
उपाधिको बलियो दावेदार रहेको जर्मनीले आज (सोमबार) महिला विश्वकपमा बलियो सुरुआत लिएको छ । यस नतिजापछि जर्मनीले आफ्नो समूहमा बलियो पकड बनाएको छ। जुन समूहमा मोरक्कोको प्रदर्शन भने कमजोर रह्यो। यसपल्टको विश्वकपमा डेब्यु गरिरहेको ८ टिममध्ये मोरक्कोको प्रदर्शन सबैभन्दा निराशाजनक रह्यो। जर्मनीको जितमा कप्तान एलेक्जान्डर पपले २ गोल गरिन्। यस्तै, क्लारा बहुल र लेआ स्कलरले…
महिला विश्वकपमा अर्जेन्टिना इटालीसँग पराजित भएको छ। आज (सोमबार) समूह ‘जी’ को खेलमा अर्जेन्टिना इटालीसँग ०–१ ले पराजित भएको हो। बराबरीतर्फ उन्मुख खेलको ८७ औं मिनेटमा इटालीका लागि क्रिस्टियाना गिरेलीले विजयी गोल गरेकी थिइन्। इडेन पार्कमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गिरेलीले इटालीका लागि विजयी गोल गरिन्। इटाली सन् २०१९ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो।…
दक्षिण अफ्रिकाविरुद्ध पुनरागमन जित निकाल्दै फिफा महिला विश्वकपमा स्विडेनले सुखद सुरुआत गरेको छ। आइतबार अस्ट्रेलियाको वेलिङ्टन क्षेत्रीय रंगशालामा सम्पन्न खेलमा १-० ले पछि परेको अवस्था उल्टाउँदै स्वीडेनले जित निकालेको हो। खेलको ४८ औँ मिनेटमा हिलदाह मागाइयाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रतामा राखिन्। तर, ६५ औँ मिनेटमा फ्रिडोलिना रोल्फाले गोल गर्दै स्विडेनलाई खेलमा फर्काइन्। यस्तै, निर्धारित…
न्युजिल्याण्डमा जारी महिला विश्वकपमा जापानले उत्कृष्ट सुरुवात गरेको छ। यस प्रतियोगितामा डेब्यू गरिरहेको जाम्बियालाई जापानले ५–० गोलले हराएको हो। जापानको जीतमा हिनाता मियाजावाले २ गोल गरिन् भने मिना टानाकाले १/१ गोल गरिन्। खेलको अन्त्यतिर जाम्बियाकी गोलकीपर क्याथरिन मोसुन्डाले रातो कार्ड पाइन्। त्यसमा जापानले पाएको पेनाल्टीमा रिको उइकीले गोल गरिन्। जितसँगै जापान समूह ‘सी’ को शीर्ष…
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफ्नो समाचारको स्रोत गलत परेकोले गृहमन्त्रीको प्रतिष्ठामा परेको असरप्रति आफू दु:खी रहेको बस्नेतले बताएका छन्। बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेपछि यस्तो बताएका हुन्। अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बढ्दै गएपछि असहमति अन्त्यको लागि बस्नेतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन्। श्रेष्ठसँगको भेटपछि बस्नेतले असहमति…
विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज (शुक्रबार) यसअघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल गरेको छ। पार्टीका तर्फबाट यस अघि २०७६ साल भदौ २४ गते विपी जयन्तीका अवसरमा उक्त स्थानमा बृक्षारोपण गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कार्यबाहक सभापति दीनेश आचार्यले…
महिला विश्वकप फुटबलमा स्पेन र स्विट्जरल्यान्डले सजिलो जित हात पारेका छन्। प्रतियोगिताको शुक्रबार भएको खेलमा समूह ‘सी’ अन्तर्गतको खेलमा स्पेनले कोस्टारिकालाई ३—० गोलको फराकिलो अन्तरले हरायो। स्पेनको जितमा ३ वटै गोल पहिलो हाफमा भएको थियो। खेलको २१ औं मिनेटमा कोस्टारिकाकी भालेरिया डेल क्याम्पोबाट आत्मघाति गोल भएपछि स्पेन अगाडि बढेको थियो। खेलको २३ औं मिनेटमा आइताना…
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज (विहीबार) ३५ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले पार्टीको सागठनिक संरचना, रुपान्तरण अभियान, राष्ट्रिय राजनीति र सरकारमा पार्टीको भूमिकालगायतका विषयमा राखेका हुन्। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले काँग्रेसका नेताले नै कोशीमा सभामुखलाई विवादमा पार्ने काम गरेको भन्दै…
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रवहादुर थापाले प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिएका छन्। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जल जंगल कार्यक्रमका वहु सरोकार योजना तर्जुमा कार्यशालाको आज (विहीबार) पोखरामा उद्घाटन गर्दै उनले आय–आर्जन र रोजगारीका लागि वन पैदावारको भरपुर उपयोग गरिने बताए। ‘वन क्षेत्रको काठ कुहिएर…
पोखरामा नाटक ‘करेसा कन्सर्ट’ साउन ६ गते (शनिबार) मञ्चन हुने भएको छ। यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’ मार्फत मञ्चन गर्न लागिएको हो। नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यस नाटकमा…