
सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो। एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो। लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनीय खेल प्रस्तुत गर्न सकेनन्। लुम्बिनीलाई…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार वालिङको फुटबल मैदानमा भएको महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एपीएफ क्लब विजयी भएको छ। एपीएफले आयोजक गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो। खेलको दोस्रो मिनेटमा एपीएफकी रञ्जना दर्जीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। खेलको छैठौ मिनेटमा अनिता केसीले आफ्नो टिमको लागि गोल…
तनहुँमा भएको महिला बास्केटबल प्रतियोगिताको सेमीफाइनल खेल भोलि (मंगलबार) हुने भएको छ। लिग चरणमा खेलाइएको प्रतियोगितामा फुल कोर्ट र थ्री बाइ थ्री बाट ४/४ समुह छनोट भएका छन्। फुलकोर्टतर्फ महिला बास्केटबलको पहिलो सेमीफाइनल खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। यसैगरी, थ्री बाइ थ्रीको पहिलो…
नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ। दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन्। यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए। टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण…
प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार–२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ । पूर्णप्रसाद बराल तथा मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिसअनुसार युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो। युनियन कास्कीका सल्लाहकार रविन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो। समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल…
नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेसँगै त्यसको विरोध र आलोचना सुरु भएको छ। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ खेलमा सहभागी नेपाली आर्मीका निसिम थापाको दुर्घटनामा परि शनिबार ज्यान गएको थियो। सोही दुर्घटनाको केही समयलगत्तै क्यानले देशभरि…
सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिने तयारी दिएको छ। आइतबार संस्कृतिविद सत्यमोहन जोशीको निधन भएको शोकमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको हो। गृह मन्त्रालयले आज (सोमबार) एक विज्ञप्ति जारी गरी १ कार्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो। उनको निधनको शोकमा…
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सुर्यबहादुर खत्रीले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा आइतबार भएको खेलमा सूर्यले हाइजम्पमा १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन्। बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई जम्प गर्दै रजत पदक र नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर उचाई जम्प गर्दै कास्य पदक…
शताब्दी पुरुष सत्यमोहन जोशीको शव अस्पताललाई जिम्मा लगाइयो शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर जलाइएन। ललितपुरको ग्वार्को इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि जिम्मा लगाइएको छ। जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शव नजलाइने भएको हो। जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए।…
प्याराग्लाइडिङ खेलाडी निसिम थापामगरको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीले दु:ख व्यक्त गरेको छ। नेपाल आर्मीका खेलाडी २६ वर्षिय निसिमको आइतबार प्रतिस्पर्धाका क्रममा निधन भएको थियो। प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ र कार्यवाहक सदस्य सचिव घनश्याम भुसालले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धी प्याराग्लाइड्रि दुर्घटनामा परी निसिमकामे निधनप्रति प्रदेश खेलकुद मर्माहत एवं स्तव्ध…