खेलकुद »

काभा च्याम्पियन्स लिग: हेल्प नेपाल स्पोर्ट्स क्लबको पहिलो हार

हेल्प नेपाल स्पोर्ट्स क्लबले माल्दिभ्समा जारी सेन्ट्रल एसियन भलिबल संघ (काभा) च्याम्पियन्स लिगमा पहिलो हार ब्यहोरेको छ। शनिबार सम्पन्न निकै रोमाञ्चक खेलमा हेल्प नेपाल किर्गिस्तानको क्लब बिश्केकसँग ३–२ को सेटमा पराजित भयो। यो नतिजासँगै हेल्प नेपालले ३ खेलबाट ६ अंक जोडेको छ। हेल्प नेपालले पहिलो सेट २०–२५ ले गुमायो। निकै रोमाञ्चक दोस्रो सेटमा हेल्प नेपालले…

यु–२० साफ महिला च्याम्पियनसीप: नेपालले भुटानलाई ८ गोलले हरायो

२० वर्षमुनिको साफ महिला च्याम्पियनसीपमा नेपालले भूटानलाई ८ गोलले हराएको छ। बंगलादेशको बसुन्धरा स्पोट्र्स मैदानमा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८ गोलको फराकिलो अन्तरले हराएको हो। नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरिन्। मिना देउवाले ह्याट्रिक गरिन्। कुसुम खतिवडाले १ गोल गरिन्। यसअघि, पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो। प्रतियोगितामा घरेलु टोली…

काभा पुरुष च्याम्पियन्स लिग: हेल्प नेपाल स्पोर्ट्स क्लबको लगातार दोस्रो जीत

हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा पुरुष च्याम्पियन्स लिगमा लगातार दोस्रो जीत निकालेको छ। माल्दिभ्समा चलिरहेको च्याम्पियन्स लिगको दोस्रो खेलमा नेपाली लिग च्याम्पियन हेल्प नेपालले घरेलु टोली क्लब एचडीसीलाई ३–१ ले हरायो। सुरुवाती २ सेट जितेको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो। हेल्प नेपाल चौथो सेटमा खेलमा फर्कन सफल भयो। शुक्रबारको खेलमा हेल्प नेपाल २५–१९, २५–२३,…

काभा पुरुष च्याम्पियन्स लिग: हेल्प नेपाल स्पोर्ट्स क्लबको विजयी सुरुवात

प्रतिस्पर्धात्मक खेलको अन्तिम पाँचौ सेटमा १५–८ ले हेल्प नेपालको रोमाञ्चक जीत हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग–२०२५ मा विजयी सुरुआत गरेको छ। बिहीबार राति माल्दिभ्सको राजधानी मालेमा सुरु भएको खेलमा नेपालको प्रतिनिधित्व गरेको हेल्प नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सको धिवेही सिफाइन्सलाई ३–२ को सेटमा हरायो। रोमाञ्चक जीतपछि हेल्प नेपालले महत्वपूर्ण…

साफ यु–२० महिला च्याम्पियनसीप: श्रीलंकाको पोस्टमा फेरिपनि नेपालको ७ गोल

नेपालले साफ यु–२० महिला च्याम्पियनसीपमा फेरिपनि श्रीलंकाको पोस्टमा ७ गोल वर्षा गराएको छ। बंगलादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसीपमा नेपालले श्रीलंकालाई दोस्रो खेलमा पनि ७–० कै जीत निकालेको हो। ढाकाको बसुन्धरा स्पोट्र्स मैदानमा शुक्रबार भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलले हरायो। पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो। नेपालका लागि…

साफ यु–२० महिला च्याम्पियनसीप: श्रीलंकाको पोस्टमा नेपालको ७ गोल

साफ यु–२० महिला च्याम्पियनसीपमा नेपालले आफ्नो तेस्रो खेलमा फराकिलो गोलअन्तरमा दोस्रो जीत निकालेको छ। मिना देउवाको ह्याट्रिकमा नेपालले साफ यु–२० महिला च्याम्पियनसीपमा श्रीलंकालाई ७–० को फराकिलो अन्तरमा हराएको हो। बंलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाको कारण नियमित समयभन्दा डेढ घण्टा ढिला गरी सुरु भइको खेलमा नेपालले दोस्रो जीत निकालेको हो। ३ खेलबाट नेपालले ६ अंक बनाएको…

यु–२० साफ महिला च्याम्पियनसीप: अन्तिम सेकेन्डमा नेपाल बंगलादेशसँग स्तब्ध

साफ महिला यु–२० च्याम्पियनसीपमा नेपाल घरेलु बंगलादेशसंग पराजित भएको छ। बंगलादेशमा जारी च्याम्पियनसीपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल अन्तिम मिनेटमा सम्हालिन नसक्दा घरेलु टोलीसँग ३–२ ले पराजित हुनुपर्‍यो। बंगलादेशकी श्रीमोती सरकारले इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गरेसँगै नेपाल घरेलु टोलीसँग स्तब्ध बन्यो। बंगलादेशका लागि श्रीमोती सरकारसँगै सिन्हा शिखा र रागोरिकाले गोल गरे। यता, नेपालका लागि अनिशा…

यु–२० साफ महिला च्याम्पियनसीप: भुटानमाथि नेपालको गोलवर्षा

२० वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा भुटानलाई गोलवर्षा गराउँदै नेपालले शान्दार विजयी सुरुवात गरेको छ। बंगलादेशको बसुन्धरा किङ्स एरिनामा हिँजो (शुक्रबार) भएको खेलमा नेपालले भुटानलाई ६–१ को फरक गोलअन्तरमा हराउँदै २० वर्षमुनिको साफ महिला च्याम्पियनसीपमा विजयी सुरुवात गरेको हो। खेलमा नेपालकी पूर्णिमा राईले ह्याट्रिक गरिन्। सेनु परियारले २ गोल गरिन्। जीतसँगै नेपालले ३ अंक जोडेको…

नेपाली टोली महिला एसियन कप छनोट चरणको अन्तिम खेलबाट बाहिरियो

नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ। निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ को हार ब्यहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको हो। समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा निर्धारित ९० मिनेटको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। नेपालका लागि टाइब्रेकरमा गीता राना र सबिता रानामगरले गोल…

बागमती प्रदेश बन्यो गण्डकी कप महिला राष्ट्रिय बास्केटबलको च्याम्पियन

गण्डकी कप महिला राष्ट्रिय बास्केटबलमा बाग्मती प्रदेश च्याम्पियन बनेको छ। गण्डकी प्रदेश बास्केटबल संघद्वारा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा पहिलो पटक आयोजित सो प्रतियोगितामा घरेलु टोली गण्डकीलाई पराजित गर्दै बागमती च्याम्पियन बनेको हो। फाइनल खेलमा बागमतीले गण्डकीलाई ५५–३४ ले पराजित गरी च्याम्पियन बन्न सफल भएको हो। यद्यपी, लिगको दोस्रो खेलमा भने बागमती गण्डकीसँग २४–१७ ले पराजित…