
प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ। काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने, अनुमति नलिने १८३ अनलाइन संचार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो। कारबाहीमा परेकामध्ये १४३ संचार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख…
नेपाल पश्चिम एसियाली फुटबल फेडेरेशन (वाफ) च्याम्पियनसीप महिला फुटबलको फाइनलमा पुगेको छ। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा मंगलबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालका लागि प्रिती राईले खेलको ९५ औँ मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी हुन्। यसअघि, नेपालका लागि…
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन भोलि (बुधबार)देखि सुरु हुँदैछ। भोलि दिउँसो २ बजे प्रदेश सभा बैठक सुरु हुँदैछ। हिउँदे अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसंचार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुँदैछ। यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार…
नेपालले वाफ वुमन्स च्याम्पियनसीप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेको छ। शनिबार राति साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराउँदै समूह विजेता बनेको हो। खेलमा सावित्रा भण्डारीले २ तथा रेखा पौडेल र गीता रानाले १/१ गोल गरे। खेलको ४२ औँ मिनेटमा सावित्राले रेखा…
लामागाउँ गुम्बा एफसी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबलको च्याम्पियन बनेको छ। बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न पोखरा महानगरपालिका–१ पुरानो टुंडिखेलमा बिहीबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो। उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड…
नेपालले वाफ वुमेन्स च्याम्पियनसीप २०२३ मा इराकलाई ५–० ले पराजित गरेको छ। सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकसहित ५ गोलको मद्दतले नेपालले इराकमाथि सहज जित निकाल्यो। प्रतियोगिताको समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियाको जेद्दामा भएको खेलमा यो सजिलो जित निकालेको हो। नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल संख्या कीर्तिमान ५० पुगेको छ। नेपालका…
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ‘लिजा’ मा पोखरा महानगरपालिकाको अंकमा सुधार आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्वमूल्यांकनमा पोखरा महानगरपालिकाले ८५.५ अंक प्राप्त गरेको छ। जुन आर्थिक वर्ष २०७८/०७९ भन्दा १६ अंकले बढी हो। त्यतिबेला, पोखरालाई ६९.७५ अंक मात्र मिलेको थियो। स्थानीय तहले कसरी काम गरिरहेका छन्…
गण्डकी प्रदेशको टोलीले छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि जितेको छ। बुधबार नवलपुरमा भएको फाइनल खेलमा २८ विगाहालाई हराउँदै गण्डकी प्रदेशले उपाधि उचालेको हो। फाइनल खेलमा गण्डकीले २८ विगाहामाथि २–१ को रोमाञ्चक जित दर्ता गर्यो। खेलमा अग्रता गण्डकीले ४८ औं मिनेटमा मुकुन्द न्युरेको गोलमार्फत लिएको थियो। उनले ५६ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै…
२०२४ को वेस्ट एसियन फुटबल फेडरेसन च्याम्पियनसीपमा नेपाली महिला फुटबल टोलीले सिरियामाथि शानदार जीत हासिल गरेको छ। मंगलबार साउदी अरबमा भएको खेलमा ४–१ गोलअन्तरले नेपाल विजयी बनेको हो । नेपालको जीतमा अमिशा कार्की, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा पौडेलले १/१ गोल गरे। अमिशाले खेलको १० औँ मिनेटमा नेपाललाई अग्रता दिलाइन्। १३ औँ मिनेटमा अनिताले…
पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ। साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका ५ संस्थाको ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त पार्क सोमबार पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो। उक्त पार्कमा संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियसहित १९७…