
भारतले साफ यु–१९ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रंगशालामा आज (शनिबार) सम्पन्न फाइनल खेलमा साविक विजेता बंगलादेशमाथि ४–० गोलको फराकिलो अन्तरको जीत निकाल्दै भारत च्याम्पियन बनेको हो। बंगलादेशलाई हराउन कप्तान जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा, पर्ल फर्नान्डेज र अन्विता रघुरमनले गोल गरे। पहिलो हाफमा १ गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल…
काभा महिला क्लब भलिबल लिगअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पुलिस क्लब पराजित भएको छ। माल्दिभ्सको मालेमा (शुक्रबार) सम्पन्न खेलमा पुलिस इरानी क्लब फौलादसँग ३–० को सोझो सेटमा हार ब्यहोर्न बाध्य भयो। पहिलो सेटमा पुलिस २५–१४ र दोस्रो सेटमा २५–१५ ले पराजित भयो। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा भने पुलिसले केही सुधारिएको प्रदर्शन गरेपनि २५–१८ ले हार्दै…
विभागीय नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब लिग–२०२६ मा विजयी सुरुवात गरेको छ। माल्दिभ्सको राजधानी मालेमा बिहीबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो। खेलको सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा पुलिसले कडा संघर्षपछि ३०–२८ को रोमाञ्चक जीत निकाल्यो। दोस्रो सेटमा भने लय कायम राख्न…
प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ गर्दैछ। धादिङ जिल्लाको सल्यानटारमा माघ १७ गते बसेको काउन्सिल बोर्ड बैठकले ‘निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने’ निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई…
पत्रकार रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवस अवसरमा कास्की शाखाले बिहीबार आयोजना गरेको समारोहमा उनलाई पुरस्कार प्रदान गरेको हो। प्रेस चौतारी कास्कीले लम्साललाई पुरस्कारस्वरुप नगद २२,२२२ रुपैयाँ प्रदान गर्यो। सो अवसरमा आदर्श समाजकर्मी विष्णुप्रसाद सापकोटालाई प्रेस चौतारी पत्रकारिता सम्मान अर्पण गरेको छ। प्रमुख अतिथि नेकपा…
आइसीसी टी–२० विश्वकपअघिको दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ। भारतको चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियममा क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले १२ बलअघि नै ४ विकेट गुमाएर भेट्टायो। नेपालका आसिफ शेखले सर्वाधिक ५८ रन बनाए। त्यस्तै, सन्दीप जोराले ४४ थपे। यस्तै, गुल्सन झाले नटआउट ३१ रन बनाए। क्यानडाका…
आइसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ। भारतको चेन्नईमा गएराति सम्पन्न भएको खेलमा युएईले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १ सय ३ रनको साझेदारी गरे। आरिफले ३७ बलमा ६१ र दीपेन्द्रले ३१ बलमा ५०…
बंगलादेशसँग हारेसँगै नेपाल १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीपको फाइनलमा पुग्न असफल भएको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४–० को गोल अन्तरले पराजित भयो। प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको थियो। अब, १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीपको…
साफ यु–१९ महिला च्याम्पियनसीपमा आफ्नो दोश्रो खेलमा नेपालले भूटानलाई हराएको छ। पोखरा रंगशालामा आज (सोमबार) भएको खेलमा नेपालले भूटानलाई २–१ गोलले पराजित गरेको हो। पहिलो खेलमा नेपाल भारतसँग १ गोलले र भूटान बंलादेशसँग १२ गोलको फराकिलो अन्तरले हारेको थियो। आज भएको पहिलो खेलमा बंगलादेशले भारतलाई २–० गोलले हरायो। यस्तै, प्रतियोगितामा बंगलादेशले लगातार २ खेल जितेको…
‘एक्जिट पोल’ चलाउने ६ वेबसाइट बन्द गराउन नेपाल दूरसंचार प्राधिकरणलाइ निर्वाचन आयोगले पत्र पठाएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल गराउने वेबसाइटहरु बन्द गर्न आयोगले प्राधिकरणलाई पत्र पठाएको हो। आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईकाअनुसार निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्न पत्र पठाइएको हो। हेरौं, आयोगले बन्द गर्न पत्र पठाएका वेबसाइटहरु रेट…