद प्रतियोगिता सुरु भएको हो। लगातार भारी वर्षाका कारण प्रदेशस्तरिय प्रतियोगिताको उद्घाटन कार्यक्रम भने हुन सकेन। गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली…