
गोरखा आँबुखैरेनी सडक खण्ड अन्र्तगतको ३ किलोमा आज ९शनिबार० बस र मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा १ जना गंभीर घाइते भएको छ। गोरखा नगरपालिका १३ को ३ किलोमा भएको दुर्घटनामा परी पालुङटारका हरी देवकोटा गंंभीर घाइते भएको हुन्। आँबुखैरेनीतर्फ जादै गरेको ग। २१ प ४८८ नम्वरको मोटरसाइकल रोकिराखेको ना। ५ ख ५००५ नम्वरको बसमा ठोक्किदा पालुङटार…
गोरखाको भिमसेन थापा गाउँपालिका अन्तरर्गतको मसेलले आज (शनिबार) काठमाण्डौंमा राय तथा सुझाब संकलन गरेको छ। विभिन्न कारणले मसेलबाट काठमाण्डौंलाई थातथालो बनाएका मसेलबासीहरु बीच राजधानीमा राय तथा सुझाव संकलन कार्य गरेको हो। कार्यक्रममा सहभागीहरुले स्वास्थ्य क्षेत्रलाई सरल तथा निःशुल्क प्रदान गर्न, निःशुल्क गुणस्तरीय शिक्षाका साथै पुर्वाधार विकासमा जोड दिनुपर्ने सुझाबहरु दिएका थिए । १ घर, १…
सरकारले गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा साउन १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने भएको छ। यातायात व्यवस्था विभागले शुक्रबार सूचना प्रकाशित गरी अनिवार्य रूपमा इम्बोस्ड नम्बर लिन आग्रह गरेको छ। विभागको सूचनामा भनिएको छ, ‘सवारीहरूमा अविलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन हुन बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सानो ठूलो सवारी), एकान्तकुना,…
बागलुङ नगरपालिका बालमैत्री नगर बन्दैछ। बागलुङलाई बालमैत्री नगर बनाउने अभियान शुरु भएको हो। नगरपालिकाका १ सय ३ वटै बिद्यालयलाई बालमैत्री बनाउने अभियान चलेको हो । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरेका हुन्। निर्णयपछि नगरपालिकाभरका प्रअहरुको बैठक तथा अन्तरक्रियामा सोही प्रकृतिका काम गर्न श्रेष्ठले निर्देशन समेत दिएका छन्। नगरपालिकाले बिद्यालय क्षेत्र…
पृथ्वीराज मार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डमा पर्ने तनहुँको याम्पा फाटदेखि घाँसीकुवा खण्ड आगामी जेठ २२ गते रातिदेखि बन्द हुँदैछ। उक्त क्षेत्रमा सडक खन्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जनाइएको छ। मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले राति ११ बजे अगाडी र बिहान ४ बजेपछिको सममा गाडी चलाउन मिल्ने…
पोखराको सेदीबगरमा वाई.यु.के. सुपरमार्केट संचालनमा आउँदैछ। पोखराकै पर्यटकीय गन्तव्य लेकसाइडबाट पामे, खपौदीं जाने बाटोमा सराङकोट जाने केबुलकार स्टेशनको नजिकै सुपरमार्केट संचालनमा आउन लागेको हो। करिब १७ रोपनी जग्गामा बनेको सुपरमार्केटको अगाडी, पछाडी पार्किङसहितको संरचनाहरु बनेका छन्। सुपरमार्केट बाहेक सो क्षेत्रमा सेमिनार तथा गोष्ठीको सभाहल, स्वीमिग पुल, थ्री डी आर्टयुक्त म्युजियम, होटल तथा रेस्टुरेन्टको संरचना बन्दैछन्।…
दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच आज (बुधबार) राति खेल हुँदैछ। लण्डनको वेम्बली स्टेडियममा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ। इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा ३–२ गोलले हराएर युरो २०२० जितेको थियो। त्यस्तै, अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएर कोपा अमेरिका जितेको थियो। यस प्रतिस्पर्धालाई ‘फाइनलसीमा’ भनिएको…
पोखरा–जोमसोम हवाइ रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना भएको छ। दुर्घटनामा परेर हालसम्म ११७ जनाको ज्यान गएको तथ्यांक छ। नेपालको घरेलु हवाई रुटमध्ये यो पोखरा–जोमसोमको हवाई रुट सबैभन्दा असुरक्षित छ। यो रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको तथ्यांकले बताउँछ। २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १०…
पोखरा महानगरपालिकाको कार्यपालिकामा एमालेका ८ सदस्य निर्वाचित भएका छन्। बुधबार भएको मतदानमा एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन्। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। महिला सदस्यमा एमालेबाट धनकुमारी पोखरेल, उर्मिला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार, हरिमाया विश्वकर्मा एमालेबाट निर्वाचित भएका हुन्। उनीहरुले…
आईसीसी महिला टी–ट्वान्टी वरीयतामा नेपालका कप्तान रुबिना क्षेत्रीसहित ५ खेलाडी परेका छन्। अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालका ५ खेलाडी परेका हुन्। वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन्। टी–ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औं स्थानमा रहेकी छिन्। यस्त,ै ज्योति पाण्डे ८०…