समाचार »

प्रधान सेनापति कपमा एपीएफ र आर्मीको जित

पोखरा । राजधानीमा जारी प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपाधिको दावेदार एपीएफ क्लवले प्रदेश १ लाई ९–० गोलले हराएको छ । एपीएफको जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले ४ गरिन् । अनिता बस्नेतले ह्याट्रिक गरिन् । लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपीएफले सुरुवातदेखि अन्त्यसम्म प्रदेश १ माथि लगातार गोल ग¥यो । खेलको पाँचौ मिनेटमा पहिलो गोल…

ए डिभिजन लिगमा मनाङको विजयी शुरुवात

पोखरा । ए डिभिजन लिग अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा मनाङ मस्र्याङदी क्लवले विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई २–० ले हरायो । सुरुवातमा नै आक्रामक देखिएको मनाङले खेलको २८ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि बिमल रानाले हेड मार्फत उत्कृष्ट गोल गरे ।…

पीपीएलमा काठमाण्डौंको पहिलो जित, पोखराको दोस्रो हार

पोखरा । ज्ञानेन्द्रको शतकमा पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाण्डौंले सान्त्वना जित निकालेको छ । लगातार २ खेलमा पराजित भएको काठमाण्डौं ले बुधबार धनगढी ब्लूजलाई १ सय ६ रनको फराकिलो अन्तरले हराउँदै २ अंक जोडेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौंले कप्तान ज्ञानेन्द्र मल्लको शतकीय पारीसँगै पहिलो जित दर्ता गरेको हो । ३८…

पोखरामा शुक्रबारबाट ‘उ मरेकी छैन’ नाटकको मञ्चन 

पोखरा । पोखरामा न्यारेटरको पहिलो प्रस्तुती ‘उ मरेकी छैन’ नाटक मञ्चन गर्दैछ । यो नाटक मञ्चनको संपूर्ण तयारी पूरा भएको न्यारेटर समुहका रेवन राईले जानकारी दिएकाम छन् । पुसको ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने यस नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेका हुन् । नाटकको परिकल्पना र निर्देशन…

सकियो मुस्ताङको लोमन्थाङ चिनाउने दुई गीतको छायांकन (हेर्नुहोस, ८ फोटो फिचरसहित)

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको लोमन्थाङलाई चिनाउने गीत तयार पारिएको छ । मुस्ताङको उपल्लो भेग लोमन्थाङ (लो–सात) क्षेत्रलाई समावेस गरेर तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन समेत सकिएको छ । सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश गरी निर्माण गरिएको ‘छोडि नजाउँ कतै हामी लोमन्थाङमै बसम’ को लोकगीत र ‘यो मुटुको टुक्रा…

ए डिभिजन लिगमा एनआरटीको विजयी शुरुवात

पोखरा । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले हराउँदै एनआरटीले सुखद सुरुवात गरेको हो । एनआरटीको जितमा सरोज तामाङले २ गोल गरे । जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले समान १/१ गोल गरे । जितसँगै चालु सिजनमा…

प्रधान सेनापति महिला फुटबलमा भुटानको जित

पोखरा । सातौं प्रधान सेनापति कप महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भुटानको राष्ट्रिय महिला टोलीले प्रदेशलाई ५–० ले हराएको छ । लगनखेलस्थित आर्मीको खेल मैदानमा भएको खेलमा भुटानको जितमा छिरिङ याङ्दुले ह्याट्रिक गर्न सफल भइन् । भुटानको राष्ट्रिय टिमबाट खेल्ने खेलाडी नै समावेश भएको यो टिमका लागि खेलको १९ औं मिनेटमा छिरिङले पहिलो गोल गर्दै टोलीलाई…

घरेलु पोखरा पल्टनमाथि चितवन राइनोजको सहज जित

पोखरा । बिदेशी खेलाडी बाबर हायातको अविजित अर्धशतकसँगै चितवन राइनोजले पोखरा पल्टनमाथि सहज जित निकालेको छ । पोखरा प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा चितवनले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको १ सय ८ रनको लक्ष्य चितवनले १४.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । चितवनका लागि हायातले सर्वाधिक ६६ रन जोडे ।…

एक ओभरको एलिमिनेटरमा बुटवलको जित

पोखरा । बुटवल ब्लाटर्सले काठमाडौं गोल्डेन्सलाई सोमबार पराजित गर्न १ ओभरको एलिमिनेटर खेल्यो । खेल निर्धारित २० ओभरमा दुवै टोलीले समान १४० रनको स्कोर तयार गरेपछि नजिताको लागि १ ओभर एलिमिनेटर खेलिएको थियो । एक ओभरमा बुटवल व्लार्टसले १२ रन बनाएको थियो । हर्स टंकले २ चौकासहित १२ रन बनायो । जवाफी व्याटिङ गरेको काठमाडौं…

पीपीएलमा धनगढी ब्लुजको ५ रनको रोमाञ्चक जित

पोखरा । दिपेन्द्रसिंह ऐरीले उत्कृष्ठ बलिङ गरेपछि नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो संस्करणको दोस्रो दिनको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गर्दै २ अंक जोडेको छ । क्वीन्स इभेण्ट म्यानेजेमन्ट प्रालिको आयोजनामा सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस हारेर व्याटिङमा उत्रिएको धनगढीले निधारित २० ओभरमा १ सय १७…