निर्वाचन–२०७९ »

गोरखा–२ को प्रदेशसभा (१) बाट नेपाल समाजवादीका देवकोटा निर्वाचित

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा निर्वाचित भएका छन्। गोलाकारभित्र हँसिया हँथौडा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका देवकोटाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजु रानालाई ७ हजार ००२ को मतान्तरले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका देवकोटाले १२…

गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा ‘प्रचण्ड’ विजयी

गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतसहित विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार ‘प्रचण्ड’ ले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीमाथि १३ हजार ४६६ को फरक मतान्तरले हराउँदै विजयी बनेका हुन्। मत गणनाको अन्तिम नतिजामा प्रचण्डले…

लमजुङ प्रदेशसभा (२) मा काँग्रेसका भेषबहादुर पौडेल निर्वाचित

लमजुङ जिल्लाको प्रदेशसभा (२) मा काँग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका पौडेलले नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद अधिकारीलाई ७५० को झिनो मतान्तरले हराउँदै विजयी बनेका हुन्। मतगणनाको अन्तिम नतिजामा पौडेलले १९ हजार ५६० मत ल्याउँदा अधिकारीले १८ हजार ८१० मत ल्याए।          

लमजुङ प्रदेशसभा (१) बाट काँग्रेसका डा टकराज विजयी

लमजुङ जिल्लाको प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका डा टकराज गुरुङ विजयी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका डा टकराजले नेकपा एमाले उम्मेदवार जमिन्द्रमान घलेलाई १ हजार १६९ को मतान्तरले हराएका हुन्। मतगणनाको अन्तिम नतिजामा डा टकराजले १८ हजार ५१४ मत ल्याउँदा जमिन्द्रमानले १७ हजार ३४५ मत प्राप्त गरे।          

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उपमहासचिव पृथ्वीसुब्बा विजयी

लमजुङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी बनेका छन्। पृथ्वीसुब्बाले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १९४ को फरक मतान्तरले हराउँदै जित निकालेका हुन्। मतगणनाको अन्तिम नतिजामा पृथ्वीसुब्बाले ३४ हजार ९८५ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका देव गुरुङले ३१ हजार ७९१ मत ल्याए।

पूर्वी नवलपुर–२, प्रदेशसभा (२) बाट एमालेका पाण्डे विजयी

नवलपुर (पूर्व) जिल्लाको निर्वाचन क्षेत्र नं २ को (२) बाट नेकपा एमालेका लक्ष्मणबहादुर पाण्डे विजयी बनेका छन्। पाण्डेले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का गोपालप्रसाद खनाललाई ४ हजार ०४६ को फरक मतान्तरले हराउँदै सो क्षेत्रबाट गण्डकी प्रदेश सभाका लागि सदस्यमा निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम नतिजामा पाण्डेले १८ हजार ८२२ मत ल्याएका छन् भने वाम…

पूर्वी नवलपुर–२ बाट प्रतिनिधिसभामा काँग्रेसका विष्णुकुमार कार्की निर्वाचित

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका विष्णुकुमार कार्की निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका भुर्तेलले नेकपा एमाले उम्मेदवार तिलबहादुर महत क्षत्रीलाई २ हजार ०२२ मतले हराउँदै सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधित्व गर्ने भएका हुन्। मतगणनाको अन्तिम नतिजामा कार्कीले ३६ हजार १३२ मत ल्याउँदा एमाले उम्मेदवार…

पूर्वी नवलपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा डा. शशांक निर्वाचित

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका डा शशांकले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद पौडेलमाथि २ हजार २० मतले जित निकालेका हुन्। मतगणनाको अन्तिम नतिजामा डा शशांकले २० हजार ०६७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले २५…

पूर्वी नवलपुर–१ को (२) बाट एमालेका रोसन गाहा विजयी

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) बाट नेकपा एमालेका रोसनबहादुर गाहा थापा विजयी बनेका छन्। रोसनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का लोकप्रसाद भुर्तेलमाथि ३ हजार ७१३ को फराकिलो मतान्तरले हराउँदै विजयी बनेका हुन्। मतगणनाको अन्तिम नतिजामा रोसनले १७ हजार ८२३ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका भुर्तेलले १४…

पूर्वी नवलपुर–१ को प्रदेशसभा (१) बाट महेन्द्रध्वज जिसी विजयी

नवलपुर (पूर्व) को निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका महेन्द्रध्वज जिसी विजयी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका जिसीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्र अधिकारीमाथि १ हजार १५० को मतान्तरले जित निकालेका हुन्। मतगणनाको अन्तिम नतिजामा जिसीले १५ हजार १३७ मत ल्याउँदा अधिकारीले १३ हजार ९८७ मत ल्याए।  …