Hero News »

यस सिजनमा दोस्रो पटक सगरमाथा चढेर अर्को रेकर्ड बनाउने कामीरिताको घोषणा

सोलुखुम्बु । कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने बताएका छन् । यस सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर अर्को नयाँ रेकर्ड बनाउने कामीरिताले बताएका छन् । अर्को हप्ता कामीरिताले पुनः दोस्रो आरोहण सफल बनाए भने उनको सगरमाथा आरोहण २४ पुग्नेछ । उनले आफैले बनाएको सगरमाथा आरोहणको अर्को रेकर्डलाई तोड्नेछन् । विश्वकै सर्वोच्च…

विश्व फुटबलर ओजिल मेसुटको सगरमाथा आधार शिविरमा चर्चा

पोखरा । वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन् । पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ । सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँछन् । यसै क्रममा चर्चित विश्व फुटबलर मेसुट ओजिलको जर्सीसमेत सगरमाथको आधार शिविरमा प्रदर्शन गरिएको…

सगरमाथा आरोहण : यसरी बनाइन्छ सर्वोच्च शिखर जाने बाटो

पोखरा । सगरमाथाको मुख्य प्रवेशद्वार नाम्चेस्थित सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने गरेको छ । त्यसभन्दा माथि आरोहीहरू स्वयंले बाटो बनाउँछन् । आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि गैरसरकारी संस्था एसपीसीसीले बाटो बनाउने दक्ष कामदारहरू खटाउने गरेको छ । यस पटक…

कीर्तिमानी कामिरिता शेर्पाको सगरमाथा आरोहणमा अर्को विश्व रेकर्ड

सोलुखुम्बु । कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखरमा सफल आरोहण गरेका छन् । यो सँगै कामिरिताले सगरमाथाको सर्वोच्च चुचुरोमा पुगेर आफ्नै कीर्तिमानलाई तोड्न सफलसमेत बनेका छन् । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा धेरै पटक पुग्ने व्यक्तिहरुमध्ये कामिरिताले आफूलाई अग्रस्थानमा राख्न सफल भएका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा…

१३ औं दक्षिण एशियाली खेलकुद ‘साग’को प्रतिक चिन्ह लोगो र म्यासकट सार्वजनिक

पोखरा । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को प्रतिक चिन्ह लोगो र म्यासकट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा लोगो र म्यासकट सार्वजनिक गरिएको थियो । सागको प्रतिक चिन्ह लोगोमा परेवा राखिएको छ भने म्यासकटमा कृष्णसार राखिएको छ । खुल्ला चित्र प्रतियोगिताबाट छानिएको लोगो र म्यासकट…

गण्डकी प्रदेशलाई इलाम आमन्त्रित पुरुष नकआउट भलिबलको उपाधि

पोखरा । गण्डकी प्रदेशले प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  इलाममा सम्पन्न फाइनल खेलमा झापा बिर्तामोडको विमान ट्रेडर्स भलिबल टिमलाई गण्डकीले २५–१७, २५–१३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । विजेता गण्डकीले १ लाख ५१ हजार र उपविजेता बिर्तामोडले ८१ हजार रुपैयाँ पाए । म्यान अफ…

आईपीएलको उपाधि मुम्बई इन्डियन्सले जित्यो

इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि उचालेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्यो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ । टस जितेर ब्याटिङ रोजेको मुम्बईले…

म्यानचेस्टर सिटीले जित्यो यस सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि जित्यो । प्रिमियर लिगको यो सिजनको अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो । योसँगै म्यानचेस्टर सिटी सन् २००९ यता लगातार दोस्रो पटक लिगको उपाधि जित्ने पहिलो टिम बनेको छ । खेलको २७ मिनेटमा ब्राइटनका लागि ग्लेन…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की कमिटी सदस्यहरुको सपथ ग्रहण

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीको सदस्यहरुले आइतबार सफथ लिएका छन् । कास्की कमिटीका १५५ जिल्ला सदस्यले सपथ लिएका हुन् । सपथ लिनेहरुमा साविक नेकपा एमालेका ८८ र माओवादी केन्द्रका ६७ जना छन् । पार्टीको गण्डकी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्यहरुले उनीहरुलाई सपथ गराएका हुन् । कार्यक्रममा…

संघीय संसदमा प्रस्तुत मिडियासम्बन्धी विधेयकप्रति काँग्रेसको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । काँग्रेसले उक्त विधेयकलाई फिर्ता लिन सरकारलाई बाध्य बनाउने चेतावनीसमेत दिएको छ । नेपाली काँग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले भने, ‘मिडियासम्बन्धी सरकारले ल्याएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी छ…