समाचार »

पोखरामा हुने साग खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि आर्चरी खेलको पूर्वाधार निर्माणमा जोड

पोखरा । पोखरामा आसन्न १३ औं दक्षिण एशियाली खेलकुद र आगामी वर्ष २०७६ फागुनमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । शनिबार पोखरामा सम्पन्न कास्की जिल्ला आर्चरी संघको १० औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । पोखरा रंगशालास्थित आर्चरीको खेल मैदानलाई व्यवस्थित गर्न यसअघि राष्ट्रिय खेलकुद परिषदले ५० लाख…

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को शुक्रबारको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले चार बजेपछि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपतिले संघीय संसदको कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।…

नागरिक पत्रकारिता, पत्रकारहरुमा शुद्धिकरण र सिंगो पत्रकारिता क्षेत्रको सुदृढिकरण

पोखरा । नागरिक पत्रकारिता, पत्रकारहरुमा शुद्धिकरण र सिंगो पत्रकारिता जगतमा सुदृढिकरणको आवश्यकता रहेको पोखराका पत्रकारहरुले बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार पत्रकार महासंघ कास्कीले आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था: हाम्रो अधिकार र जिम्मेवारी’ बिषयक अन्तक्रियामा बोल्दै पत्रकारहरुले उक्त कुरामा जोड दिएका हुन् । पत्रकारहरुकै सहयोगमा अर्को कुनै पत्रकारलाई राज्यले अंकुश लगाएर…

प्रतिवर्ष महिला हिंशाका घटनाहरु बढ्दो, चालु आर्थिक वर्षमा १४ सय ५३ वटा जवरजस्ती करणीका घटनाहरु घटेको अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीको प्रतिवेदन

पोखरा । अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले प्रतिवर्ष महिला हिंशाका घटनाहरु बढ्दो रहेको बताएका छन् । ‘महिला हिंशा न्युनिकरण, मानव अधिकारको संरक्षण एवं नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियानको शुक्रबार पोखरामा आयोजित कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक कार्कीले चालु आर्थिक वर्षमा १४ सय ५३ वटा जवरजस्ती करणीका घटनाहरु घटेको कार्यपत्र प्रस्तुत गरे । कार्कीले प्रस्तुत गरेको…

पत्रकार जितेन्द्र महर्जन हिरासत मुक्त, पत्रकार महासंघद्धारा अभिन्दन

पोखरा । जनपत्रकार संगठन, नेपाल काठमाडौंका संयोजक जितेन्द्र महर्जनलाई नेपाल पत्रकार महासंघले अभिनन्दन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक्यवद्धता ¥यालिपछि कोणसभामा बुधबार महर्जनलाई महासंघले अभिनन्दन गरेको हो । २२ दिनको हिरासत बसाईपछि पत्रकार महर्जन सर्वाेच्च अदालतको आदेशमा मंंगलबार रिहा भएका थिए । अभिनन्दनपछि बोल्दै पत्रकार महर्जनले रिहाईका लागि पहल गर्ने नेपाल…

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हर्कत बन्द गर’ को नारासहित पोखरामा पत्रकारहरुको एक्यबद्धता प्रदर्शन

पोखरा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हर्कत बन्द गर भन्दै पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पोखरामा बुधबार एक्यबद्धता ¥याली निकाल्यो । प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई सरकारले अंकुश लगाउत खोजेको भन्दै त्यसको विरोधमा पत्रकार महासंघ केन्द्रको आब्हनमा देशैभर एक्यबता ¥याली निकालिएको हो । पोखराको चिप्लेढुंगादेखि न्युरोड हुँदै सभागृहसम्म निस्केको ¥यालीलाई मानव अधिकार तथा नागरिक संघ…

यस्तो बन्दैछ, पोखराको ड्यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्क … (हेर्नुहोस, २२ वटा तस्वीर/फोटो फिचरमा)

यस्तो बन्दैछ, पोखराको ड्यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्क … (हेर्नुहोस, २२ वटा तस्वीर/फोटो फिचरमा)   पोखरा महानगरपालिकाको योजनामा आर्किटेक्चर सोफिया गुरुङले उक्त स्केचहरु कोरेकी हुन् । सोफियाले थ्री डी मोडलमा उक्त स्केचको कम्पोनेन्ट तयार  पारेकी हुन् ।  

पोखराको ड्यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्कको निर्माण शुरु

पोखरा । पोखराको ड्यामसाइडस्थित फेवाताल किनारमा झण्डापार्कको निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउन लागेको हो । दुवै सरकारको ५०/५० प्रतिशत लगानीमा पार्क बनाउन लागिएको हो । पार्क तयार गर्न ४ करोड लाग्ने अनुमान छ । ४ करोड लागतमध्ये चालू बर्षमा १ करोड रुपैयाँ…

जापानका माकोतोलाई ट्रायथलन च्याम्पियनसीपको स्वर्ण

पोखरा । जापानका माकोतो ओदाकुरा प्रथम एशियन कप ट्रायथलन च्याम्पियनसीपमा स्वर्ण हात पारेका छन् । माकोतोले निर्धारित ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेण्डमा पार गर्दै स्वर्ण हात पारेका हुन् । उनी विश्व वरियतामा ६३ औं र एयिशन टेरिटोरीमा दोश्रो स्थानमा रहेका खेलाडी हुन् ।…

जथाभावी नागरिकता वितरणले देश टुक्राउने बुद्धिजीवीहरुको दावी

पोखरा । जथाभावी नागरिकता वितरणले मुलुक टुक्राउने एक कार्यक्रमका बुद्धिजीवीहरुले बताएका छन् । नागरिकताको सवालमा पहिले नै उदार मानिएको ऐनलाई थप उदारताको नाममा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि धावा बोल्ने उनीहरुले जिकिर गरे । सचेतना समाज नेपाल र राष्ट्रिय सम्पदा तथा मानवअधिकार संस्थाले शुक्रबार पोखरामा संयुक्त आयोजना गरेको ‘राष्ट्रियता र नागरिकता…