
पोखरा । घरेलु भूमिमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला तथा पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने महिला तथा पुरुष दुबैतर्फको प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन हुनेछन् । प्रकाशित तालिकाअनुसार महिला तथा पुरुषको दुबैतर्फ नेपाल, भारत र बंगलादेश एउटै कठिन समूह ‘ए’मा परेको छ…
पोखरा । फिफा विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपाल १–० ले पराजित बनेको छ । भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखि नै दवावमा परेको नेपालमाथि कुवेतले २८ औं मिनेटमा निर्णायक गोल गरेको थियो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन असफल बने । यस जितसँगै कुवेतको पाँच खेलबाट…
पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार दिउँसो सम्मान गरेका छन् । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधि जितेको भन्दैे उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपराष्ट्रपति ‘पासाङ’ले टोलीका खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका हुन् । उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही…
पोखरा । मंसीरको १५ गतेदेखि घरेलु भूमीमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली खेलाडीको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत टिम तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गरी नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी समेत गरेको छ । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर…
पोखरा । भारतको राष्ट्रिय टिमसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिम पराजित बनेको छ । बैंगलोरमा शुक्रबार साँझ भएको खेलमा नेपाल भारतसँग ५–० को सेटमा पराजित भएको हो । साउदर्न साई कभर्डहलमा पाँच सेटको खेलमा भारतसँग नेपाल २५–१९, २५–१४, २९–२७, २७–२५ र २५–२१ ले पराजित भएको हो । मैत्रीपूर्ण भएको कारण पाँचै सेटमा…
एजेन्सी । अर्जेन्टिना सुपर क्लासिको फुटबलको च्याम्पियन बनेको छ । कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको हो । साउदी अरेबियामा भएको खेलमा मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले १–० को जित हासिल गरेको हो । मेस्सीले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । एलेक्स स्यान्ड्रोले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि…
पोखरा । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले पराजित ग¥यो । यस जितसँगै नेपालले सेमिफाइनल प्रबेशको संभावना कायमै राखेको छ । नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङ ४५ दशमलव ५ ओभरमा १ सय…
पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साग गेम आयोजनाको तिथिमितिमा तलमाथि नहुने बताएका छन् । मन्त्री विश्वकर्माले आयोजक राष्ट्रको हिसावले सागको तयारी अन्तिम चरणमा पुगेको बताए । खेल पूर्वाधार निरीक्षणका लागि पोखरा आएका मन्त्री विश्वकर्माले साग तयारी समिति पोखरा अन्तरगतको प्रचार प्रसार तथा प्रकाशन समितिले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘साग गेमको…
पोखरा । नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने नेपाली महिला फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गरेका हुन् । अन्तिम छनोटको टोलीमा गोलकिपरहरु एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ परेका छन् । यस्तै, डिफेन्डरहरु पुजा राना, मनमाया…
पोखरा । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको घरेलु खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको तयारी सुरु भएको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आइतबारदेखि नेपालले तयारी सुरु गरेको हो । म्यानमारसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएको दोस्रो दिनबाटै नेपालले तयारी सुरु गरेको हो । मुख्य…