समाचार »

पोखराको फेवातालमा शनिबार हुने ट्रायथलनमा २७ र दुआथलनमा १३ जनाको कडा प्रतिस्पर्धा

पोखरा । एशियन कप ट्रायथलन प्रतियोगिता शनिबार पोखरामा हुने भएको छ । नेपाल ट्रायथलन संघको आयोजनामा पहिलो पटक नेपालको सुन्दर नगरी पोखरामा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने भएको हो । अन्तराष्ट्रिय ट्रायथलन युनियनको मान्यताप्राप्त प्रतियोगिता पोखराको फेवा तालमा हुनेछ । जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशलगायतका विदेशी खेलाडीहरु प्रतिस्पर्धाका लागि नेपाल आइसकेका छन्…

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न, गण्डकी प्रदेशलाई नवौं राष्ट्रिय खेलकुदको जिम्मा

पोखरा । ०७७ सालमा गण्डकी प्रदेशमा भेट्ने बाचासहित आठौँ बृहत राष्ट्रिय खेलकुद सकिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितीमा बुधवार नेपागन्ज रंगशालमा आठौँ राष्ट्रिय खेलुकदको औपचारिक समापन गरिएको हो । यससँगै गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मा पाएको छ । नेपालगन्जस्थित रंगशालामा बुधबार साझँ समापन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय…

गण्डकी प्रदेशलाई टिम इभेन्ट्सको ह्याण्डबलबाट पहिलो स्वर्ण पदक

नेपालगञ्ज । नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले टिम इभेन्ट्सको ह्याण्डबलबाट पहिलो स्वर्ण पदक हात पारेको छ । प्रतियोगिता अन्तरगत मंगलबार पुरुषतर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको हो । नेपालगञ्ज रंगशालाको परिसरस्थित फाइनल खेलमा गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी वलको एपीएफलाई ३७—३३ गोलको अन्तरले पराजित गर्दै गण्डकी प्रदेशले समुहतर्फ पहिलो…

गण्डकीलाई आइटीएफ तेक्वान्दोमा १ स्वर्ण, २ कास्य पदक

नेपालगञ्ज । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटीएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ । आइतबार भएको महिलातर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण पदक दिलाएकी हुन् । उनले प्रदेश नम्बर ३ की निलिमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै…

गण्डकीको दुबै टिम ह्याण्डबलको सेमिफाइनलमा

नेपालगञ्ज ।  गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको दुबै टिम सेमिफाइनलमा पुगेको छ । गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन÷तीन खेलमा लगातार जित हासिल गर्दै अन्तिम चारमा स्थान बनाएको हो । नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि एकतर्फी शुन्यका बिरुद्ध २४ गोल…

ह्याण्डबलमा गण्डकी प्रदेशको महिला, पुरुष दुवैतर्फ दोहोरो जित

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबार नेपालगन्जमा भएको पुरुष तथा महिला दुवैतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले दोहोरो जित हात पारेको छ । गण्डकी प्रदेशको महिला ह्याण्डबलले शुक्रबार नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको उद्घाटनसहित दुवै खेलमा जित हासिल गरेको छ ।गण्डकी प्रदेशले पुरुषतर्फको एक खेलमा समेत जित हासिल गर्दै समग्रमा दोहोरो जित…

 राष्ट्रपति भण्डारीद्धारा आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन

नेपालगञ्ज । राष्ट्रपति बिद्यादेवी भण्डारीले आठौं संस्करणको खेलकुद प्रतियोगिताको उद्घाटन गरेकी छन् । विहीबार साँझ नेपालगञ्जको नव निर्मित रंगशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति भण्डारीले आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको घोषणा गरिन् । कर्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकास गर्न स्थानिय तहबाटै लाग्नु पर्ने बताइन् । खेलकुदका कार्यक्रममा बिद्यालयस्तरबाटै बिद्यार्थीहरुलाई समेट्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड…

आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा, विभागीय क्लबको वर्चस्व, गण्डकी प्रदेश पाँचौ स्थानमा

नेपालगञ्ज । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने उक्त प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । राष्ट्रपति विद्या भण्डारीले उक्त प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पत्रकार सम्मेलनमा बताए । विहीबार साँझ साढे…

द न्यूयोर्क टाइम्स र न्यू योर्कर पत्रिकालाई २०१९ को पुलित्जर पुरस्कार

 यस वर्षको पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुक्त रुपमा प्रदान गरिएको छ । हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टानमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका लागि द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई यस वर्षको पुलित्जर पुरस्कार प्रदान गरिएको हो । यस पटक पुरष्कारका लागि २४ सय भन्दा बढी आवेदनहरु परेका थिए ।…

आठौं राष्ट्रिय खेलकुदमा सहभागी गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनद्धारा विदाई (हेर्नुहोस, समाचार सहित ११ तस्वीर)

पोखरा । नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशका खेलाडीहरुलाई बिदाई गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले एक कार्यक्रमबीच आइतबार पोखरा रंगशालबाट खेलाडीसहितको टिमहरुलाई विदाई गरेकी हुन् । कार्यक्रममा बोल्दै मन्त्री पुनले गण्डकी प्रदेशका खेलाडीहरुलाई उच्च मनोबलका साथ आफ्नो प्रदर्शन गर्न आग्रह गरिन् । उनले सकारात्मक सोंचका साथ…