
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी २ विभागीय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा शुक्रबार प्रदर्शन गरिएको छ। भद्रकालीस्थित सेनाको मुख्यालयमा सेना प्रमुख प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो। सो अवसरमा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्यत्रय नेपाल राष्ट्रिय…
पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसीप २०२२’ जी–२ र्याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसीप–२०२२’ अन्तर्गत १० स्वर्ण पदक सहित नेपाल अग्रस्थानमा छ। पुम्सेतर्फको इभेन्टमा २१ वटा विभिन्न समुहको प्रतिस्पर्धामा नेपालले १० स्वर्ण पदक हात पार्दै अग्र स्थानमा रहेको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताएका छन्। पोखरामा…
पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ। पोखरा महानगरले दसैं, तिहारलाई लक्षित गरी अनुमगन सुरु गरेको हो। नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक महानगरले पहिलो पटक मासु पसलबाट अनुगमन सुरुआत गरेको हो। पोखराको रामबजार, जिरो किमी, बगर, ट्याक्सीचोक र अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमन भएको हो। समितिले दर्ता, मूल्यसूची र सरसफाई र मापदण्डको अनुगमन…
यस वर्षको दसैँको टीकाको साइत असाेज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत जुराएको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन्। अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले कुन देशमा कति…
असोजको १४ गते गण्डकी प्रदेशसभा सांसदहरुलाई विदा गरिदैंछ । उक्त दिन सांसदहरुलाई बिदाइ गर्ने तयारी भएको हो ।कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदान–प्रदान गरेर निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर पत्र प्रदान गर्ने कार्यक्रम छ ।‘माननीयहरूको कार्यकाल ५ वर्षको हो । संविधानमा बिदाई भन्ने शब्द छैन । हामीले कदरपत्र दिनेछौँ,’ प्रदेश…
नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गराएका हुन्। खनालमाथि तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरण गरेको आरोप लागेको थियो। एमाले नेता तथा सांसद महेश बस्नेतसँग सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको उनलाई आरोप…
पोखरामा आज (बिहिबार)देखि ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसीप २०२२’ जी–२ र्याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसीप–२०२२’ सुरु भएको छ। नेपाल तेक्वान्दो संघ, अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संघको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा पोखरामा आयोजित २ दिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम आज (बुधबार) सम्पन्न भएको छ। तालिमको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव हुन नदिनेमा जोड दिए। लामो समयपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल पार्ने दायित्व सबै गण्डकी प्रदेशबासीको हुने उनको…
गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार संकलन र संप्रेषणलाई सरल बनाउन सञ्चारकर्मीका लागि खेलकुद पत्रकारिता तालिम सुरु गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज (मंगलबार) देखि सुरु भएको २ दिनको तालिममा मुस्ताङबाहेकका १० जिल्लाबाट ७० जना खेल पत्रकारको…
राष्ट्रिय खेलकुदको ट्रफी बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन गरिएको छ। राष्ट्रिय खेलकुदमा सहभागी ७ प्रदेश, ३ विभागीय टोली र एनआरएनएमा प्रदर्शन गर्ने उद्देश्यका साथ आश्विन १ गतेदेखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा आज (सोमबार) लुम्बिनी प्रदेशको बुटवलका साथै बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन गरिएको हो। लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन…