
निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन संचारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय…
कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दुकुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मास सवारी चल्ने बनाउने बताएका छन्। विहिबार घरदैलो गर्दै पोखरा–१६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफू निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘अर्मलाकोटको समस्या भनेकै सडक हो। यहाँ बाह्रै मास सवारी चल्न सक्ने…
कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि, प्रदेश सरकारले हरेक बजेटमा रकम राखेरपनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र आगामी ५ वर्षभित्र निर्माण गर्न आफूले पहल गर्ने थापाले बताए। ‘गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप…
युआरएल पत्रकारिता पुरस्कार २०७९ प्रदानका लागि प्रतिभा छनोट गर्न समिति गठन भएको छ। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाको आग्रह स्वीकार गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल समितिको संयोजक बनेको जानकारी दिए। ३ सदस्यीय समितिका बाँकी २ सदस्य संयोजकले नै मनोनयन गर्ने कार्यविधि छ। समितिमा एक चिकित्सक र अर्का एक सदस्य…
२२ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी पुष १२ गते देखि २३ गतेसम्म हुने भएको छ। नेपालकै प्रतिष्ठित गोल्डकपको रुपमा परिचित आमन्त्रित आहा ! रारा गोल्डकपको आयोजक सहारा क्लव पोखराले बिहिबार एक विज्ञप्ती जारी गर्दै सोबारे जानकारी गराएको हो। क्लवका महासचिव रामजीप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा…
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण जिल्लाका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पुर्याएको छ भने ३८…
नेपाली यु–१५ राष्ट्रिय फुटबल टोलीले भुटानमाथि संघर्षपूर्ण जित निकालेको छ। साफ महिला यु–१५ च्याम्पियनसीपअन्तर्गत बंगलादेशमा बुधबार सम्पन्न खेलमा नेपालले भुटानलाई १–० गोलअन्तरले हराएको हो। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा नेपाललाई जित दिलाउन सेनु परियारले निर्णायक गोल गरिन्। उनले खेलको ४९ औं मिनेटमा गरेको गोलसँगै नेपालले भुटानमाथि…
गए रातिको भूकम्पमा परी गंभीर घाइते भएका ५ जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ। घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट डोटी अस्पताल पुर्याइएको हो। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको छ। गए राति २…
डोटी केन्द्रविन्दु भएर आएको ६.६ म्याग्निच्युडको भूकम्पछि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार राति २ बजेदेखि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प रेकर्ड गरेको छ। ती सबै पराकम्प ४ म्याग्निच्युडभन्दा कमको रहेको केन्द्रले जनाएको छ। मंगलबार २ बजेर १२ मिनेटमा…
डोटीमा गएराति ३ पटक भूकम्प गएको छ। पछिल्लोपटक डोटीमा गएराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७…