
स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ। सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ। बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ। विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य…
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्न व्यवस्था मिलाउन लागिएको जनाएको छ। आज (शुक्रबार) आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न ५ विषयमाथि छलफल भएको छ। बैठकमा राजनीतिक दलसँग आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन प्रारम्भ गर्ने विषयमा पनि छलफल भएको जनाएको छ।…
मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ। नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका २ र पूर्वका ३ जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ। ती जिल्लामा ४१ डिग्री…
भारतमा हुने साफ च्याम्पियनसीपका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनसीपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ छन्। यस्तै, डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा छन्। मिडफिल्डरमा पुजन…
प्रदेशभित्रका शैक्षिक संस्थाबाट संचालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय र निजी शैक्षिक संस्थाबाट संचालन गरिने विषयमा एकद्वार प्रणालीमार्फत प्राविधिक शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न छाता ऐन बनाइने भएको छ। अतिविपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, जेहेन्दार, द्वन्द्वपीडित र सहिद परिवारका सन्तति लक्षित समूहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार…
पोखरामा आयोजित ३ दिने खेल पत्रकारिता तालिम आज (शुक्रबार) सकिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिम कार्यक्रमको समापनमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्ने बताए। ‘सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्छ’ उनले भने। तालिमको आयोजनाको कारण पत्रकारको क्षमता अभिवृद्धि हुने बताउँदै उनले तालिममा…
पोखरामा बुधबारबाट खेल पत्रकारितासम्बन्धी तालिम सुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन्। नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारको क्षमता अभिविृद्धि गर्ने खालका कार्यक्रममा आफ्नोतर्फबाट सहयोग रहने बताइन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले…
भारतले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्यो। एकपक्षीय प्रदर्शन गरेको भारतले २५–१५, २५–२२, २५–१८ को नजिता निकालेको थियो। यसअघि, तेस्रो स्थानका लागि भएको खेलमा साबिक विजेता नेपालले उज्बेकिस्तानलाई…
एनएससी काभा महिला महिला भलिबल च्याम्पियनसीप प्रतियोगितामा घरेलु नेपाली टोली तेस्रो स्थानमा खुम्चिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टोली नेपाल च्याम्पियनसीपमा तेस्रो बनेको हो। पहिलो सेटमा लय गुमाएको नेपालले त्यसपछिको सेटमा उत्कृष्ट पुनरागमन गर्दै उज्वेकिस्तानलाई पहिलो सेट २५–२० दोस्रो सेट २५–१६ को…
प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस काठमाडौंमा सुरु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिकामा आज (शनिबार)देखि सुरु भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतबारसम्म चल्नेछ। साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्। साधारण सभा तथा स्मृति दिवसमा प्रेस…