
पोखरा । आठौं खेलकुद प्रतियोगिताको ट्रायथलनमा विभागीय नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफले वर्चश्व जमाएको छ । प्रतियोगिता अन्तरगत पोखरामा सम्पन्न ट्रायथलनमा विभागिय क्लब नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफले सबै इभेन्टको पदक जित्न सफल रह्यो । प्रतियोगिताको स्प्रिन्टतर्फ ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ त्रिुभबन…
हेमजा/पोखरा । हेमजामा जारी दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा शनिबारसम्म कूल १८ लाख ५० हजार मूल्य बराबरको आलुको कारोवर भएको आयोजकले बताएको छ । ‘सुन्दर ठाउँ, हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सञ्चालन भएको दशौैं राष्ट्रिय हेमजा आलु महोत्सव चैतको २२ गतेदेखि विष्णुपादुका खेल मैदानमा शुरु भएको हो ।…
काठमाडौँ । संघीय संसद् सचिवालयका आर्थिक कार्यविधि नियमावलीविपरीत तीन करोड ६९ लाख रुपियाँ प्रोत्साहन भत्ता दिइएको महालेखा परीक्षण कार्यलयको प्रतिवेदनमा उल्लेख गरिएको शुक्रबार गोरखापत्र अनलाइनमा समाचार प्रकाशित छ । महालेखा परीक्षकको कार्यालयको ५६ औँ वार्षिक प्रतिवेदनमा अर्थ मन्त्रालयको सहमतिविपरीत संसद्ले उक्त सुविधा दिएको उल्लेख छ । उक्त रकम सम्बन्धित व्यक्तिबाट असुल उपर गर्न प्रतिवेदनमा औँल्याइएको…
पोखरा । पोखरा जेसीजले आफ्नो ४५ औं वार्षिकोत्सव मनाएको छ । नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटाले शुभकामना व्यक्त गर्दै ४० वर्ष नकाटेका सक्षम युवाहरुको यस गौरवलायक संस्थालाई अग्रजहरुले देखाएको बाटोमा अघि बढाउन सुझाव दिए । उपाध्यक्ष सापकोटाले समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन…
पोखरा । पोखरा महानगरपालिका वडा नं १ को मा वडाका लक्षित नागरिकलाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ । ‘स्वस्थ नेपाल निर्माणका लागि स्वास्थ्य बीमा’ कार्यक्रमलाई सफल बनाउन उक्त वडाले गरिव, बिपन्न र असहाय नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराएको हो । महागरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त वडाका ४० घर परिवारलाई स्वास्थ्य बीमा कार्ड वितरण…
पोखरा । यही चैतको २९ गतेबाट पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा सुरु हुने तीन दिने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ को संपूर्ण तयारी पूरा भएको छ । खाना, संस्कृति र संगीतलाई विशेष जोड दिएर आयोजना हुन लागेको महोत्सवमा कूल २२ नेपाली खानाहरु समेटिने आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिएका…
पोखरा, । पोखरा महानगरपालिका–२८ कालिकास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ठूलाकोटमा विशेष पूजा र प्रवचन हुने भएको छ । ऐतिहासिक परापूर्व कालदेखि नै धार्मिक र पर्यटकीय क्षेत्रका हिसावले चर्चा पाएपनि प्रचार प्रसारको कमी र सही किसिमले विकास निर्माणका काम अगाडि वढ्न नसक्दा ओझेलमा परेको ठूलाकोटको विकासका लागि गुरुयोजना बनाएर अगाडि वढ्ने भएको हो । ठूलाकोटको…
पोखरा, २७ चैत । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रालि पोखराबीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार अब बैंकका संपूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका सदस्यहरुले साहारा हस्पिटल प्रालिमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु…
पोखरा २७ चैत । महिला सीप विकास संस्थाको आयोजनामा तीन महिने हाते तान बुनाई र २० डोरी बाटने तालिम दिएको छ । तालिममा ९७ जना महिला सहभागी भएको सीप विकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन् । तालिमको समापन गर्दै एक कार्यक्रमबीच सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । महिलाहरुलाई तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले…
गलेश्वर/पर्वत, २५ चैत । केही दिनदेखि लगातार परेको असिना पानीले म्याग्दीमा लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पु¥याएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको…