
काठमाण्डौं । हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गराएको छ । हिमालयनसँगको हारसँगै शीर्षस्थानको मच्छिन्द्र क्लब स्तब्ध बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको एक मात्र खेलमा शेर्पाले मछिन्द्रलाई २–० ले हराएको छ । लिग अन्तर्गत सातौं चरणको सुरुवातसँगै शेर्पाले लिगमा महत्वपूर्ण जित हासिल गरेको हो ।…
पोखरा । पोखरामा हुने पोखरा १४ औं संस्करणको अन्तर्राष्ट्रिय पोखरा म्याराथनबारे यहाँ छलफल गरिएको छ । भुतपूर्व खेलाडी मञ्च पोखराले शुक्रबार आयोजना गरेको छलफलमा बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरा म्याराथन समृद्धिसँग जोडिएको बताए । उनले गण्डकी प्रदेश सरकार पोखरा म्याराथनको साथमा रहेको प्रष्ट पारे । मन्त्री लम्सालले भने,…
पोखरा । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । खगेन्द्रको पोखरास्थित मणिपाल अस्पतालमा शुक्रवार दिउँसो निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिएका छ न् । स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । रानाका…
अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसुस गरिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परेर कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जनावर समेत जलेर मरेका छन् । न्यू साउथवेल्समा आगलागी भइरहेको र अहिले परेको…
रोमेलु लुकाकुले खेल सुरुवात भएको २१ सेकेन्डमै गोल गरेका छन् । कोपा ईटालियाको खेलमा लुकाकु आबद्ध ईन्टर मिलानले काग्लीएरीमाथि ४–१ को जित निकालेको छ । कोपा इटालियाको अन्तिम १६ का लागि मंगलबार भएको खेलमा लुकाकुको दुई गोलको सहयोगमा ईन्टरले काग्लीएरीलाई फरक गोल अन्तरले हराएको हो । खेल सुरु भएको २१ औं सेकेन्डमा गोल गर्दै लुकाकुले…
पोखरा । चलचित्र ‘लप्पन छप्पन–२’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । चलचित्रको आगामी बैशखको १२ गतेदेखि रिलिज मिति तोकिएको छ । चलचित्रको टिजरमा फिल्मका केही मुख्य अंश समेटिएका छन् । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्राथमिकता पाएको छ । कलाकारहरुको एक्सन र पैसाको चलखेलको बिषयवस्तुमा चलचित्र निर्माण भएको टिजरमा देखाइएको छ…
पोखरा । पोखरामा पाँचौ संस्करणको मिस तामाङ हुने भएको छ । पोखरा सभागृहमा शनिवार दिउँसो हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले पोखरामा पत्रकार सम्मलेन गरी जानकारी दिएको हो । समाजका अध्यक्ष ज्याक तामाङले हरेक बर्ष सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ…
पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एक युवतीले एकै पटक बिहीबार चम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । स्याङ्जा पुतलीबजारकी सुनिता पौडेल प्रधानले मणिपाल शिक्षण अस्पतालमा १ छोरासहित चार शिशुको जन्म दिएकी हुन् । स्याङ्जा पुतलीबजार नगरपालिका वडा १ की २६ वर्षीया सुनिताको शल्यक्रिया मार्फत ति ४ शिशुहरु जन्मिएका हुन् । अस्पतालमा कार्यरत डा. महेन्द्र पाण्डे…
पोखरा । तनहुँको व्यास नगरपालिकामा तेस्रो संस्करणको व्यास नगर अल्ट्रा म्याराथनको तयारी शुरु गरिएको छ । व्यास नगरपालिका–५, मानहुँकोटबाट उक्त नगरपालिकाको वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको अल्ट्रा म्याराथन हुन लागेको हो । मानहुँकोटबाट शुरु हुने म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमीको दुरी रहेको छ । नगरपालिकाले मानहुँकोट र पुलिमराङलाई पर्यटकीय…
पोखरा । अख्तियार अनुसन्धान आयोगले गण्डकी प्रदेश समक्ष गत आर्थिक वर्ष ०७५/०७६ को प्रतिवेदन बुझाएको छ । आयोगका सह–सचिव सन्देश श्रेष्ठ लगायत पोखरा प्रमुख र अधिकृतहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रतिवेदन बुझाएका हुन् । देश संघीयतामा आएपछि ०७२ को नयाँ संविधानमा उल्लेख भएअनुसार आयोगका प्रतिवेदनलाई प्रदेशप्रमुख समक्ष बुझाइएको सह–सचिव श्रेष्ठले जनाए । गत आर्थिक वर्षमा…