Author Archive »

मीना भन्छिन्, ‘अवस्था बदलेर उत्साह भर्छु’

यसपालिको चुनावमा मत माग्न जाने सबैले सामना गर्नुपर्ने प्रश्न होः दल र नेताले काम गरेनन्, जनताको अवस्था बदलिएन। नेकपा एमालेबाट कास्की २ ९२०मा उम्मेदवार बनेकी मीना गुरुङलाई पनि सोमबार केही मतदाताले यस्तो गुनासो गरे। आक्रोश मिश्रित गुनासो राखेका मतदातालाई उनले विगतमा आफूले गरेका कामको फेहरिस्त सुनाइन्। उनले भनिन्, ‘म यो क्षेत्रका जनताका समस्याबारे परिचित छु,…

गण्डकीको जग बसायौं, अब घर बनाउँछौँ : मीना गुरुङ

हामी जनताबीच प्रिय छौं। एमालेले देशको कायाकल्प गर्ने धेरै योजना सुरुआत गरेको छ। देशमाथि विदेशीले थिचोमिचो गर्दा सतिसाल भएर उभिएको छ। स्थिर सरकार र समृद्धिको विश्वसनीय मार्गचित्र प्रस्तुत गरेको छ। हामी, अहिले एक्लै उभिएका छौं, ढोडका बैशाखी टेकेका छैनौं। पार्टीले मलाई कास्की २ (२) उम्मेदवार बनाएको छ। पोखरा महानगरका वडा नं. ४, ८, ९, ११,…

सफल व्यवसायी, विकासप्रेमी नेता, विन्दुकुमार थापा

विन्दुकुमार थापा कास्की निर्वाचन क्षेत्र नं २ (ख) बाट गठबन्धन तर्फबाट उम्मेदवार हुन्। थापा गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री समेत हुन्। २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट कास्की जिल्ला क्षेत्र नं. २ को (ख) बाट उनी प्रदेश सभा सदस्यका रुपमा निर्वाचित भएका थिए। पोखरा उद्योग बाणिज्य संघको अध्यक्ष भई थापाले आफ्नो कार्यकाल…

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: युएईले नेपाललाई ८४ रनले हरायो

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई ८४ रनले हराएको छ। आज (सोमवार) त्रिवि मैदानमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए। बलिङतर्फ युएईका आयन अफजल खानले ४ विकेट लिए। यसअघि…

फोटो पत्रकार संघ कास्कीमा पौडेल

नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचित भएका छन्। संघको सातौं साधारण सभाले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा उमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ (सुरज) निर्विरोध निर्वाचित भए। यस्तै, सदस्यहरुमा अशेष शाक्य र संजय शाक्य निर्विरोध निर्वाचित भए। ११ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरु समितिले चयन गर्ने…

इङ्ल्यान्डले दोस्रो पटक जित्यो टी–२० विश्वकपको उपाधि

इङ्ल्यान्डले आइसीसी टी–२० विश्वकपको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो। पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९ ओभर मा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। इङ्ल्यान्डले यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो। इङ्ल्यान्डका लागि वेन स्टोक्सले अर्धशतकीय पारी खेले। उनले ५२…

नेपाल र बंगलादेशमा यु–१९ महिला विश्व कप क्रिकेट हुने

नेपाल र बंगलादेशले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज (आइतबार) सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो। सन् २०२४ को १९ वर्षमुनिको पुरुष विश्व कप क्रिकेट श्रीलंका तथा सन् २०२६…

गठबन्धनका उम्मेदवारहरु भन्छन्: ‘पोखरामा सेटलाइट टाउन निर्माणको पहल गर्छौ’

कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्। पोखराको ग्रामीण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने उनीहरुले जनाएका छन्। यस्तै, फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका…

काहुँडाँडामा गुरु योजनासहितको विकास ल्याउँछु: थापा

गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन्। गठबन्धनबाट कास्की क्षेत्र २ (२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँडाडाँमा घर–दैलो गर्दै चुनावीसभामा उक्त कुरा बताएका हुन्। थापाले वडा नं. ११ मा काहुँडाडा निकै पिछडिएको बताउँदै यसको विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको…

११६ जनालाई निर्वाचन आयोगको कारबाही

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही थालेको छ। अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लंघन गरेको घटनामा कारबाही गरेको जनाएको हो। आयोगको तथ्यांकअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ। आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ। शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन…