Author Archive »

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले कारण देखाउ आदेश जारी गरेको हो। टिकटक प्रतिवन्धको निर्णयविरुद्ध छुट्टाछुट्टै १३ वटा रिट निवेदन दर्ता भएका थिए। १२ वटा रिट…

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि

भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ। भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो। भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। पहिलो ३ विकेट ४७ रनमा गुमाए पनि ट्राभिस हेड र…

४ देशीय महिला टी–२० क्रिकेटमा नेपालले जापानलाई हरायो

४ देशीय महिला टी–२० क्रिकेट शृंखलामा नेपालले जापानलाई ६७ रनले हराएको छ। हङकङमा आज (शनिबार) बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो। जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट बन्यो। नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा संगीता राईले ३ र पूजा महतोले २ विकेट लिइन्।…

टिकटक प्रतिबन्ध लगाउने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भए को छ। अधिवक्ता दिनेश त्रिपाठीले कात्तिक २७ गतको मन्त्रिपरिषद बैठकले गरेको नेपालमा टिकटक बन्द गर्ने निर्णय बदर गराइँ पाउँ भन्दै रिट दायर गरेका हुन्। ‘नेपाल सरकारद्वारा टिकटकलाई प्रतिबन्धित गर्ने निर्णय बदर गरि पाउँ भनि मैले सर्वोच्च अदालतमा दर्ताका लागि रिट पेस गरेको छु’ त्रिपाठीले…

टिकटकले सोध्यो, नेपालमा हामीलाई प्रतिवन्ध गर्नुको खास कारण के हो ?

टिकटकले नेपालमा यसलाई प्रतिवन्ध गर्नुको खास कारण मागेको छ । कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले छोटो भिडियो प्लेटफर्म टिकटकलाई पत्र लेख्दै नेपालमा यसलाई प्रतिवन्ध गर्न आग्रह गरेको थियो। यता प्राधिकरणले मन्त्रिपरिषदको निर्णय भएको भोलीपल्टै नेपालमा संचालित आइएसपीहरुलाई पत्र…

टिकटकमाथि प्रतिवन्ध हुँदैछ: संचारमन्त्री शर्मा

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई नेपालमा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ। मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ।…

दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले मंगलबार यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो। समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ। यस्तै यस वर्षको दसैँको सुरुवात असोज २८ गते आइतबार हुनेछ। समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको…

महिला पत्रकारको दक्षता बढाउँदै काउन्सिल

प्रेस काउन्सिल नेपालले महिला पत्रकारको दक्षता वृद्धिका लागि प्रदेशस्तरीय तालिम संचालन गर्दैछ। तालिम संचालन गर्ने सन्दर्भमा आइतबार काउन्सिलमा भएको छलफलमा सहभागी सरोकारवालाले प्रविधिमैत्री पत्रकारिताका लागि महिलालाई अभ्यस्त गराउने गरी कार्यक्रम गर्न सुझाव दिएका छन्। सञ्चारिका समूहकी महासचिव बसन्ती बास्तोलाले महिला पत्रकारको अवस्था, समस्या र समाधानका उपाय विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गरिन्। पत्रकार महिलालाई बिट पत्रकारितामा,…

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे गोरखामा

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज (शुक्रबार) गोरखा आइपुगे। नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेको पाण्डे पार्टीको गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा भाग लिन यहाँ आएका हुन्। नगर सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले काँग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्नेमा जोड दिए। ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति) लाई परिवर्तन गर्छु र कांग्रेस…

पत्रकार ’बिनु’ र ’तारा’ लाई मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार प्रदान

पोखरामा रहेर लामो समयदेखि पत्रकारीता गर्दै आएका बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ लाई मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ। गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले संचालन गरेको पुरस्कारबाट उनीहरुलाई आज (शुक्रबार) एक कार्यक्रमबीच सम्मान गरिएको हो। गण्डकी प्रदेशकी उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री…