
स्याङजा जिल्लाले दोस्रो पटक गण्डकी प्रदेश टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबार भएको फाइनलमा कास्की जिल्लालाई ७ विकेटले हराउँदै स्याङ्जाले लगातार दोस्रो पटक यो उपाधि चुमेको हो। उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैया पुरस्कार जित्यो। उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ। ५७ रनको विजयी लक्ष्य पाएको…
नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको हो। मलेशियाको बाङ्गीमा भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हरायो। सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। नेपालका जोए थापाले नटआउट सर्वाधिक २४ रन बनाए। सिंगापुरका कपिश वेन्कटरमनले सर्वाधिक ४ विकेट लिए। नेपालले ५८…
पोखरामा नियमित आयोजना हुँदै आएको छात्र/छात्रा ५ किमि मासिक दौड छोरेपाटन माविका तिलबहादुर परियार र मेघराज माविकी एन्जिला जिटीले जितेका छन्। नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवमा ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको छात्र/छात्रा ५ किमि दौडमा तिलबहादुर र एञ्जिला प्रथ मबनेका हुन्। छात्रतर्फको उक्त दौडमा छोरेपाटन माविकै प्रकाश थिङ दोस्रो बनेका छन्। छोरेपाटन…
घरेलु टोली मलेसियालाई हराउँदै नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। क्वालालम्पुरमा आज (विहीबार) भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले हरायो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो। नेपालका परिमार्जन यादवले नटआउट सर्वाधिक ५९ रन बनाए। मलेशियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए।…
एएफसी महिला एसियन कप छनोटको खेलमा नेपालले लगातार फरक गोलअन्तरमा दोस्रो जीत हासिल निकालेको छ। उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले श्रीलंकालाई ८–० गोलले हरायो। नेपालको जीतमा कप्तान सावित्रा भण्डारी ’साम्बा’ ले ह्याट्रिक गरिन्। साम्बाले २० औं , ४२ औं र पहिलो हाफको इन्जुरी समयमा गरि पूरा गरेको साम्बाले २० औं , ४२ औं र पहिलो…
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा जीत निकालेको छ। मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज (मंगलबार) भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले हरायो। नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२ ओभर ४ बलमा ९ विकेट गुमाएर ६० रन बनायो। भुटानका अन्तिम ब्याटर क्रिजमा…
नेपालले एएफसी महिला एशियन कप–२०२६ को छनोटअन्तर्गतको प्रतियोगितामा विजयी सुरुवात गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा नेपालले लाओलाई ९–० को गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो। नेपालको जीतमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै, अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मीकुमारी घिसिङले १/१ गोल गरे। नेपालले १ गोल आत्मघाती उपहार…
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत निकालेको छ। मलेशियाको सेलाङगोर टर्फ क्लबमा नेपालले इन्डोनेसियालाई ३७० रनले हराएको हो। नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४ ओभर ३ बलमा ५० रनमै अलआउट भयो। इन्डोनेसियाका कभिन नीरज चड्डाले सर्बाधिक १५ रन बनाए। नेपालका कप्तान विपिनप्रसाद शर्माले ६ विकेट लिए। यसअघि, टस…
विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रथम गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको च्याम्पियन बनेको छ। पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्बीमा एपीएफ क्लब च्याम्पियन बनेको हो। विभागीय डर्बीमा एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि फाइनल भिडेका थिए। फाइनलमा आर्मीमाथि एपिएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात…
विभागीय त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र निशा सार्कीले लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष र महिला ‘रोड रेस’ दौड जितेका छन्। प्रतियोगितामा पुरुषतर्फ सञ्जय र महिलातर्फ निशा सार्की प्रथम भएका हुन्। प्रथम बनेका राजन र निशाले नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्। लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा आज (शनिबार) घोराहीमा भएको १० किलोमिटर दौड प्रतियोगितामा…