समाचार »

करिशमाले राजनीति छाडेको घोषणा गरिन्

पोखरा । अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेको घोषणा गरेकी छिन् । करिश्माले हालै मात्र आफू उक्त पार्टीमा नरहने घोषणा गरेकी हुन् । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपछि करिश्मा निष्क्रिय जस्तै थिइन् । एसइई परिक्षा दिएर फुर्सदमा रहेकी करिश्माले एकाएक…

विभागीय त्रिभुवन आर्मी क्लब पुरुष भलिबल टोलीका कप्तान मानबहादुर टिममा फर्किए

पोखरा । विभागीय त्रिभुवन आर्मी क्लबको पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ विभागीय कारवाहीपछि टोलीमा फर्किएका छन् । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका स्टार स्पाइकरसमेत रहेका मानबहादुरले नेपाली सेनाको आयोजनामा हुने चौथो प्रधानसेनापति कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा पुनरागमन गर्दैछन् । प्रधानसेनापति भलिबल १९ जेठबाट २३ जेठसम्म लगनखेलमा आयोजना हुँदैछ । स्वीकृतिविनै मैत्रीपुर्ण खेल खेल्न…

प्रधानमन्त्री कप क्रिकेटको पहिलो खेलमै गण्डकी को हार, त्रिभुवन आर्मी सेमिफाइनलमा

पोखरा । गण्डकी प्रदेशले प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा ७ विकेटले हार व्यहोरेको छ । पारस खड्का कप्तान रहेको प्रदेश ३ ले मंगलबार गण्डकीलाई पराजित गरेको हो । जितसँगै प्रदेश ३ ले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा एपीएफसँग ४१ रनले पराजित भएको प्रदेश ३ ले सोमबार प्रदेश ५ लाई ६…

मन पर्ने खेलाडी छान्ने मौका, एक दिनमा एक भोट 

पोखरा । टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ अन्तर्गत वर्ष चर्चित खेलाडी छान्न भोटिङ खुला भएको छ । चौथो संस्करणबाट दर्शकको छनौटको आधारमा ‘पपुलर प्लेयर अफ दि इयर’ घोषणा गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी निर्णय अनुसार ठीक १० दिन अघिबाट भोटिङ खुला भएको हो । विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी…

घाटु संस्कृति : फोटो फिचर

तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाच्छासम्म जोड्ने मिलेनियम पदमार्गमा गुरुङ समुदायको घाटु प्रदर्शन । ७२ किलोमिटरको उक्त पदमार्ग गर्ने पदयात्रीहरुले उक्त क्षेत्रमा घाटुमात्र होइन, सोरठी, यानीमाया र ब्राह्मण क्षत्रीहरुको बालन संस्कृतिको समेत संरक्षण गरिएको छ । तस्वीर : एजेन्सी

अनिश र विश्वरुपाले जिते कान्तिपुर हाफ म्याराथनको उपाधि

काठमाडौं । अनिश थापा मगर र विश्वरुपा बुढाले कान्तिपुर हाफ म्याराथनको उपाधि हात पारेका छन् । कान्तिपुर पब्लिकेसनद्वारा शनिबार आयोजित नवौं संस्करणको उक्त प्रतियोगिताअन्तर्गत पुरुष स्पर्धामा अनिशले निर्धारित दुरी १ घण्टा ८ दशमलव ४ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । उपाधिसहित उनले रु ५० हजारसहित डुएटको स्कूटर प्राप्त गरे । त्यस्तै, महिला स्पर्धामा प्रथम…

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश ३ माथि ४१ रनले एपीएफको जित

पोखरा । एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले प्रदेश नं ३ लाई ४१ रनले हरायो । प्रदेश ३ का ज्ञानेन्द्र मल्लले शतक बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको…

टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक

पोखरा । टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो । त्यस्तै, मञ्चले यसपालि लाइफटाइम अचिभ मेन्ट अवार्ड चित्रबहादुर…

महको ‘दाल भात तरकारी’को ६ करोड भन्दा माथि कमाई

पोखरा । गएको वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले ६ करोड भन्दा माथि कमाएको बताइएको छ । काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको छ । त्यस्तै चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ…

छैटौं पटक युरोपियन गोल्डेन बुट जितेर फुटबलमा थप नयाँ रेकर्ड बनाउने दाउमा छन् मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलमा धेरै कीर्तिमान बनाएका छन् । जुन कीर्तिमानहरु तोड्न अरु फुटबलरहरुलाई निकै कठिन र समय लाग्नेछ । अर्जेन्टिनाका मेस्सीले फुटबलमा बनाएको कीर्तिमान सायद कमै होला । सधै कीर्तिमानको होडमा हुने मेस्सी पुनः अर्को कीर्तिमान नजिक पुगेका छन् । मेस्सी यस सिजनको युरोपियन ‘गोल्डेन शु’ को अवार्ड नजिक पुगेका…