
अनलाइन दर्ता तथा नवीकरण सिडियो कार्यालयमा गर्नुपर्ने व्यवस्था हटाउन प्रेस सेन्टरको माग गरेको छ। सरकार प्रेस स्वतन्त्रता खोस्ने दिशामा अग्रसर भएको भन्दै प्रेस सेन्टर नेपालले गंभीर आपत्ति जनाएको छ। आमसंचारमाध्यमसम्बन्धी छाता ऐन बनाउनुपर्नेमा ३४ वर्ष पुरानो ऐन संशोधनमा लागेर सरकार पश्चगमनतर्फ लम्किएको प्रेस सेन्टरको आरोप छ। बिहीबार प्रेस सेन्टरका महासचिव मनोज घार्तीमगरले विज्ञप्ति जारी गर्दै…
एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु भुटानसँग बराबरी खेलेको छ। घरेलु भुटानसँगको बुधबार भएको खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकियो। भुटानविरुद्ध नेपालकी सोनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरेपनि नेपालले लामो समय अग्रता जोगाउन सकेन। खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो। भुटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन्। त्यसपछि खेलको…
प्रेस सेन्टर नेपालले मिडिया काउन्सिल विधेयक संशोधन गर्न माग गरेको छ। प्रेस सेन्टरले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै संशोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ। संगठनले आइतबार जारी गरेको विज्ञप्तिमा विधेयकका केही प्रावधान प्रेस स्वतन्त्रता, संविधान र राष्ट्रिय आमसंचार नीति–२०७३ विपरीत रहेको ठहर…
प्रेस काउन्सिल नेपालले संघीय संसदमा विचाराधीन रही हाल छलफलका क्रममा रहेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विज्ञहरूसँग सुझाव लिएको छ। काउन्सिलमा शुक्रबार आयोजित कार्यक्रममा काउन्सिलका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, वर्तमान उपाध्यक्ष तथा विभिन्न संचार माध्यमका सम्पादकहरूसँग सुझाव लिइएको हो। कार्यक्रममा काउन्सिलका पूर्वअध्यक्ष हरिहर विरहीले अन्य कानुनबाट पत्रकारलाई नियन्त्रण गर्न सकिने अवस्था नरहेपछि सरकारले मिडिया काउन्सिलका…
पोखराको शिशुवामा यस वर्षको कास्की जिल्लास्तरिय ऐतिहासिक ताया:मचा नाचको प्रतियोगिता हुँदैछ। नेवार समुदायको मौलिक संस्कृतिमा आधारित ताया:मचा नाचको प्रतियोगिता यस पोखराको शिशुवामा गरिने भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिले जनाएको हो। नेवा: खल कास्कीको आब्हानमा शिशुवाा नेवा:खलको आयोजनामा यही साउनको ३० गते पोखराको शिशुवामा ताया:मचा नाच प्रतियोगिता गरिने भएको मूल आयोजक समिति संयोजक…
टिकटकले ३ महिनामा १८ लाख ७६ हजार नेपाली टिकटक भिडियो हटाएको छ। टिकटकले २०२५ को पहिलो त्रैमासिकको ’कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको हो। प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्मका रिपोर्ट सार्वजनिक गरेको हो। टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान गरी हटाएको हो। कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई सुरक्षित र सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने अपेक्षा…
पोखरामा पहिलो पटक आरयु फेष्ट हुँदेंछ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराइएको छ। पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को प्राविधिक सहयोगमा पोखरामा संचालित रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तरगत आरयु फेष्ट गर्न लागिएको हो। यही श्रावण १६ र…
पोखरासहित कास्की जिल्लाभर पहिलोपटक ‘ऐतिहासिक चाडपर्व उपहार कुपन योजना–२०८२’ सुरु गरिएको छ। पोखराका विभिन्न व्यवसायी तथा इलेक्ट्रोनिक तथा मोबाइल व्यापारमा संलग्न प्रतिष्ठानहरूको संयुक्त आयोजनामा सुरु भएको यस योजनाको उद्देश्य ग्राहकलाई आकर्षित गर्दै बजार प्रवर्द्धन गर्नु रहेको पोखरा इलेकट्रोनिक्स पोखरा मोबाइल्स संघ, कास्कीद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा बताएको छ। पत्रकार सम्मेलनमार्फत योजना संयोजक तथा आयोजक समिति…
पोखरामा पहिलो पटक बजाज पल्सर स्पोर्ट्स अवार्ड हुँदैंछ। प्रतिष्ठित बजाज पल्सर स्पोर्टस् अवार्ड पहिलो पटक राजधानी बाहिर खेलकुदको शहर पोखरामा गर्न लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बताएको छ। २०६० सालदेखि निरन्तर हुँदै आएको यस अवार्डको २२ औं संस्करण आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा हुने मञ्चले जानकारी…
गोरखाबाट प्रकाशित हुने ‘हाम्रो गोरखा सन्देश’ पत्रिका १८ औं वर्षमा प्रवेश गरेको छ। आज (सोमबार), सो पत्रिकाले १८ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको हो। जिल्ला समन्वय समिति गोरखाको सभाहलमा भएको कार्यक्रममा गोरखा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापामगर, गोरखाका पत्रकार, कार्यलय प्रमुख, प्रहरी प्रमुखलगायतको सहभागितामा पत्रिकाको वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा गोरखा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापामगरले ‘हाम्रो…