
पोखरा–जोमसोम उडानको क्रममा यही जेठ १५ गते भएको तारा एयरको जहाज दुर्घटनाप्रति होटल संघ पोखरा, नेपालले दुःख व्यक्त गरेको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी दुर्घटनाको क्रममा यात्रु र चालक दलका सदस्य सहित ज्यान गुमाएका २२ जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रटक गरेका छन्। तारा एयरको…
धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन्। उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन्। सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमार्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन्। यो नम्बर मेयर हमालसँगै हुनेछ। हमालले विकास निर्माणको काममा…
सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले स्थानीय तहको कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन कायम गर्न निर्देशन दिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको बैठकले गठबन्धन दलका प्रदेश र जिल्लास्तरीय समितिलाई यस्तो निर्देशन दिएको हो। बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…
उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी बनेको छ। मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा काँग्रेसका वसन्तकुमार बस्नेत विजयी बनेका छन्। उनले १३ हजार ९५९ मत प्राप्त गर्दै विजय हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकी महेश्वरी राईले १३ हजार ७०३…
नव प्रवेशी गुजरात टाइटन्सले पहिलो सिजनमै इण्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन बनेको छ। आइतबार राति भएको खेलमा गुजरातले राजस्थानलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो। राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। शुभमल गिल ४५ र डेविट मिलर ३२ रनमा नटआउट रहे। गिलले ४३ बलमा ३…
तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाण्डौं लगिएको छ। नेपाली सेनाको हेलीकोप्टरबाट पोखरा हुँदै १० जनाको शब काठमाडौं लगिएको हो। यसअघि, सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १० जनाको शव मुस्ताङको कोबाङसम्म बोकेर ल्याएका थिए। कोबाङबाट सेनाको हलिकोप्टरमार्फत् शव पोखरा ल्याइएको थियो। पोखराबाट शव काठमाडौं लगिएएको हो। काठमाडौं लगिएका शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले…
तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित विमानमा २२ जना सवार रहेकामा सोमबार साँझसम्म २१ जनाको शव भेटिएको हो। ज्यान गुमाएकामध्ये १० जनाको शव पोखरा ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् १० जनाको शव पोखरा विमानस्थलमा ल्याइएको हो। यसअघि सुरक्षाकर्मीको टोलीले दुर्घटनास्थलबाट १०…
विश्वका सबैभन्दा पाको उमेरका पुरुषले भेनेजुएलामा आफ्नो १ सय १३ औँ जन्मोत्सव मनाएका छन्। उनले एक गिलास उखुको रस पिउँदै आफ्नो जन्मदिन मनाएका हुन्। उनले आफ्नो जन्मोत्सवमा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। जन्मदिन मनाउने क्रममै उनले आफ्नो दीर्घायुको रहस्य घरेलु कडा रक्सी अर्थात् सस्तो ठर्रा भएको सार्वजनिक गरेका छन्। करिब २ साताअघि मात्र गिनिज वल्र्ड…
सरकारले तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ। आयोगको अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्जमा वरिष्ठ एरोनटिक इन्जिनियर रतिशचन्द्र लाल सुमन छन्। संस्कृति, पर्यटन तथा नागरिक उयन मन्त्रालयले गठन गरेको आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने…
प्रतिकूल मौसमका कारण तारा एअरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए। घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ। उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२…