
नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले महासमिति बैठक बहिष्कार गरेको छ। काँग्रेसको महासमिति बैठकप्रति आपत्ति जनाउँदै युनियनका तर्फबाट हुने प्रतिनिधित्वबारे गंभीर ध्यानाकर्षणसमेत गराएको छ। युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत् युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन्। ‘काँग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका…
संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन्। सोमवार राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले संविधानले अख्तियार गरेअनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजान सरकार प्रतिवद्ध…
सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ। आइतबार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट लागू गरिएको बताएको हो। पत्रकार सम्मेलनमा विभागले सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवा प्रदायकहरुले पूर्ण रुपमा लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ। सरकारले इन्टरनेट तथा टेलिभिजन हेर्ने ग्राहकहरुलाई सहुलियत दिनेगरी ग्राहकले चाहेको टेलिभिजन…
तीन केन्याली धावकले १८ औं संस्करणको सफल पोखरा म्याराथन जितेका छन्। केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन्। वाहोमलले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उपाधि जिते। उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। अघिल्लो वर्ष उनी उपविजेता भएका थिए। दोस्रो र तेस्रो उपाधि पनि केन्याकै इसाक…
गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा १० जना कर्मचारीलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। सर्वाेत्कृष्ट,उत्कृष्ट र निजामति पुरस्कारबाट उनीहरु पुरस्कृत हुँदैछन्। यस वर्षको सर्वाेत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीले पाउँदैछन्। १ लाख राशी र सम्मानपत्रसहितको सर्वाेत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्राप्त गर्ने रेग्मी बागलुङका हुन्। खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएका रेग्मी…
गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पोखराको सहिदचोकदेखि गण्डकी प्रदेश कार्यालयसम्म नेपाल प्रहरीको व्याण्ड बाजासहित विभिन्न जनजातिका झाँकी निकाल्यो। झाँकीमा प्रदेश सरकारका मन्त्री, सांसद, निजामती कर्मचारी, एवं विभिन्न सामाजिक संघसंस्थाको सहभागिता थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजित मूल समारोह कार्यक्रममा बोल्दै संघीयतालाई सफल बनाउन आग्रह गरे।…
पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै ठाउँमा जुटाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको उल्लेख गरे। उनले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका…
पोखरा महानगरपालिकाको १४ औँ नगरसभा आइतबार सम्पन्न भएको छ। नगर सभाले विभिन्न विधेयक तथा प्रतिवेदनहरू पास गरेको छ। त्यस्तै, केही महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बालअधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पास…
सामाजिक संजालले पत्रकारितामा पारेको प्रभावका विषयमा प्रेस काउन्सिल नेपालले ‘सम्पादक सम्वाद’ को आयोजना गर्यो। सम्वादमा संचारका विज्ञहरुले युट्युबसहित सामाजिक सञ्जालको पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने धारणा राखे । शुक्रबार आयोजना गरेको सम्पादक सम्वादका सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउन सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाउनुपर्ने सुझाव समेत राखे। सहभागी सम्पादकहरुले सूचना प्रविधिमा आएको परिवर्तनसँगै…
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको छ। चालू आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए। ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ,’ उनले भने,…