देश-समाज »

८ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हालेका छन्। यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने छन्। अर्थमन्त्री पौडेलले यसअघि…

नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (सोमबार) प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू के.पी. शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित थिए। नवनियुक्त प्रधानमन्त्री दाहालले दौरा सुरुवालमा शपथ लिएका छन्। तेस्रो पटक प्रधानमन्त्री भएका दाहाल…

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मंसीर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा कुनैपनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि २ वा २ भन्दा बढी…

प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी पेस गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यक्ष प्रचण्डले सो दाबी पेस गरेको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्डले एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी ७ दलको सहमतिमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। यस्तै,…

‘क्रिसमस डे’, क्रिश्चियन धर्मालम्बीले धुमधामसँग ‘इभ’ मनाउँदै

आज अंग्रेजी क्यालेन्डर डिसेम्बर महिनाको २५ तारिक अर्थात ‘क्रिसमस डे’। क्रिश्चियन धर्मालम्बीले आज धुमधामसँग ‘क्रिसमस डे’ को ‘इभ’ मनाउँदैछन्। उज्यालो बत्ती, उपहार र उल्लासका साथ मनाइने यो चाडका अवसरमा नेपालमा सार्वजनिक बिदा दिइएको छ। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन्। २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या…

पोखरामा मेलमिलापकर्तालाई आधारभूत तालिम

पोखरा महानगरपालिकाभित्र मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी तालिम सुरु गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले मुद्दा, मामिलामा जान पर्ने अवस्था आउन नदिनेगरी स्थानीय तहमा विवाद समाधान गर्न सके नागरिकलाई सहज हुने औंल्याए। उनले मेलमिलापकर्ताको कानूनी व्यवस्था भएको जनाउँदै मेलमिलापकर्ताले मध्यस्थकर्ताको भूमिका खेलेर विवाद समाधानमा भूमिका खेल्नुपर्नेमा…

१० औं संस्करणको लिटरेचर फेस्टिभल पोखरामा सुरु

पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। पोखराको लेकसाइडस्थित बाराहीघाटमा सुरु भएको फेस्टिभलमा करिब २ सय वक्ता र हजारौंको संख्यामा सहभागीहरु रहनेछन्। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेस्टिभलको उद्घाटन गरे। आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए। सधैँ साथ दिन तयार रहेको उनको प्रतिबद्धता थियो। आचार्यले भने, ‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर…

स्वतन्त्र स्तम्भकार पन्तका ‘आस्थाका आवाज’ पुस्तक विमोचन

स्वतन्त्र स्तम्भकार एवं राजनीतिक विश्लेषक भूपनिधि पन्तका ‘आस्थाका आवाज’ पुस्तकको एक कार्यक्रमबीच पोखरामा विमोचन गरिएको छ। वरिष्ठ साहित्यकार सरुभक्त, पत्रकार कृष्णप्रसाद बास्तोला प्राडा विष्णुप्रसाद पौडेललगायतले आज (बिहीबार) पुस्तकको संयुक्त विमोचन गरेका हुन्। ‘आस्थाका आवाज’ पुस्तक जनआस्था साप्ताहिक पत्रिकामा वि.स. २०५२ देखि २०५८ सम्म पन्तले लेखेका नियमित स्तम्भका लेखहरुको संग्रहित पुस्तक हो। जनआस्था साप्ताहिकको अग्रपृष्ठमा नियमित…

पत्रकार ‘सल्यानी’लाई युआरएल पत्रकारिता पुरस्कार

यस वर्षको युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट ‘सल्यानी’लाई प्रदान गरिने भएको छ। गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारराशी नगद २० हजार र ताम्रपत्र छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट…

गोरखामा पृथ्वीनारायण शाहकालीन परेको तयारी

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको औंल्याएका छन्। गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एकहप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई सम्बोधन गर्दै रानामगरले यस्तो बताएका हुन्। यस्तै, अन्तर्गत आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिनेगरी परेड आरम्भ गरिने जानकारी पनि उनले दिए। यस्तो परेड साँझअघि हरेक दिन संचालन…