
२५ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कपमा ४ विदेशीसहित १२ टिमबीच प्रतिस्पर्धा हुने भएको छ। सहारा क्लव पोखराको आयोजनामा यहि माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकपको यस संस्करणमा ४ विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन्। आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर सहारा क्लबले…
साफ यु–१९ महिला च्याम्पियनसीपमा आफ्नो पहिलो खेलमा घरेलु नेपाल भारतसँग पराजित भएको छ। पोखरा रंगशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो। आज (शनिबार) नै भएको पहिलो उद्घाटन खेलमा बंगलादेशले भूटानलाई १२–० गोलको फराकिलो अन्तरले हराएको छ। अब, नेपालले आफ्नो दोश्रो खेलमा पर्सि (सोमवार) भूटानसँग खेल्नेछ। सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा…
गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपको पुरुषतर्फको उपाधि जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसीपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जित्यो। पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका ३ सेटमा पुनरामगन जीत निकाल्यो। गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र…
न्यु डायमण्ड स्पोर्टस क्लबले छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीप महिलातर्फको उपाधि जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा सम्पन्न च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जित्यो। न्यु डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो…
विभागीय त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा रोमाञ्चक जीत निकोलेका छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत विहीबारको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–२ सेटको रोमाञ्चक जीत निकाल्यो। पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई…
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ पाहूना टोली थाइल्याण्ड क्वीन्स तेस्रो बनेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसीपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले विभागीय एपीएफलाई ३–१ को सेटमा पराजित गर्यो। पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पार्यो।…
यहि माघ १७ देखि २४ गतेसम्म पोखरा रंगशालामा हुने साफ यु-१९ महिला च्याम्पियनसीपको संपूर्ण तयारी पूरा भएको छ। आयोजकले बिहिबार एक पत्रकार सम्मेलनमार्फत संपूर्ण तयारी पूरा भएको जनायो। पोखरामा आयोजना हुन लागेको यस प्रतियोगिता सन् २०१९ मा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। १३ औं सागमा पहिलो पटक…
प्रेस सेन्टर नेपालले पोखरामा एक कार्यक्रमबीच विहीबार आफ्नो २२ औं स्थापना दिवस मनाएको छ। दिवसको अवसरमा पोखरा–१४, स्थित मझेरीपाटनस्थित सहिद स्मृति बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्रि सहयोग हस्तान्तरण गरेको छ। प्रेस सेन्टर कास्की शाखाको आयोजनामा प्रेस सेन्टर गण्डकी तथा पोखरा महानगर कमिटीको समन्वयमा एक समारोहबीच उक्त सहयोग गरिएको प्रेस सेन्टरले जनाएको छ। विद्यालयमा अध्ययनरत् सहिद…
प्रेस काउन्सिल नेपालमा ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी बुधबार प्रेस काउन्सिलले उक्त छलफल कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिलले स्वच्छ, निष्पक्ष र स्वतन्त्र भई काम गरिरहेको उल्लेख गरे। अध्यक्ष आचार्यले प्रतिबद्धता जनाए, ‘काउन्सिलले पत्रकारिताको व्यावसायिक…
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसीपअन्तर्गत बुधबारको चौथो तथा अन्तिम खेलमा विभागीय आर्मीले ३ पाकिस्तानी खेलाडीसहितको पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो। पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो…