
टप एण्ड टी–२० श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। अस्ट्रेलियामा चलिरहेको श्रृंखलामा बंगलादेश ‘ए’ सँग नेपाल २९ रनले पराजित भएको हो। अस्ट्रेलियाको डार्बिनमा बंगलादेश ‘ए’ ले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाएर १५४ रन मात्रै बनायो। नेपालका कुशल मल्लले अविजित सर्वाधिक ५९ रनसहित अर्धशतक बनाए। आसिफ शेखले २८…
टप एन्ड टी–२० श्रृंखलामा आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको छ। अस्ट्रेलियाको डार्बिनमा नर्दन टेरिटोरीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। गुल्शनकुमार झाले २६ रन जोडे। कप्तान रोहितकुमार पौडेलले २३ थपे। नर्दनका म्याट ह्यामन्डले ३ विकेट…
एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो अन्तरको हार ब्यहोरेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित बन्यो। पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थप्यो। यो जीतसँगै उत्तर कोरिया समूह विजेता बन्दै आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी…
एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई हराएको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हरायो। निकै नै प्रतिस्पर्धात्मक खेलमा नेपालकी शुक्रिया मियाँले खेलको ९० औं मिनेटमा विजयी गोल गरिन्। यसअघि, खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टी नेपालले सदुपयोग गर्न सकेन। मीना देउवाले प्रहार गरेको पेनाल्टी बारमा लागेर…
एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु भुटानसँग बराबरी खेलेको छ। घरेलु भुटानसँगको बुधबार भएको खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकियो। भुटानविरुद्ध नेपालकी सोनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरेपनि नेपालले लामो समय अग्रता जोगाउन सकेन। खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो। भुटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन्। त्यसपछि खेलको…
पोखरामा पहिलो पटक बजाज पल्सर स्पोर्ट्स अवार्ड हुँदैंछ। प्रतिष्ठित बजाज पल्सर स्पोर्टस् अवार्ड पहिलो पटक राजधानी बाहिर खेलकुदको शहर पोखरामा गर्न लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बताएको छ। २०६० सालदेखि निरन्तर हुँदै आएको यस अवार्डको २२ औं संस्करण आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा हुने मञ्चले जानकारी…
नेपालको लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लब काभा च्याम्पियन लिगमा तेस्रो बनेको छ। तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाको पुलिसलाई हराउँदै हेल्प नेपाल काभा च्याम्पियन लिगको तेस्रो स्थान हात पार्न सफल भएको हो। हेल्प नेपालले ३–१ को सेटमा जीत हात पारेको हो। मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पनि हेल्प नेपालले श्रीलंकाली पुलिसलाई ३–० को…
काभा पुरुष क्लब च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले तेस्रो स्थानका लागि खेल्दैछ। हेल्प नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा शानदार जितसहित लिग चरणको यात्रा सम्पन्न गरेसँगै तेस्रो स्थानका लागि खेल्ने भएको हो। लिगको अन्तिम खेलमा हेल्प नेपालले श्रीलंका पोट्र्स अथोरिटीलाई ३–० को सोझो सेटमा हरायो। खेलमा हेल्प नेपालले २५–१६, २५–२ र २५–२३ को सेटमा सहज…
बंगलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनसीपको उपाधि जितेको छ। अन्तिम खेलमा सोमबार नेपाललाई ४–० गोलले हराउँदै बंगलादेशले पाँचौं पटक उपाधिको हो। अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन्। भारतले जम्मा २ पटक उपाधि जितेको छ। नेपाल तेस्रो पटक उपविजेतामा सीमित बनेको छ। यसअघि, सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो।…
काभा पुरुष च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले काजकिस्तानको जायक भलिबल क्लबलाई हराएको छ। माल्दिभ्समा चलिरहेको काभा पुरुष च्याम्पियन्सअन्तर्गत सोमबार भएको खेलमा हेल्प नेपालले काजकिस्तानको जायक क्लबलाई ३–२ को सेटमा हरायो। हेल्प नेपालले पहिलो सेट २५–२२ मा जीत निकाल्यो। त्यस्तै, चौथो सेटमा २५–१८ ले जीत निकाल्यो। त्यसैगरी, पाँचौं सेटमा १५–११ ले जित्यो। जायक क्लबले…