Author Archive »

पत्रकारितामा विस्वसनियता कायम राखौँ

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले परम्परागत माध्यमलाई डिजिडल माध्यमले चुनौती दिएको उल्लेख गरेका छन्। उनले भने, ‘पत्रकारितामा विश्वसनीयता कायम राख्न सक्नुपर्ने छ। डिजिटल पत्रकारिताका (विशेषगरी मोबाइल जर्नालिज्म)तालिम प्राप्त पत्रकारलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘आम जनताले जुनसुकै माध्यमलाई पत्रकारिता मान्ने धारणा विकसित भएकाले त्यस्ता भ्रमलाई हटाएर जान सक्नुपर्ने छ। डिजिटल पत्रकारिताको ज्ञानले…

१९ औँ एसियाली खेलकुद : नेपाल टेबल टेनिस टिम इभेन्टमा समुह चरणबाटै बाहिरियो

नेपाल १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाटै बाहिरिएको छ। नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो। शनिबार गोङ्शु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह ‘एफ’ मा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको थियो। महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी…

एसियन गेम्स खेल्ने क्रिकेट टोली चीनतर्फ प्रस्थान, क्यानले गर्‍यो बिदाई

एसियन गेम्सका लागि क्रिकेट खेल्ने नेपाली टोली चीनतर्फ प्रस्थान गरेको छ। चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई क्यानले बिदाइ गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमबीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना समेत दिएको छ। क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो। नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ। नेपालले…

एसियन गेम्स : टेनिसमा प्रदीपको विजयी सुरुवात

१९ औं एसियाली खेलकुद (एसियाड)को दोस्रो दिन लन टेनिसमा नेपालका प्रदीप खड्काले विजयी सुरुवात गरेका छन्। तर, अन्य खेलमा नेपाली खेलाडीले खराब प्रदर्शन गरेका छन्। तेक्वान्दोमा नेपालका प्रेमबहादुर लिम्बु पदक नजिक पुगेपनि क्वाटरफाइनलमै पराजित हुँदै बाहिरिएका छन्।  

६४ जना पत्रकारले पाए, प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

६४ जना पत्रकारले प्रेस काउन्सिल नेपालको पत्रकारिता पुरस्कार पाएका छन्। काउन्सिलले आफ्नो ५४ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्न गरेको हो। आज (शनिबार) शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेल र संचारमन्त्री रेखा शर्माले विभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका हुन्। साथै यो वर्ष काउन्सिल पत्रकारिता सम्मानबाट…

फिर्केखोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ। फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो। प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले आज (शनिबार) महानगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन्। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका…

स्याङ्जाका मिनप्रसाद कोइराला राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानीत हुँदै

कालिका माध्यामिक विद्यालय पुतलीबजार नगरपालिका–१३, झापाकोटका अध्यक्ष मीनप्रसाद कोइराला विद्यालयको उत्कृष्ट व्यवस्थापन गरेबापत राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुँदैछन्। काजीमान हरिटीका माविका पुतलीबजार नगरपालिका–३ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इञ्जीनियर अनुप श्रेष्ठसँगै कोइराला उक्त पुरस्कारका लागि छनौट भएका हुन्। कोइरालाले आफ्नो अघिल्लो कार्यकालमा विद्यालय तथा कक्षा ११ र १२ का विद्यार्थीले पढ्ने भवन, वातावरणमैत्री शौचालयको भवन,…

६४ जना पत्रकारले पाउँदैछन् प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

६४ जना पत्रकारले प्रेस काउन्सिल नेपालको पत्रकारिता पुरस्कार पाउँदैछन्। काउन्सिलले आफ्नो ५४ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्न लागेको हो। आगामी शनिबार शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल र संचारमन्त्री रेखा शर्माले विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्नेछन्। यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार…

संचार विधेयकप्रति पत्रकार आन्दोलित बन्नुपर्दैन: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा पेस भएको संचार विधेयकमा सरोकारवालासँग आवश्यक छलफल गरेर संशोधनसहित विधेयकको मस्यौदा तयार गरिएको उल्लेख गरेका छन्। नेपाल प्रेस युनियन म्याग्दीले आज (बिहीबार) बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संचार विधेयकलाई लिएर पत्रकार आन्दोलित बन्नुपर्ने अवस्था नआउने दाबीसमेत गरे। मुख्यमन्त्री पाण्डेले बजेट अभाव र निर्माण कम्पनीको ढिलासुस्तीले…

फिफा वरीयतामा नेपाल १७५ औं स्थानमै यथावत्

फिफा वरीयतामा नेपाल १७५औँ स्थानमै यथावत् छ। यसअघि, पनि नेपाल १७५ औँ स्थानमै थियो। वरीयताअनुसार दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा रहेको छ। भारत भने १०२ औँ स्थानसहित पहिलो छ। १५५औँ वरीयता पाएको मालदिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ। दक्षिण एसियामा नेपालपछि भुटान १८४औँ मा छ। उता, बंगलादेश १८९ औँ स्थानमा छ। पाकिस्तान १९७ औँ स्थानमा…