समाचार »

नवलपुरमा कोरोना संक्रमित भेटियो, गण्डकी प्रदेश समेत कोरोना संंक्रमणको जोखिममा

पोखरा । गण्डकी प्रदेशमा समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । नवलपुर जिल्लामा बिहीवार १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको जोखिम बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार नवलपुर जिल्लाको देवचुली नगरपालिका–१२ का ४९ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको…

गण्डकी प्रदेशमा लकडाउनलाई थप कडाइ गरिदैँ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न जारी बन्दाबन्दीलाई प्रदेशमा थप कडाइ गरिने बताएका छन् । लमजुङ–पोखरा सम्पर्क समाजद्वारा स्थापित लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरामा समस्यामा परेकालाई बिहीबार आयोजना गरेको राहत वितरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको संक्रमणको अवस्थालाई हेरेर…

अमेरिकी जनताको विश्वासलाई अमेरिकाले अपमान गरेको चीनको आरोप

अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप समेत चीनको विदेश मन्त्रालयले लगाएको छ । मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि…

यसअघि, जिल्लाका प्रशासन कार्यलयहरुले जारी गरेका अन्तरजिल्ला पास गृह मन्त्रालयद्वारा खारेज

पोखरा । गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्लाभित्र सवारी संचालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ । एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । साथै यसअघि तोकिएका नियामक निकायबाट जारी भएका पासलाई मात्र मान्यता दिने…

नेपालमा एकैदिन थप ८३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २१७ पुग्यो, पर्सा जिल्ला आतङ्कित

पोखरा । नेपालमा मंगलबार एकै दिन ८३ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमित हुनेको संख्या १९१ जना पुगेको छ । संक्रमित जना सबै पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन्। मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्सामा ५७ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र भक्तपुर, महोत्तरी र धनुषामा २/२ जना…

समान पारिश्रमिकको मुद्दा खारेजीविरुद्ध अमेरिकी महिला फुटबल टिमको पुनः अपिल

समान तलब पाउनुपर्ने मागसहित दर्ता गरेको मुद्दा अदालतले खारेज गरेपछि अमेरिकी महिला फुटबल टिमले त्यसविरुद्ध अपिल दर्ता गरेको छ । एक साताअघि अमेरिकी पुरुष टिमको तुलनामा आफूहरूले न्यून तलब पाएको भन्दै महिला खेलाडीहरूले दायर गरेको मुद्दालाई एक न्यायाधीशले खारेज गरिदिएका थिए । महिला टिमका २८ खेलाडीले अमेरिकी फुटबल संघविरुद्ध गत वर्ष मुद्दा दायर गरेका थिए…

तेक्वान्दो खेलाडी सबिता राजभण्डारीको पीडित परिवारलाई सहयोग

पोखरा । तेक्वान्दो खेलाडी सविता राजभण्डारीले समस्यामा परेका पीडित परिवारलाई सहयोग गरेकी छन् । एसियाली खेलकुदमा रजत पदक विजेता सबिताले कोरोना भाइरसका कारण समस्यमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत परिवारलाई खाद्यान्न प्रदान गरेकी हुन् । आफ्ना पति किशोर श्रेष्ठको सहयोगमा उनले काठमाडौं महानगरपालिका ११ का दुई सय पीडित परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेकी हुन् ।…

गण्डकी प्रदेश सरकारको राहत कोषमा एसओएस बालग्राम गण्डकीले बुझायो एक लाख बढि

पोखरा । पोखरास्थित एसओएस बालग्राम गण्डकीले कोरोना रोकथाम राहत कोषमा गण्डकी प्रदेश सरकारकालाई एक लाख बढि रकम प्रदान गरेको छ । गण्डकी प्रदेश सरकारद्धारा स्थापना गरेको कोरोना रोकथाम राहत कोषका लागि उक्त बालग्रामको परियोजना अन्तर्गत कार्यरत शिक्षक÷शिक्षिका तथा कर्मचारी, आमा÷अन्टीलगायतका कर्मचारीहरुले एक दिनको तलव कटाएर १ लाख, १ हजार ८२ रुपैयाँ राहत कोषमा रकम जम्मा…

भारतले एक हप्तामा ६४ उडानमार्फत विदेशमा रहेका आफ्ना १५ हजार नागरिकलाई देश फर्काउँदै

पोखरा । भारतले एक हप्तामा ६४ उडानमार्फत विदेशमा रहेका आफ्ना १५ हजार नागरिकलाई देश फर्काउँदै छ । भारतले अरु देशमा फसेका आफ्ना नागरिकको उद्धार गर्ने भएको हो । बिहीबारदेखि सुरु हुने उद्धारमा यात्रुवाहक जहाज र नौसेनाको जहाज प्रयोग गरिने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पहिलो चरणमा समस्यामा रहेका कामदार, वृद्धवृद्धा, बिरामी…

पुलित्जरकी व्यवस्थापक डाना केनेडीले आफ्नो घरको लिभिङ रुमबाट यस वर्षको पुलित्जर पुरस्कार २०२० घोषणा गरिन्

अमेरिकी लेखक कोल्सन ह्वाइटहेड आख्यान (फिक्सन) तर्फ दोस्रोपटक पुलित्जर पुरस्कार जित्ने चौथो लेखक बनेका छन् । अफ्रिकन–अमेरिकन लेखक ह्वाइटहेडले ‘द निकल बोइज’का लागि यो वर्ष (सन् २०२०) को पुलित्जरमा फिक्सन तर्फको पुरस्कार जितेका हुन् । फ्लोरिडाको बालसुधार विद्यालयमा अश्वेत बालकमाथि हुने गरेको दुव्र्यवहारको कथा उनले ‘द निकल बोइज’मा प्रस्तुत गरेका छन् । न्यूयोर्कका ५० वर्षे…