
पोखरा । स्याङ्जामा थप ८ जनामा कोरोना देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले शनिबार बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार १७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्याङ्जाका १०, बाग्लुङका १, कास्कीका ३ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको डाक्टर विनोदविन्दु शर्माले…
पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको सख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार दिएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार (२२ गते) मृत्यु भएका सुर्खेतका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको जानकारी दिए । प्रवक्ता डा देवकोटाले दिएको जानकारी अनुसार मृतक पुरुष यही…
पोखरा । केही स्थानबाहेक शुक्रबार बिहानैदेखि देशैभरजसो वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ७ः२५ बजे गण्डकी प्रदेश लगायत काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, र २ सबै क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै प्रदेश ५ को दाङदेखि पूर्व वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको…
पोखरा । केही दिन यतादेखि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । केही दिन यतादेखि संक्रमितको संख्यामा उच्च वृद्धि भएपनि बिहीबार अहिलेसम्मकै धेरैमा संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…
पोखरा । अमेरिकामा भड्किरहेको जातिवादी हिंसालाई लक्षित गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलाई लिएर चर्को विरोध भइरहेको छ । ट्रम्पको भनाईलाई लक्षित गरी एकजना अमेरिकन प्रहरी प्रमुखले राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने चुप लागेर बस्न आग्रह गरेका छन् । ‘राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने शान्त रहनु, चुप लागेर बस्नु,’ ह्ययुस्टनका प्रहरी प्रमुखले भनेका छन् ।…
पोखरा । तनहुँको भानु नगरपालिका टुहुरे पसल घर भई विगत केही वर्षदेखि जापानको चिबामा बस्दै आएकी कामना खनालले मानव सेवा आश्रमलाई नगद सहयोग गरेकी छन् । पोखरा–१७ छोरेपाटनस्थित आश्रममा सहारा लिँदै आएका असहाय, बृद्धबृद्धा तथा बालबालिकाका लागि खनालले पठाएको १० हजार ३१ रुपैयाँ मंगलबार गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले आश्रममा हस्तान्तरण गरेकी हुन् । कोभिड–१९…
पोखरा । कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा…
पोखरा । पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २७० जना पुरुष १८ जना पहिला छन् । संक्रमित जिल्लाको सूचीमा प्यूठान…
पोखरा । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दलका नेतालगायतले स्वागत गरेका थिए । नीति तथा कार्यक्रमको प्रारम्भमा…
पोखरा । पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन (ईच्छुक)लाई मंगलबार पोखरामा स्मरण गरिएको छ । प्रेस संगठन नेपाल कास्कीले ईच्छुकको १८ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम आयोजना गरी सहिद ईच्छुकप्रति श्रद्धासुमन अर्पण गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले ईच्छुकले जहिलेपनि जनपक्षिय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षीय पत्रकारिताको खाँचो औँल्याए ।…