Author Archive »

काविल महिलाहरुलाई अघि बढाउन नेता नेपालको आग्रह

पोखरा । पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले काविल महिलाहरुलाई अघि बढाउन आग्रह गरेकाछन् । नेपालका मुस्लिम समुदाय नामक पुस्तक विमोचन तथा पुनर्जागरणमा महिला अन्दोलन नामक लघु चलचित्र (अनेमसंघका केन्द्रीय सदस्य गजकुमारी गुरुङको बृत्तचित्रको सार्वजनिकीरण गर्दै नेपालले समाजका हरेक काविल (योग्य) महिलालाई अघि बढाउन आग्रह गरेका हुन् । ‘कसैको उमेर वितेको खण्डमा…

पीपीएलको फाइनलमा चितवन राइनोज र विराटनगर टाइटन्स

पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सफल भएको छ । एलिमेनेटर राउण्डमा बुटवल ब्लाष्टरलाई नाटकीय ढंगमा २१ रनले पराजित गर्दै विराटनगरले चितवन राइनोजसँग उपाधिका लागि भेट सुनिश्चित गरेको हो । बुटबलमाथि विराटनगरको यो लगातार दोस्रो जित हो । लिग चरणका खेलमा ३ जितसहित अंकतालिकामा दोस्रो रहँदै सहजै प्ले–अफ…

ए डिभिजन लिगमा मनाङ शीर्ष स्थानमा उक्लियो

काठमाण्डौं । यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लगातार ३ खेलमा जित निकाल्दै मनाङ फेरी लिगको शीर्ष स्थानमा उक्लिएको हो । यस जितसँगै मनाङले ३ खेलबाट ९ अंक बनाएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले हरायो…

सागको टिम इभेन्टमा रजत र कास्य पदकधारीलाई पुरस्कार कति दिने हो सरकार ?

काठमाण्डौं । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले हालै नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले संघले उक्त माग गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिरको २५…

माघको दोस्रो हप्तादेखि ढोरपाटन महिला डबल लिग भलिबल शुरु

काठमाण्डौं । आगामी माघमा ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५ औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसीप हुने भएको छ । आगामी माघको १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसीपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलमा आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । सो च्याम्पियनसीपमा न्यू–डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा…

माघको अन्तिम सातामा कोल्मा क्रस कन्ट्री

पोखरा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–९, कोल्मामा क्रस कन्ट्री दौड हुने भएको छ । ‘स्वास्थ्यको लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नारा सहित आगामी माघको २५ गते स्याङ्जामा सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले क्रस कन्ट्री दौड गर्न लागेको विहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न…

पोखरामा ओपन तथा भेट्रान्स टेनिस शुरु

पोखरा । पोखरामा १७ औं संस्करणको माछापुच्छ्रे« बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना र माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा बिहिबारदेखि शुरु भएको हो । प्रतियोगिताको उद्घाटन दिन मेन्स सिंगलतर्फ भएको खेलमा प्रणव खनालले तारामान गरुङलाई ६–०, ६–० ले, संरक्षक भुषण बज्राचार्यले निसान श्रेष्ठलाई ६–०, ६–०…

हिसान कास्की स्पोर्टस् मिटमा शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरु

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गर्ने १३ औं हिसान कास्की स्पोर्टस् मिट पोखरा रंगशालामा जारी छ । बिहीबार पहिलो चरणका खेलहरु सम्पन्न भएको छ । शुक्रबार दोश्रो चरणदेखि क्वाटरफाइनलका खेलहरु हुनेछन् । पुसको ९ गतेदेखि शुरु भएको हिसान स्पोर्टस् मिटमा बिहीबार छात्रछात्रा दुवैतर्फ भलिबल, छात्रछात्रा टेबलटेनिस र छात्रछात्रा…

टुँडीखेल खेल मैदानको बहुआयमिक प्रयोगबारे सोंच्न मन्त्री बिश्वकर्माको आग्रह

पोखरा । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरा–१ स्थित पुरानो टुँडीखेल मैदानको बहुआयमिक प्रयोगबारे सोंच्न आग्रह गरेका छन् । मन्त्री विश्वकर्माले भने, पुरानो टँडीखेल मैदानको बहुआयामिक प्रयोग कसरी गर्न सकिन्छ ? त्यसबारे योजनावद्ध रुपमा अगाडि बढ्नुहोस ।’ पुरानो टुँडीखेल मैदानको संरक्षणका लागि चावी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले उक्त कुरा बताएका हुन् । उक्त…

ज्येष्ठ नागरिक केन्द्रलाई सांसद राजीव पहारीको सहयोग

पोखरा । गण्डकी प्रदेश सांसद राजिव पहारीले पोखरा महानगरपालिका–५, मालेपाटनस्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई टेलिभिजन र युरोगार्ड प्रदान गरेका छन् । गत असारमा संचालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटनका बेला दिएको वचनअनुसार सांसद पहारीले केन्द्रलाई २४ ईञ्चको टेलिभिजन १ थान र युरोगार्ड १ थान प्रदान गरेका हुन् । श्रीमती सृजना पण्डितको साथमा…