देश-समाज »

नेपालको ७१ जिल्लामा फैलियो कोरोना संक्रमण, अब कोरोनासम्बन्धी मिडिया ब्रिफिङका लागि डा. जागेश्वर गौतम

पोखरा । नेपालको ७१ जिल्लामा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टमा उल्लेख छ । मन्त्रालयको रिपोर्टअनुसार ७७ जिल्लामा आइतबारसम्म ७१ जिल्लाका नेपाली कोरोनाको संक्रमणमा परिसकेका छन् । विश्वव्यपापीरूपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा कोरोना संक्रमितको संख्या २ सय १३ जना थपिएको छ । कोरोना संक्रमित कुल संख्या ३ हजार ४ सय…

आइतबारदेखि मालपोत कार्यलयहरु खोल्न भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन

पोखरा । देशभरका भूमिसुधार र मालपोत कार्यालय आइतबार (भोली)देखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर लकडाउनले प्रभावित सबै मालपोत कार्यलयहरु आइतबारदेखि निर्देशन दिएको हो । सेवाग्राहीको आग्रह भइरहेको भन्दै कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न निर्देशनमा भनेको छ । विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक…

कोरोना भाइरसबाट नेपालमा ११ जनाको मृत्यु, संक्रमित संख्या २ हजार ९ सय १२

पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको सख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार दिएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार (२२ गते) मृत्यु भएका सुर्खेतका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको जानकारी दिए । प्रवक्ता डा देवकोटाले दिएको जानकारी अनुसार मृतक पुरुष यही…

देशको अधिकांश स्थानहरुमा लगातार वर्षा, बाढीको सम्भावना रहेकाले सतर्क रहन सुझाव

पोखरा । केही स्थानबाहेक शुक्रबार बिहानैदेखि देशैभरजसो वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ७ः२५ बजे गण्डकी प्रदेश लगायत काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, र २ सबै क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै प्रदेश ५ को दाङदेखि पूर्व वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको…

नेपालमा एकै दिन ३३४ जनामा देखियो कोरोना संक्रमित, हालसम्म १० को मृत्यु, संक्रमितको संख्या २ हजार ६ सय ३४

पोखरा । केही दिन यतादेखि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । केही दिन यतादेखि संक्रमितको संख्यामा उच्च वृद्धि भएपनि बिहीबार अहिलेसम्मकै धेरैमा संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

कोरोना नियन्त्रणको लागि हालसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च

पोखरा । कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा…

नेपालको ६१ जिल्लामा कोरोना देखियो, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका स्याङ्जा र पर्वत जिल्लामा समेत ५/५ जना संक्रमित थपिए

पोखरा । पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २७० जना पुरुष १८ जना पहिला छन् । संक्रमित जिल्लाको सूचीमा प्यूठान…

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत, समन्यायिक, समतामूलक समाज निर्माणमा सरकार प्रतिबद्ध

पोखरा । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दलका नेतालगायतले स्वागत गरेका थिए । नीति तथा कार्यक्रमको प्रारम्भमा…

पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘ईच्छुक’को पोखरामा १८ औं स्मृति दिवस मनाइयो

पोखरा । पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन (ईच्छुक)लाई मंगलबार पोखरामा स्मरण गरिएको छ । प्रेस संगठन नेपाल कास्कीले ईच्छुकको १८ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम आयोजना गरी सहिद ईच्छुकप्रति श्रद्धासुमन अर्पण गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले ईच्छुकले जहिलेपनि जनपक्षिय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षीय पत्रकारिताको खाँचो औँल्याए ।…

नेपालमा एकै दिन मंगलबार ९० जना कोरोना संक्रमित थपिए, गण्डकी प्रदेशमा समेत थप २ जना नयाँ कोरोना संक्रमित

पोखरा । कोरोना भाइरसबाट मंगलबार थप ९० जना संक्रमित थपिएका छन् । कोरोनाको संक्रमितसँगै नेपालमा अब कूल संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार थप ९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिएका छन् । प्रवक्ता डा देवकोटाका अनुसार…