
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई ‘हिम डमरु’ को उपाधिले सम्मान गरिएको छ। साहित्यिक पत्रकार संघले काउन्सिल अध्यक्ष बस्नेतलाई बिहीबार सो उपाधिले सम्मान गरेको हो। हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै संघले बस्नेतलाई सम्मान गरेको हो। बरिष्ठ साहित्यकार रोचक घिमिरे, बरिष्ठ कलाकार…
नेपाली काँग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । काँग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले रिटमा सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने कार्य असंवैधानिक भएको दाबी गरेका छन्। सभामुख तटस्थ व्यक्ति भएकाले कुनैपनि दलका लागि बहुमत नपुग्ने जिकिर रिटमा गरिएको…
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित २ विभागीय मन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’को समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका हुन्। अधिकारीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता…
खगराज अधिकारी गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेशस्थित नेकपा (एमाले) का संसदीय दलका नेता अधिकारीले आइतबार मात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यसपछि, प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न भन्दै…
नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा पारस गैरे निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्। चैत २३ गते भएको निर्वाचनमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। । माओवादी केन्द्रका नेता रामबहादुर थापासँगै एमालेमा प्रवेश गरेका गैरे यस पटक नेकपा एमाले स्याङ्जाका अध्यक्ष बनेका हुन्। केन्द्रीय उपमहासचिव पृथ्बीसुब्बा गुरुङको साथ पाएपछि उनी निर्विरोध निर्वाचित…
क्रिकेटर करण केसी सातौं संस्करणको पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडी बनेका छन्। खेलकुद पत्रकार मञ्च, गण्डकीले आज (शनिबार) पोखरा सभागृहमा क्रिकेटर करणलाई उत्कृष्ट वर्ष खेलाडीको अवार्ड प्रदान गरेको हो। करणले टेल्जी इलेक्ट्रिकल मोटरसाइकल र वर्ष उत्कृष्ट पुरुषतर्फको ट्रफीसहितको अवार्ड प्राप्त गरेका हुन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले अवार्ड प्रदान…
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई ७ दिनको समय दिएका छन्। प्रदेश प्रमुख भट्टले २७ चैतभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमतसहित प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन्। सो दिन दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाउनुभएको हो । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनपर्ने भएपनि पाण्डेले त्यसो…
आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’ अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ। मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन्। भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए। यसअघि, आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग…
नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनबाट राजकुमार विष्ट अध्यक्षमा निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी कृष्णप्रसाद अधिकारीलाई ८९ मतले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन्। कूल ५ सय ६ मत खसेकोमा विष्टले २ सय ८८ मत ल्याए। अधिकारीले १ सय ९९ मत प्राप्त गरे। उपाध्यक्षमा शुभाष पौडेललाई ५ मतले हराउँदै जितबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङले २…