
बागलुङको ताराखोलामा आज (मंगलबार) देखि यस वर्षकोअसारे मेला सुरु हुँदैछ। ‘भौगोलिक तथा जातीय विविधता, कला संस्कृति, खेलकुदको संवद्र्धनमा हाम्रो सहभागिता’ भन्ने मूल नारासहित परम्परागत रुपमा मनाउँदै आएको असारे मेला संचालन हुने भएको हो। ताराखोला गाँउपालिका वडा ५ स्थित असारे युवा क्लबले आज (मंगलबार, असार १९) देखि २४ गतेसम्म बिबिध प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित मेलाको…
गोरखामा ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मानीत भएका छन्। नेपाल निवृक्त शिक्षक समाजले गुरु पुर्णिमाको अवसरमा आज(सोमबार) ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मान गरेको हो। गण्डकी गाँउपालिका–७ का लालवहादुर गुरुङ, भिमसेन थापा गाँउपालिका–३ का दुर्गाभक्त दाहाल, शहिद लखन गाँउपालिका–७ का टेकबहादुर थापा, पालुङटारनगरपालिका–४ का सूर्यबहादुर भण्डारी, भिमसेन…
गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जितेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै म्याग्दीले नगद १ लाखका साथमा ट्रफी पुरस्कार जितेको छ। त्यस्तै, उपविजेता पर्वतले नगद ७० हजारका साथमा ट्रफी पुरस्कार जितेको छ। यसअघि भएको फाइनल खेलमा पहिलो सेट २५–१५ ले जितेर म्याग्दीले पर्वतमाथि…
गोरखाका नवराज गुरुङले कोशी प्रदेशमा भएको एक खेलमा च्याम्पियन बनेका छन्। इटहरिमा भएको मोर्डन पेन्टाथलन प्रतियोगितामा गुरुङ च्याम्पियन बनेका हुन्। मोर्डन पेन्टाथलोन फेडेरेसन कोशी प्रदेशले भर्खर मात्र सञ्चालन गरेको प्रतियोगितामा उनले स्वर्ण पदक जितेका हुन्। उनले खुल्ला इभेन्टमा स्वर्ण जितेका हुन्। प्रतियोगिताअन्तर्गत लेजर रनमा ११ स्वर्ण पदक जित्दै कोशी प्रदेश पहिलो बन्यो। कूल २७ पदकका…
पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सवलाई निरन्तरता दिइएको छ। १८ वर्षदेखि निरन्तर पोखराका फरक–फरक क्षेत्रमा असार १५ का अवसरमा पोखरा पर्यटन परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखराको कसेरी फाँटमा गरिएको हो। स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो। पर्यटनको ‘अफसिजन’ मानिने वर्षायाममा पनि विदेशी पाहूनालाई आकर्षित गर्न सुरु गरिएको रोपाइँ कार्यक्रम…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका माननीय…
लम्पी स्किन रोगको संक्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका ३ सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ। गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका २ वटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिए। रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम…
पोखरा महानगरपालिकाले पत्रकार कल्याणकारी कोष संचालनको कार्यक्रम ल्याउने भएको छ। पोखरा महानगरपालिकाको १३ औँ अधिवेशनमा यस्तो उल्लेख गरिएको छ। पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्की शाखासँग सहकार्य र साझेदारी गरी पत्रकार कल्याणकारी कोष संचालन गर्ने भएको हो। कामको शिलशिलामा दुर्घटना वा बिरामी भई उपचारमा समस्या परेका बखत श्रमजीवी पत्रकारहरूलाई आर्थिक सहायता उपलब्ध गराउने गरी कल्याणकारी…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरुले न्याय नमर्ने गरी फैसला गर्र्न आग्रह गरेका छन्। मुख्य न्यायाधीवक्ताको कार्यालय गण्डकी स्थापनाको ५ वर्ष पुगेको अवसरमा ‘कार्यालयका उपलब्धि, चुनौती, अवसर र भविष्य’ विषयक शनिबार आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो आग्रह गरेका हुन्। उनले न्यायालयका फैसला विवादास्पद हुन नहुने र भीडलाई हेरेर निर्णय गर्न नहुने उल्लेख गरे। कानूनभन्दा…
पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा नगरभित्रका न्युन आय भएका १०६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ। आर्थिक दुरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका, विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिक सत्रमा विद्यालय भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनिकरण कार्यक्रमका…