गण्डकी प्रदेश »

प्रधान सेनापति कप राष्ट्रिय भलिबलमा गण्डकी प्रदेश सेमिफाइनल पुग्यो

पोखरा । राजधानीमा जारी चौथो संस्करणको प्र्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ । गण्डकीले खेलेको चार खेलमध्ये ३ खेलमा जित र एक खेल हारेपनि सेमिफाइनल पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएपनि गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले ४ खेलबाट ९ अंक नै जोडेको छ ।…

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो हार

पोखरा । विभागीय टिम एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विभागीय एपीएफसँग ६ विकेटले हारेको छ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा गण्डकी प्रदेशमाथि ६ विकेटले पराजित गरेसँगै लगातार तीन जितसहित एपीएफले सेमिफाइनलमा स्थान बनाएको छ । गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले २३…

गण्डकी प्रदेशलाई इलाम आमन्त्रित पुरुष नकआउट भलिबलको उपाधि

पोखरा । गण्डकी प्रदेशले प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  इलाममा सम्पन्न फाइनल खेलमा झापा बिर्तामोडको विमान ट्रेडर्स भलिबल टिमलाई गण्डकीले २५–१७, २५–१३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । विजेता गण्डकीले १ लाख ५१ हजार र उपविजेता बिर्तामोडले ८१ हजार रुपैयाँ पाए । म्यान अफ…

संस्कार र शैलीमा परिवर्तन आवश्यक रहेको गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टिप्पणी

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कार र शैलीमा परिवर्तन आवश्यक रहेको औंल्याएका छन् । संस्कार बदल्न सचेत समाज र नागरिकहरुको अभियान आवश्यक रहेको उनको भनाई थियो । संवैधानिक र परिमार्जित कानुनहरुको ज्ञान सवै नागरिकहरुमा हुनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए । ‘महिला हिंशा न्युनिकरण, मानव अधिकारको संरक्षण एवं नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियानको…

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको विधेयकलाई गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरद्धारा प्रमाणिकरण

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले विहीबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभाको बैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सोही…

गण्डकी प्रदेशभित्र १ लाख ६ सय ८८ उद्योगहरु संचालन, ति उद्योगबाट ३ लाख ४१ हजार ८ सय १८ जनालाई प्रत्यक्ष रोजगारी

पोखरा । गण्डकी प्रदेशभित्र १ लाख ६ सय ८८ उद्योगहरु संचालनमा छन् । ति उद्योगहरुमा ३ लाख ४१ ह्जार ८ सय १८ जनाले रोजगारी पाएको पोखरामा आइतबार आयोजित एक अन्तरक्रियामा बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा आइतबार…

नागरिक संघ, संगठनप्रति गण्डकी प्रदेश सरकार सकरात्मक छ : मन्त्री चुमान

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले खराब नागरिक संगठनहरुलाई हटाउन वा नियन्त्रण गर्न सकेमात्रै राम्रालाई संरक्षण गर्न सकिने औंल्याएका छन् । इन्सेकको आयोजनामा पोखरामा भएको नागरिक संगठनका संवैधानिक अधिकार विषयक संवाद कार्यक्रममा बोल्दै मन्त्री चुमानले भने, ‘सही नागरिक संघ संगठनहरुलाई संरक्षण गर्न सरकार सचेत छ । नागरिक अगुवा र संस्थाप्रति प्रदेश…

५ बुँदे पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरको मिडिया सम्मेलन सकियो

पोखरा । मिडियामैत्री कानून निर्माणको मागसहित ५ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरिय मिडिया सम्मेलन सम्पन्न भएको छ । शुक्रबार शुरु सम्मेलन शनिबार सकिएको हो । मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गरेको छ । प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप लगायतको गतिविधिलाई तत्काल रोक्न आग्रह गरिएको छ । समाचार लेखेकै आधारमा…

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा नयाँ वर्षको शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा नयाँ वर्ष २०७६ को शुभकामना सन्देश दिएका छन् । नयाँ वर्षको उपलक्ष्यमा मुख्यमन्त्री गुरुङले शुभकामना सन्देश दिदैं स्वदेश तथा विदेशमा रहेका संपूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा सुख, शान्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् । । गण्डकी प्रदेश सरकारका लागि २०७५ साल विभिन्न चुनौतीका बाबजुद मूलतः गण्डकी…

गण्डकी प्रदेश प्रमुख बाबुराम कु्ँवरद्वारा नयाँ वर्षको शुभकामना

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कु्ँवरले खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने नयाँ वर्षले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व बोकेको बताएका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दैै प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् । ‘नेपाल सरकारले नयाँ वर्षलाई विशेष महत्व दिएर सार्वजनिक विदा घोषणा गरेको छ…