
पोखरा फोटोग्राफर संघले देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी दोस्रो ठूलो चाड तिहार मनाएका छन्। पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्रकुमार राजभण्डारीले फोटोग्राफी ब्यवसायको हकहितका लागि स्थापना गरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको उल्लेख गरे। राजभण्डारीले ब्यवसायिक हकहितका कार्य साथै क्षमता अभिवृद्धिलगायतका कार्यहरु गर्दै आइरहेको र अझ नेपाली संस्कृतिको…
पत्रकार एवं एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित भएका छन् । ड्यामसाइड क्लव पोखरा–१७ ले एभरेस्ट आवाज डट कमका सम्पादक एवं एभरेस्ट एफएमका प्रस्तोता तथा नेपाल पत्रकार महासंघ कास्कीका निबर्तमान अध्यक्ष श्रेष्ठलाई पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो। आइतबार…
आज कार्तिक चतुर्दशी अर्थात यम पञ्चकको लक्ष्मीपूजा र कुकूर तिहार एकै दिन परेको छ। आज विहान कुकूरको पूजा गरिन्छ भने बेलुकी धनधान्यकी देवी लक्ष्मीपूजा गरिन्छ। यस पटक सूर्य ग्रहणका कारण चतुर्दशीकै दिन अर्थात् सोमबार नै लक्ष्मी पूजा परेको छ। आज कार्तिक ७ गते सोमबार बेलुकी नै औँसी तिथि परेकाले आजकै दिन बिहान कुकुर पूजा गरी…
पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ। महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गर्दै प्लाष्टिकजन्य फूलगुच्छा, माला विक्री वितरण नगर्न ब्यवासयीलाई अनुरोध गरेको हो। ‘प्लाष्टिकको फुल माला प्रयोगबारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएका छौ…
कास्की क्षेत्र नम्वर २ (२ ) बाट नेकपा एमालेका प्रदेश सभा उम्मेदवार मिना गुरुङले देशमा विकासको लहर ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको औंल्याएकी छन्। उनले समाज तथा राष्ट्र निर्माणको निम्ति एमाले पार्टीको विकल्प नभएको उल्लेख गरिन्। मंसीर ४ गते हुने निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरिन्। पोखरा–११ मा…
नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहार आज (आइतबार)देखि सुरु हुँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ। तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। यो दिन काग तिहारका रूपमा प्रचलित छ। आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पंक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर…
पोखरा महानगरपालिकाले फेन्सी पसलमा अनुगमन गरेको छ। पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार फेन्सी पसलमा अनुगमन गरेको हो। अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, आन्तरिक राजस्व कार्यालय पोखराका ठाकुर सुवेदी, घरेलु कार्यालय पोखराका हेमराज बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, पोखरा महानगर उपभोक्ता हित संरक्षण…
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको औंल्याउका छन्। पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे। संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनको जित अपरिहार्य छ,’ देउवाले भने। यो चुनावले संविधानको…
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताए । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यले धेरै ठूलो मेहनतपछि बृहत्तर उद्देश्यका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे। उनले…
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गरेका छन्। पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै उनले गठबन्धन दल किन बनायौं भनेर जनतामाझ जाँदा बुझाउनसमेत आग्रह गरे। उनले भने, ‘विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्,…